Friday, November 22सत्यम खबर
Shadow

अन्तरपाटी महिला संजालको साधारण सभा सम्पन्न

नेपालगन्ज, २४ माघ – अन्तरपाटी महिला संजाल बाँकेको आठौ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष अम्बिका काफ्ले उपाध्यक्ष गीता राना, सचिव अछरी पोखरेल र कोषाध्यक्षमा दुर्गा बाल्मीकि रहेका छन ।
यसैगरी सदस्यहरुमा नारायणी रुपाखेति, रेणु खड्का, रेखा गुप्ता, विम्मी रानी पन्थी, रिचा दुवेदी इता शर्मा, रत्न राना, दिक्षा कोइराला, सायरा दर्जी, प्रेमकुमारी शाही लगायत १जना पछि थप्ने गरी १५ जनाको कार्य समिति चयन गरेको छ ।


अन्तरपाटी महिला संजाल बाँकेका निवर्तमान अध्यक्ष रेखा गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष र प्रगति प्रतिवेदन सचिवद्वारा पढेर सुनाइएको थियो ।
अन्तरपाटी महिला संगठन विभिन्न राजनीति पार्टीमा आवद्ध महिलाहरुको संगठन हो । नयाँ कार्य समितिलाइ पुर्व अध्यक्ष रेखा गुप्ताले खादा ओढाएर अविर लगाइ सम्मान गरेकी थिइन । सो संजालको अवधि एक बर्षको रहने छ ।
अन्तरपाटी महिला संजालको नयाँ कार्यसमिति चयन पश्चात बसेको पहिलो बैठकले बैठक बस्ने सम्बन्धमा, पुरानो कार्यसमितिलाइ धन्यवाद दिने सम्बन्धमा, बैंक खातापरिवर्तन गर्ने सम्बन्धमा, विभिन्न पार्टीहरुसँग सम्पर्क र समन्वय गरी राजनीतिमा लागेका महिलाहरुको क्षमता विकास गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *