
नेपालगन्ज, ११ अषाढ – बाढी प्रकोपको व्यवस्थापनका लागि प्रतिकार्य र पुर्वतयारीको कार्यमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिइएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्ज र राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जको सयुंतm आयोजनामा आज शुक्रबार आयोजित भर्चुअल अन्तरसम्बादका सहभागिहरुले अहिले बाढी प्रकोपको समय भएकाले त्यसबाट बच्न पुर्बतयारी गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्ने सहभागिहरुले बर्दिया जिल्लामा रहेका कर्णाली र बबई नदीको कटान तथा डुबानका समस्याले बर्षेनी सताउने भएकाले त्यसको दिर्घकालिन योजना निर्माण गर्नुपर्ने माग गरेका थिए ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले पानीको राज्यमा हाम्रो बसोबास भएकाले त्यसबाट आफै सर्तक रहनुपर्ने भन्दै विपतको पहिचान गरि त्यसको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा विपतबाट हुने क्षतिको न्युनीकरण तथा पुर्ब तयारीका लागि सम्पुर्ण सयन्त्रलाई हाई अलर्टमा राखिएको भन्दै घटनाको पुर्ब अभ्यास गरेमा विपतको जोखिमबाट बच्न सक्ने बताउनुभयो ।
बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले जिल्लामा नदी खोलाको बाढी तथा कटानको समस्या उच्च रहेकाले यसको न्युनीकरणका लागि तटबन्ध निर्माणको कार्य अघि बढाउनु पर्नेमा जोड दिंदै विपत पुर्ब तयारीका लागि जिल्लाका प्रहरीसहितको जनशक्ति तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बर्दियामा विपद् व्यवस्थापन तथा विपद् पूर्वतयारी तथा प्रतिकार्यको स्थिति र चुनौतीका विषयमा विपत व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत गौरी बुढाथोकी र राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख झंकर रावलले विपत व्यवस्थापनका क्रममा मानवअधिकारको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा बढैयाताल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, पत्रकार महासंघ बर्दियाका पूर्बअध्यक्ष राजेन्द्र धिताल, नागरिक सामाजका अगुवाहरु सपना चौधरी, बालकृष्ण लामिछाने, कलम पौडेल, हरिबहादुर घर्ति लगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बर्दिया जिल्लाका बाढी प्रकोपका क्षेत्रमा क्रियाशिल संस्था तथा व्यक्ती, अधिकारकर्मी, नागरिक समाज, महिला लगायतको सहभागिता रहेको थियो ।


