Sunday, April 26सत्यम खबर
Shadow

मोरिङ्गा प्रोडक्ट नेपालगन्जमा

नेपालगन्ज, २३ असोज – नेपालगन्जमा मोरिङ्गा प्रोडक्ट आजबाट पाउन सुरु गरेको छ । माउन्टेन मोरिङ्गा एन्ड हर्ब्स नेपालबाट उत्पादित तथा आफै प्याकेजिङ्ग गरि पुर्ण अर्गानिक सर्टिफाईड मोरिङ्गा चियापत्ती र मोरिङ्गा पाउडर नेपालगन्जमा पुगेको छ ।


नेपालगन्जको बाईपास जनरल अर्डर सप्लायर्स बाईपास मोड कारकाँदो नेपालगन्जमा उपलब्ध रहेको छ र फ्री होम डेलिभरिको ब्यवस्था समेत रहेको हेमन्तराज काफ्लेले जनाएका छन् ।
धेरै बर्षदेखि सितल चिनि कै प्रचार गर्दै आएका हरित अभियन्ता काफ्लेले नेपालगन्ज बजारमा उक्त प्रोडक्ट ल्याएका छन् । उनलाई मोरिङ्गा बाड्दा बाड्दा मोरिङ्गा बाबा समेत भन्ने गरिन्छ । मोरिङ्गाको बिरुवा बाड्दा बाड्दा मानिसहरुको अभिरुची अनुसार यो प्रोडक्ट बजारमा ल्याएको उनी बताउछ्न ।


उनीसँग धादिङका सन्तोष सापकोटा र पुर्ब मन्त्री भक्तबहादुर बलायर पनि सँगै छन् । पुर्ब मन्त्री बलाएर माउन्टेन मोरिङ्गा एन्ड हर्बस नेपाल प्रालिका अध्यक्ष समेत रहेका छन् । यो प्रोडक्ट नेपाल भरी र बिदेश जापान, जर्मन, नेदरल्यान्ड र अमेरिकामा समेत छिट्टै निर्यात गरिने अभियन्ता काफ्लेले बताए ।
काफ्लेले भने विदेशमा स्याम्पल पठाई सकेको र बिस्तारै अन्तर्राष्ट्रिय बजारमा प्रोडक्ट पु¥याउने सोच रहेको तथा हाल धादिङ्ग, काभ्रे, र बुटवलमा आफ्नै मोरिङ्गा फारम बनाई प्रोडक्ट उत्पादन गरि बिस्तारै देश भरी मोरिङ्गा बनाउने काफ्लेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *