
काठमाण्डौ, २८ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन् ।
त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियुक्त भएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ । श्रेष्ठ सिरहाबाट निर्वाचित सांसद हुन् । उनी पूर्वएमाले हुन् । दोस्रो संविधान सभा चुनावमा उनले सिरहा–५ मा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाललाई झन्डै हराएका थिए ।
यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ ।

