Sunday, May 31सत्यम खबर
Shadow

राजनीति

लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन

लोकतान्त्रिक खेलकुद संघको पुनर्गठन

खेल, प्रदेश ५, राजनीति, समाचार
पोखरा, २२ माघ - काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघलाई पुनर्गठन गरिएको छ । बुधबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित संघको केन्द्रीय बैठक र घोषणासभा कार्यक्रमबाट संघलाई पुनर्गठन गरिएको हो । पुनर्गठित कार्यसमितिमा अध्यक्षमा पुरानै अध्यक्ष देवेन्द्र शेरचन कायम रहेका छन् भने उपाध्यक्षमा यस अघिका केन्द्रीय सदस्य बृजेन्द्रबहादुर हमाल चयन भएका छन् । त्यसैगरि यस अघिका सचिव सुवोध प्रधानलाई महासचिव बनाईएको छ भने सचिवमा बीरबहादुर खड्का, बखतबहादुर शाही र मनिष जोसी चयन भएका छन् । कोषाध्यक्षमा दशरथ रिसाललाई चयन गरिएको छ । त्यसैगरि संघको ७ वटै प्रदेशका लागि प्रदेश संयोजक समेत तोकिएका छन् । जस अनुसार प्रदेश १ संयोजकमा बसन्तराज अर्याल, प्रदेश २ मा बैजनाथ यादव, बाग्मती प्रदेशमा दिपक गुरुङ, गण्डकी प्रदेशमा हरिश्वर पोखरेल, लुम्बिनी प्रदेशमा नरेन्द्र थापा, कर्णाली प्रदेशमा हरिबहादुर विष्ट...
१० स्थानमा तोडफोड, सरकारविरुद्ध प्रचण्डको नाराबाजी

१० स्थानमा तोडफोड, सरकारविरुद्ध प्रचण्डको नाराबाजी

राजनीति, समाचार
काठमाण्डौ, २२ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको र हिजो मात्रै संवैधानिक आयोगका पदाधिकारीहरुलाई असंवैधानिक रुपमा सपथ खुवाईएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज नेपाल बन्द गरेको छ ।बन्द सफल पार्नको लागि उक्त समूहका नेता तथा कार्यकर्ताहरु आज बिहानै सडकमा जुलुशसहित उत्रिएका छन् । सातदोबाटोमा अध्यक्ष पुष्पकमल दाहाल नै उपस्थित् भएका थिए । उनी सरकार विरुद्धको नाराबाजीमा समेत सरिक भएका छन् ।नेपाल बन्द गराउँदै हिँड्ने र तोडफोडमा उत्रने १ सय ४९ जना नेता तथा कार्यकर्ताहरुलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएका छ । पक्राउ पर्नेमा आधाभन्दा बढी काठमाडौँ उपत्यकाभित्रबाट छन् । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर विभिन्न १० स्थानमा तोडफोडका घटना भएका छन् । काठमाडौँ उपत्यकामा पाँच, सुनसरीमा २ तथा चितवन, इलाम, सिन्धुली र मकव...
लेनदेन हाम्रो मिलेन

लेनदेन हाम्रो मिलेन

कला/साहित्य, प्रदेश ५, राजनीति
??कविता?? २०७७ माघ २१ गते मेरो आफ्नो लोकतन्त्र घायल छ।ओलीतन्त्र काे सपना टुट्दै छ।लेनिन बाद काे एकता मा,लेनदेन हाम्राे मिलेन। एकता मैले भंग गरे,प्रतिनिधि सभाको अन्त गरे।नारा अब यस्तो छ, सम्भव त विरलै होला।तर दिवा सपना पक्कै छ। पात/पात मा झिलिमिली गर्ने छु।हावा बाट विजुली निकाल्ने छु।हिमाल पहाड, तराई मधेस, सबैमा।सररर रेल कुदाउने छु। उखान, टुक्का गफगाफ गरी,देश राम्रो संग चलाउने छु।चुच्चे नक्सा छापेर, कार्यवन पो गरेन।कान्दै काण्ड गराएर आफ्नो गुट जोगाए म। भारतलाई गाली दिएर, उसको गुलामी गरे म।मधेशीलाई गाली दिए पनि, पाइन्ट माथि धोली लगवाए मढुक्क हुनु प्रिय जनता, भोट मलाई दिनु होला ।दायाँबायाँ गरियो भने,देशकै विगठन गर्ने छु। श्रवणकुमार यादवनगर अध्यक्ष जसपा बाँके...
आम हडताल घोषणा गर्दै नेकपा दाहाल–नेपाल समूह

आम हडताल घोषणा गर्दै नेकपा दाहाल–नेपाल समूह

राजनीति, समाचार
काठमाडौं, २१ माघ ।– नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिलाई ज्यादतीपूर्ण निरंकुश कदम भनेको छ ।आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘प्रतिगामी षड्यन्त्रको कडी’ भन्दै भोलि विरोधस्वरुप आमहड्तालको आव्हान समेत गरेका छन् । विज्ञप्तिमार्फत् नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले भनेका छन्, ‘नेकपा असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको ज्यादतीपूर्ण निरंकुश कदमको विरोधमा भोलि देशव्यापी आमहड्तालको आव्हान गर्दछ ।’नेकपा दाहाल–नेपाल समूहले नियुक्ति र सपथलाई बलमिच्याई समेत भनेको छ । नेकपाले भनेको छ, ‘यो प्रतिगामी षड्यन्त्रको कडी हो ।’आज संवैधानिक अंगहरुमा नियुक्ति र सपथ भएको छ । ३८ जनाले सपथ लिई पदभार ग्रहण समेत गरेका छन् ।...
बाँकेबाट जनसभामा भव्यरुपमा जनसहभागिता गराउने निर्णय

बाँकेबाट जनसभामा भव्यरुपमा जनसहभागिता गराउने निर्णय

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १७ माघ - नेपाल कम्युनिष्ट पार्टी बाँकेको शनिवार बसेको जिल्ला कमिटिको पदाधिकारी बैठकले विभिन्न निर्णय गरेको छ । संयोजक सूर्य ढकालको अध्यक्षता र केन्द्रीय सदस्य देवराज भारको प्रमुख आतिथ्यतामा बसेको बैठकले माघ २३ गते काठमाण्डौंं र २९ गते बुटवलमा आयोजना हुने जनसभामा बाँकेबाट भव्यरुपमा जनसहभागिता गराउने गरिएको सचिव प्रमोद धितालले बताए । बैठकले २९ गते बुटवलमा आयोजना गर्न लागिएको बिशाल जनसभामा बाँकेबाट २० वटा ठूला बस र २५ वटा साना बसमा नेता कार्यकर्तालाई लैजाने निर्णय भएको छ । जनसभामा सहभागिता जनाउने कार्यलाई व्यवस्थित बनाउन बिभिन्न उपसमिति समेत गठन गरिएको छ भने अनुगमनका लागि केन्द्रीय सदस्य मोहदमद हारुनलाई अनुरोध गरिने भएको छ । बैठकले रिक्त रहेको क्षेत्र नं. १ को संयोजकमा बलराम भटट्राई र सचिवमा भरत बुढाथोकीलाई मनोनयन गर्ने निर्णय गरेको सचिव धितालले जानकारी दिए ।...
‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ?’: ओलीलाई प्रचण्डको प्रश्न

‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ?’: ओलीलाई प्रचण्डको प्रश्न

राजनीति, समाचार
विराटनगर, १६ माघ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी ओली उनका समर्थकले निरन्तर परिवारवादमा फसेको आरोप लगाइरहेका छन् ।शुक्रबार विराटनगरमा पार्टीले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा दाहालले ओलीलाई जवाफ फर्काएका छन् । केही दिनअघि ओलीले प्रचण्डलाई पारिवारिक रुपमा लाञ्छना लगाएका थिए ।‘तपाईंहरूलाई थाहा छ, मैले लामो जनयुद्धको र त्यसपछि शान्ति प्रक्रियाको पनि नेतृत्व गरें, त्यो लामो आन्दोलनमा मेरा छोराछोरी अरु सरह लडे,’ उनले भने, ‘उनीहरू जनताबाट चुनिए । तर, केपी ओलीले जसरी धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण गरिनँ ।’ सभालाई सम्बोधन गर्दै दाहाल। उनले सोधे, ‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ? देश कोरोनाको महामारीमा परेका बेला त्यसको औषधिमासमेत भ्रष्टाचार गर्नेलाई संरक्षण गर्ने हो हो ?’उनले आन्दोलनमा लडेर आफू र आफ्ना परिवारले गल्ती गरेको ह...
के यिनलाई पाल्न कै लागि जनताले छानेका हुन त ?

के यिनलाई पाल्न कै लागि जनताले छानेका हुन त ?

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ माघ – आफुलाई विकासप्रेमी, जनताप्रति समर्पित भनी चिनाउने वडाअध्यक्षदेखि मेयर र उपमेयरसम्मले चिसोमा वडादेखि उपमहानगरपालिका भित्र के कस्तो व्यवस्था गरेका छन् भनी प्रश्न गर्दा सबैको राजनीतिक भाषामा नै भनाई आएको पाईन्छ । भोट माग्दा सबथोक गरिहाल्ने बाचा गरि विजय भएका जनप्रतिनिधिहरुले आवश्यक पर्दा राजनीतिक भाषणमा मात्र सीमित भएकै कारण आम जनतालाई दुःखको सामना गर्नु परेको यथार्थ कसैबाट लुकाउन सक्ने अवस्था देखिन्न । विगत १५ दिन देखि लगातार बढ्दै गएको चिसो र बिचबिचमा कहिले काही देखा परेको घामको मारमा पीडित रहेका उपमहानगरबासीहरुको पीडा कसले सुन्ने र समाधान गर्ने भनेर चिन्ता लिनुपर्ने स्थानमा जनप्रतिनिधिहरुले कार्यालयको एसी रुपमा बसी तातो हावा खांदै मिठामिठा कुरा गर्न मात्र सिपालु छन् भनी आम बुझाइ रहेको पाईन्छ ।नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणासित १० दिन अगाडी चिसो...
बृहत नागरिक विरोध सभा गरिने

बृहत नागरिक विरोध सभा गरिने

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज १५ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन प्रतिगमन विरुद्धको कदम भएको भन्दै बाँकेका नागरिक समाजका अगुवाहरु विरोध गरेका छन् ।संबिधान विपरित प्रधानमन्त्रीले गरेको संसद बिघटनको घटनाले मुलुकमा कानूनलाई समेत वेवास्ता गरिएको उनीहरुको ठहर छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारीको नेतृत्वमा जिल्लामा उपलब्ध नागरिक समाजका अगुवा तथा प्रतिनिधीहरुको बैठकले विरोध गर्ने निर्णय गरेको छ । बैठकले यही माघ १९ गतेका दिन नेपालगन्जमा बृहत नागरिक विरोध सभा गर्ने निर्णय गरेको छ ।सो सभाको तयारी लगायतका बारेमा अन्य सरोकारवाला निकायसंग समेत छलफल गर्ने अध्यक्ष तिवारीले बताउनुभयो । बैठकमा सहभागिहरुले मुलुकमा उत्पन्न परिस्थितीका बारेमा आ–आफनो भनाई राखेका थिए ।प्रधानमन्त्रीको कदमविरुद्ध अहिले देश व्यापी रुपमा राजनितिक दल, अधिकारकर्मी, नागरिक समाज लगायत ...
‘राजा महेन्द्रको पुनाराबृती ओलीले दोहोर्याए’: अध्यक्ष यादव

‘राजा महेन्द्रको पुनाराबृती ओलीले दोहोर्याए’: अध्यक्ष यादव

प्रदेश ५, राजनीति, समाचार
नेपालगंज, १५ माघ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री माननीय उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीलाई सत्ताबाट च्युत गर्नुपर्ने बताउनु भएको छ ।अबधि पत्रकार संघ बाँकेले आज विहिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । जन निर्बाचित संसदलाई भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अधिकारमा कुठाराघात गरेको आरोप लगाउँदै पूर्वउपप्रधानमन्त्री तथा जसपा अध्यक्ष यादवले ७० बर्ष देखिको नेपाली जनताको सपना प्रधानमन्त्री ओलीले हत्या गरेको भन्दै सत्ताबाट हटाउनुको बिकल्प नभएको बताउनु भयो । उहाँले राजा महेन्द्रको पुनाराबृती ओलीले दोहो¥याएको जिकिर गर्नुभयो ।राजा महेन्द्रले पनि यसै गरेका थिए, ओलीले पनि त्यसै गरे उहाँले भन्नुभयो( अब उनलाई सत्ता चलाउन छुट छैन । यादबले संसद पुर्नस्थापनाको विकल्प नभएको धारणा व्यक्त गर्न...
जसपाको दुई दिने राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

जसपाको दुई दिने राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १३ माघ - जनता समाजवादी पार्टी (जसपा) बाँकेको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम आज मंगलबार समापन गरिएकाे छ । जसपा जिल्ला समन्वय समिति बाँकेको आयोजनामा साेमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गरेका थिए । पूर्व शहरी बिकास मन्त्री तथा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईको विशिष्ट अतिथिमा सम्पन्न दुई दिने उक्त प्रशिक्षणको उद्घाटन सत्रमा पार्टीका प्रभावशाली नेताहरुले सम्वोधन गरेका थिए । पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राइको सभापतित्वमा सुरु भएको कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष राजन रानामगरले गर्नुभएको थियाे । उक्त प्रशिक्षण कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका केन्द्रीय अध्यक्ष यादव, पूर्व शहरी बिकास मन्त्री तथा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राई, प्रदेश सभा विजयबहादुर यादव, नर...