Tuesday, April 28सत्यम खबर
Shadow

जसपाको दुई दिने राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

नेपालगन्ज, १३ माघ – जनता समाजवादी पार्टी (जसपा) बाँकेको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम आज मंगलबार समापन गरिएकाे छ ।

जसपा जिल्ला समन्वय समिति बाँकेको आयोजनामा साेमबारदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गरेका थिए ।

पूर्व शहरी बिकास मन्त्री तथा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईको विशिष्ट अतिथिमा सम्पन्न दुई दिने उक्त प्रशिक्षणको उद्घाटन सत्रमा पार्टीका प्रभावशाली नेताहरुले सम्वोधन गरेका थिए । पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राइको सभापतित्वमा सुरु भएको कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष राजन रानामगरले गर्नुभएको थियाे ।

उक्त प्रशिक्षण कार्यक्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका केन्द्रीय अध्यक्ष यादव, पूर्व शहरी बिकास मन्त्री तथा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राई, प्रदेश सभा विजयबहादुर यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायतका नेताहरुले उद्घाटन सत्रमा सम्वोधन गरेका थिए ।

प्रशिक्षणमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी सदस्य मो. राई, प्रशिक्षण बिभाग प्रमुख डम्बर बल्लभ खतिवडा, प्रशिक्षण बिभाग लुम्बिनी प्रदेश संयोजक मनिकर कार्की लगायतले प्रशिक्षण दिईएकाे जिल्ला अध्यक्ष कमरुद्दीन राईले जानकारी गराउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *