Monday, March 9सत्यम खबर
Shadow

अपडेटः कोरोना संक्रमणले एकको मृत्यु, ८ महिलासहित १८ जना घर फर्किंदै

नेपालगन्ज, १८ असोज – कोरोना संक्रमणका कारण आईतबार बिहान कोहलपुर स्थित मेडिकल कलेजमा थप १ जना सुत्केरी महिलाको उपचारको क्रममा मुत्यू भएको छ ।
मृत्यु हुनेमा सुदूरपश्चिम क्षेत्रको कञ्चनपुर जिल्लाको महेन्द्रनगर–२ का २९ वर्षीय सुत्केरी महिला रहनुभएको सेती अस्पताल धनगढीले जानकारी दिएको छ ।
कोरोना समेत संक्रमण भई बाँके जिल्लाको नेपालगन्ज स्थित भेरी अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजमा उपचार गराईरहेका मध्य आईतबार बिहानसम्म २९ जनाको मुत्यू भईसकेको छ ।


मुत्यू भएका मध्य बाँके जिल्लाका २० जना र गम्भीर बिरामी भई थप उपचारका लागि बाहिरी जिल्लाबाट आएका ९ जना रहेका छन् ।
बाँके जिल्ला कोरोना संकट ब्यवस्थापन समितिका फोकल पर्सन एवम् स्वाथ्य कार्यालय बाँकेका प्रवक्ता समेत रहनु भएका नरेशबाबु श्रेष्ठले हालसम्मको कार्यप्रगति विवरण मिडियामा सार्वजनिक गर्दै मध्य र सुदुर पश्चिम नेपालका विभिन्न जिल्ला तथा ठाउँमा रहेका साना तथा ठुला अस्पतालबाट समेत बाँकेको कोहलपुर स्थित मेडिकल कलेज र नेपालगन्जको भेरी अस्पतालमा कोरोनाका संक्रमणका गम्भीर प्रकृतिका बिरामीहरुको उपचारको लागि आउने संख्यामा बृद्धि हुँदै गएको जानकारी दिनुभएको छ ।
श्रेष्ठले बिरामीहरु अन्य जिल्ला तथा अस्पतालबाट रिफर गर्दा सबै जानकारी ल्रिएर ब्यवस्थितरुपमा गर्न समेत सम्वन्धीत सबैसँग आग्रह गर्नुभएको छ ।
फोकलपर्सन श्रेष्ठले केही बिरामीहरु आफु संक्रमित भएर पनि उपचार गर्दैनन कि भनेर जानकारी लुकाएर अस्पताल भर्ना भएर उपचारको क्रममा पत्ता लाग्ने गरेको, केही रिफर भएर आउने बिरामीको आवश्यक विवरण नै नपठाइ दिने गरेको र पछील्लो पटक शनिबार सांझ कर्णाली प्रदेशको सुर्खेतबाट रिफर गरिएको १ जना कोरोना संक्रमित गम्भीर बिरामीलाई भाडाको गाडीले बिरामीलाई कोहलपुर स्थित मेडिकल कलेजको अस्पताल परिसरमा छोडेर गएको समेत जानकारी दिनुभएको छ ।


यसरी पछिल्लो पटक उपचारको नाममा थप अब्यस्थित नहोस् भन्नका लागि सम्बन्धित प्रदेश सरकारले समयमा नै ध्यान दिएर स्वाथ्य मन्त्रालयको उपचार सम्वन्धी निर्देशिका पालना गरेमा यस्ता समस्याबाट बिरामी तथा बिरामीका आफ्न्तहरुले सास्ती भोग्नु नपर्ने फोकल पर्सन श्रेष्ठले आप्mनो कार्यप्रगति अनुभवको आधारमा बताउनु भएको ।
आईतबार बाँकेमा ८ जना महिलासहित १८ जना कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् ।
बाँके जिल्लामा हालसम्म २ हजार ३६ जना संक्रमित भएकोमा १ हजार ६ सय २ जना संक्रमणबाट मुक्त भईसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *