उपमहानगरपालिका र राजश्व कार्यालयले आईतबारदेखि सेवा सुचारु गर्ने
नेपालगन्ज, २९ श्रावण– नेपालगन्ज उपमहानगरपालिका भित्र जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगन्ज उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमा आईतबारदेखि सेवा सुचारु हुने भएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उपमहानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा आईतबारदेखि निरन्तरता दिन लागिएको जानकारी गराउनुभयो ।नेपालगन्ज उपमहानगरपालिकासँगै सम्पूर्ण २३ वटै वडा कार्यालय पनि आईतबारदेखि सुचारु हुने नगर प्रमुख राणाले जानकारी गराउनुभयो । नेपालगन्ज उपमहानगरपालिकामामा कोरोना विरुद्ध उच्च सावधानी अपनाउँदै मुख्य प्रवेशद्धारमा हेल्थ डेस्क सञ्चालन गरिएको छ ।सेवाग्राहीले कार्यालयमा प्रवेश गर्ना साथ साबुन पानीले हात धुने, सेनिटाईजरसहित ज्वरो नाप्ने ब्यवस्था समेत मिलाइएको छ ।यसैगरी, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका...









