
नेपालगन्ज, २४ माघ – जनमत पार्टी बाँकेद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ मा प्रथम वडा अधिवेशन आज शनिबार सम्पन्न गरिएको छ ।
जनमत पार्टी बाँकेद्वारा नेपालगन्जमा सम्पन्न प्रथम वडा अधिवेशनबाट फरिद अलि बेहनाको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको गरिएको छ ।
यसैगरी उपाध्यक्षमा खातून निशा शेष, कोषाध्यक्षमा साहरूक शेष (हवारी), सचिवमा विनोद यादव, सदस्यहरुमा क्रमशी शेरबहादुर गुप्ता, सलिमुन निशा शेष, राजकुमारी सोनी, बेचन बडही, मोहम्मद रजा दर्जी, हलीम दर्जि तथा भगोले कनोजियालाई चयन गरिएको छ ।
जनमत पार्टीका बेचन बढ्हीको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथीमा जिल्ला अध्यक्ष रियाज अहमद शेष रहेका थिए । अधिवेशनमा अन्य नेताहरुमा जिल्ला सदस्य जाबिर हल्वाई लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
जनमत पार्टी बाँकेले दिनप्रतिदिन बाँकेको सबै स्थानीय पालिकाहरुमा आफ्नो वडा अधिवेशन सम्पन्न गराई रहेको जानकारी पार्टी बाँकेका नेता जाबिर हल्वाईले दिएका छन् ।


