Sunday, April 26सत्यम खबर
Shadow

विभिन्न पार्टी परित्याग गरी ९० बढी जसपामा प्रवेश

नेपालगन्ज, २२ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा न. १९ को आला नगरमा विभिन्न पार्टी परित्याग गरी जसपा नेता राजन राना मगरको अथक प्रयासमा लक्ष्मी परियारको नेतृत्वमा ९० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा जसपा नेता तथा तत्कालीन सपा बाँके अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर तत्कालीन सपा नगर अध्यक्ष श्रवण यादव, प्रदेश सदस्य रमारानी बैश्य, राजेन्द्र बिश्वकर्मा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *