Wednesday, August 5सत्यम खबर
Shadow

राजनीति

नेपाल प्रेस युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न

नेपाल प्रेस युनियन बाँकेको वार्षिक साधारण सभा सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – नेपाल प्रेस युनियन बाँकेको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलो पटक वार्षिक साधारण सभा गरेको हो । युनियनको इतिहासमा यसभन्दा अघि वार्षिक रुपमा साधारण सभा भएको छैन् । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको साधारण सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख आतिथि बाल्मिकीले साधारण सभाको सफलताको शुभकामनासँगै व्यवसायीक पत्रकारको क्षमता अभिबृद्धि गर्न युनियनले बिशेष भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्य...
वालिङको विवाद छताछुल्ल, बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणिकरण गरेको बजेट

वालिङको विवाद छताछुल्ल, बजेटका विषयमा नगर प्रमुख चिप्लिए, भेटियो आफैले प्रमाणिकरण गरेको बजेट

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
वालिङ, १४ भाद्र – वालिङ नगरपालिकाको १६ औं नगरसभावाट पारित भैसकेको बजेटको विषयले यति वेला वालिङ तातेको छ । गत असार १० गतेको नगरसभावाट पारित भैसकेको बजेट नगर प्रमुखले पत्रकार सम्मेलन गरेर अर्को बजेट सार्वजानिक गरेको तथ्य भेटिएको छ । प्रमाणिकरण गरिसकेको बजेट हिमदुतले सार्वजानिक गरेपछि नगर प्रमुख कृष्ण खाँणलाई नैतिक प्रश्न उठेको छ । सभामा पेश गरेर पारित भैसकेको बजेटलाई घाटा बजेट उपप्रमुखले पेश गरेको भन्दै नगरपालिकामा पत्रकार सम्मेलन गरेर अर्को बजेट पेश गरेका थिए । आज पेश भएको बजेटमा समेत बजेट अवण्डा गरी उपप्रमुखले चालुतर्फको बजेटमा पेश गरेको भन्दा झण्डै २ करोड वढी रकमलुकाइ पेश गरिएको थियो । यो संगै अन्य शिर्षकमा समेत नागरिकलाई झुक्याएर आवश्यकभन्दा वढी वजेट राखेर विकास योजनाका बजेट कम गराई पेश गरिएको छ । यसले नगरपालिकाको बजेट प्रतिझनै शंका पैदा गरेको छ । आज सार्वजानिक गरेको बजेट उपप्र...
ज्येष्ठ नागरिकलाई गाडी भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

ज्येष्ठ नागरिकलाई गाडी भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
दाङ, १४ भाद्र – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताउनु भएको छ । ६० बर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारी साधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा नआउ“दा ज्येष्ठ नागरिकहरु समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयन संगै ८० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनको भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गरिने बताउनु भएको हो । ९२ बर्षिय ज्येष्ठ नागरिक जुद्धप्रसाद भट्टराई संगको भेटमा मुख्यमन्त्री आचार्यले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने जिम्मेवारी राज्यको भएकाले पाका पुस्ताक...
सलिभानको चीन भ्रमणपछि सी र बाइडेनले फोनमा कुरा गर्ने, नोभेम्बरमा भेटवार्ता हुनसक्ने

सलिभानको चीन भ्रमणपछि सी र बाइडेनले फोनमा कुरा गर्ने, नोभेम्बरमा भेटवार्ता हुनसक्ने

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ भाद्र – अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानको चीन भ्रमणले दुई महाशक्ति बीचको सम्बन्ध सुधारका लागि भइरहेको प्रयासलाई जारी राखेको छ। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८मा सुरू गरेको चीनसँगको व्यापार युद्धका कारण दुई देशको सम्बन्ध बिग्रिन थालेको थियो। सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट सुरू भएको कोभिड महामारीका बेला चीनले छानबिनमा सहकार्य नगरेको अमेरिकाले आरोप लगाए पछि सम्बन्ध झन् चिसिएको थियो। सन् २०२२ अगस्टमा तत्कालिन अमेरिकी प्रतिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि त सम्बन्ध अझै बिग्रिएको थियो। त्यसपछि सन् २०२३ जनवरीको अन्त्यमा चीनको जासुसी बलुन अमेरिकी आकाशमा देखिए पछि सम्बन्ध झन् असहज बनेको थियो। सो जासुसी बलुनले अरू तरिकाले अमेरिकाबारे लिन सकिने खुफिया सूचना भन्दा बढी खासै केही संकलन गर्न ...
बंगलादेशमा कट्टरपन्थी इस्लामको पुनरुत्थान: चिन्ताको एक प्रमुख कारण

बंगलादेशमा कट्टरपन्थी इस्लामको पुनरुत्थान: चिन्ताको एक प्रमुख कारण

अपराध, आस्था, धार्मिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ भाद्र – कट्टरपन्थी इस्लामिक प्रभावहरूको पुनरुत्थानसँग जुधिरहेको बंगलादेशले आफ्नो सामाजिक र राजनीतिक परिदृश्यलाई पुन: आकार दिन कट्टरपन्थीहरुले धम्की दिएको छ। एक विवादास्पद इस्लामिक टेलिभिजन च्यानलको सम्भावित फिर्ता सहित हालका घटनाक्रमहरूले आफ्नो धर्मनिरपेक्ष परम्पराहरूको लागि लामो समयदेखि मनाइँदै आएको देशमा अतिवादको वृद्धिको बारेमा चिन्ताहरू पुन: जगाएको छ। भारतीय इस्लामिक विद्वान डा. जाकिर नाइकले बंगलादेशमा छिट्टै पिस टिभी बंगलाको प्रसारण पुनः सुरु गर्ने घोषणा गरेपछि देशका राजनीतिक र सुरक्षा निकायहरूमा तरंग आएको छ। सात वर्षभन्दा बढी समयदेखि मलेशियामा निर्वासनमा बस्दै आएका डा. नाइकले युट्युबको प्रश्नोत्तर सत्रमा उक्त च्यानललाई बंगलादेशी एयरवेभमा फिर्ता ल्याउने प्रयास भइरहेको बताउँदै यो खुलासा गरेका हुन्। बंगलादेशमा पीस टिभीको इतिहास विवादले भरिएको छ। सन् २०१६ को जुलाईमा ढाका...
चीन र फिलिपिन्स फेरि आमने सामने

चीन र फिलिपिन्स फेरि आमने सामने

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ भाद्र – दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । दक्षिण चीन सागरमा रहेका विभिन्न टापुहरूमा दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् । यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरै द्वन्द्वहरू भइसकेका छन् तर गत हप्ता सबिना शोल नजिक चीन र फिलिपिन्सका जहाजहरू आपसमा ठोक्किएपछि अवस्था बिग्रियो । यसबारेमा फिलिपिन्स र चीनले एकअर्कामाथि एकअर्काको जहाजमा प्रहार गरेको आरोप लगाएका छन् । यो शोललाई चीनले जियानबिन जिओ र फिलिपिन्सले एस्कोडा शोल भनेर दाबी गरेको छ । यो फिलिपिन्सको पश्चिमी तटबाट करिब ७५ समुद्री माइल (लगभग १३८ किलोमिटर) र चीनबाट करिब ६३० समुद्री माइल (करिब ११६६ किलोमिटर) दूरीमा अवस्थित छ । अगस्ट १९ मा सबिना शोल नजिक चीन र फिलिपिन्सका जहाजहरू आपसमा ठोक्किएका थिए । यो क्षेत्र तेल र ग्यासको लागि परिचित छ । दुवै देशले धेरै वर्षदेखि सोलको दाबी गर्दै आए...
भारतको राज्यसभामा बहुमतमा आयो एनडीए गठबन्धन

भारतको राज्यसभामा बहुमतमा आयो एनडीए गठबन्धन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ भाद्र – भारतको राज्यसभाका लागि भर्खरै भएको निर्वाचनपछि, भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले १२ नयाँ सदस्यहरूसँग राज्यसभामा बहुमत प्राप्त गरेको छ । माथिल्लो सदनमा सबैभन्दा ठूलो दल भाजपाको ९६ सांसद छन् भने सहयोगी, छ मनोनीत सदस्य र दुई स्वतन्त्र सदस्यहरू सहित, एनडीएसँग अब ११९ सदस्यहरूसहित बहुमतमा आएको छ । हाल राज्यसभामा कुल २३७ सांसद छन् । यसरी बहुमतको संख्या ११९ हो । यी तथ्याङ्कहरू अप्रिल २०२६ सम्म रहनेछन्, जब १० राज्यहरूमा ३१ सीटहरूमा चुनाव हुनेछ । नरेन्द्र मोदी सरकारको पछिल्लो १० वर्षमा माथिल्लो सदनमा स्पष्ट बहुमत नहुँदा पनि कुनै विधेयक रोकिएको छैन । वाईएसआर कांग्रेस पार्टी र बिजु जनता दल, जो सधैं सत्ताधारी र विपक्षी गुटहरूबाट अलग रहन्छन्, प्रायः सरकारी बिलहरूको समर्थन गर्दै आएका छन् । तर, २०२४ को आमनिर्वाचनपछि दुवै दल प्रतिपक्षको नजिक पुगेका छ...
नेपालगन्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

नेपालगन्जको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाको उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको छ । नगरका २३ वडाका स्वास्थ्य संस्था मध्ये वडा नम्बर १३ स्थित उदयपुर स्वास्थ्य चौकी उत्कृष्ट भएको हो । स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाहरुको सूचकका आधारमा उदयपुर स्वास्थ्य चौकी गत आर्थिक बर्ष २०८०÷८१ मा प्रथम भएको हो । अघिल्लो बर्ष उदयपुर दोस्रो स्थानमा थियो । यस्तै वडा नम्बर २० स्थित मनिकापुर स्वास्थ्य चौकी दोस्रो भएको छ । यसैगरी सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्र मध्ये वडा नम्बर ६ पहिलो र वडा नम्बर २ दोस्रो भएका छन् । आर्थिक बर्ष २०८०÷८१ मा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको समापनमा उपप्रमुख कमरुद्दिन राईले उत्कृष्ट स्वास्थ्य चौकी र सहरी स्वास्थ्य आधारभूत सेवा केन्द्रका प्रमुखहरुलाई सम्मान एवम् पुरस्कृत गरेको स्वास्थ्य महाशाखाका जनस्वास्थ्...
‘शेख हसिनाको पतनले देखाएजस्तै चीनसँग घमण्ड गर्नु खतरनाक हुन्छ’

‘शेख हसिनाको पतनले देखाएजस्तै चीनसँग घमण्ड गर्नु खतरनाक हुन्छ’

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ भाद्र – बंगलादेशको प्रधानमन्त्रीको रूपमा शेख हसिनालाई हटाउनमा बेइजिङको अदृश्य हातले चीनसँगको सम्बन्ध कति खतरनाक हुन सक्छ भन्ने सबैको आँखा खोल्ने काम गरेको छ । शेख हसिनाको शासनलाई चीन समर्थक भनेर चिनिन्थ्यो, उनको शासनकालमा बेइजिङले बंगलादेशमा बेल्ट एन्ड रोड इनिसिएटिभ लागु गराएको थियो र त्यस देशमा धेरै बीआरआई परियोजनाहरू प्रगतिमा छन् । बीआरआई परियोजनाहरू स्वीकार गर्ने अन्य देशहरू जस्तै बंगलादेश पनि अब ऋणको जालमा फस्ने जोखिममा छ। तर, अहिले चीनले पाकिस्तानको इन्टर सर्भिस इन्टेलिजेन्ससँग हात मिलाएर ढाकामा भारतको हितमा प्रतिकूल हुने सरकार स्थापना गरेको रिपोर्ट आएको छ । खुफिया रिपोर्टहरू भन्छन् कि चीनले बंगलादेशमा विरोध र विद्रोह बढाउन आईएसआईलाई संरक्षण गरेको छ जसले शेख हसिनालाई राजीनामा गर्न र आफ्नो देश छोड्न बाध्य तुल्यायो । चीन र पाकिस्तानले बंगलादेशमा सरकारी जागिरमा कोटाको...
तालिवानको नयॅा नियमः अफगानिस्तानमा महिलालाई घर बाहिर बोल्न प्रतिबन्ध, सार्वजनिक स्थानमा अनुहार देखाउन नपाइने

तालिवानको नयॅा नियमः अफगानिस्तानमा महिलालाई घर बाहिर बोल्न प्रतिबन्ध, सार्वजनिक स्थानमा अनुहार देखाउन नपाइने

आस्था, धार्मिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ भाद्र – तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ । कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक स्थानमा सधैं बाक्लो कपडाले शरीर र अनुहार छोप्न निर्देशन दिइएको छ । तालिवानका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले नयाँ कानुनलाई अनुमोदन गरेका छन् । यी कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ। तालिवानको यो निर्णयको संयुक्त राष्ट्रसंघले कडा निन्दा गरेको छ । यसका साथै धेरै मानवअधिकार संगठनहरूले पनि यस विषयमा आपत्ति जनाएका छन्। अङ्ग्रेजी पत्रिका द गार्डियनका अनुसार तालिबानले यी कानुनको कारण दिँदै महिलाको आवाजले पनि पुरुषलाई विचलित पार्न सक्ने बताएको छ । यसबाट बच्न महिलाले सार्वजनिक स्थानमा बोल्नबाट जोगिनुपर्छ । तालिबानले महिलाहरूलाई घरमा ठूलो स्वरमा गीत गाउन र पढ्न पनि प्रतिबन्ध लगाएको छ। नयाँ कानुन उल्लङ्...