Monday, May 4सत्यम खबर
Shadow

दुर्व्यसनी विरुद्धको दिवस एसएसवीको समन्वयमा मनाइयो

नेपालगन्ज, १२ अषाढ – लागु औषध विरुद्धको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा बाँकेको जमुनाह नाकामा आज सचेतिकरण र्‍याली गरिएको छ । सीमामा रहेका सुरक्षा संगठनहरुले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।

शुक्रवार नेपाली सुरक्षा अधिकारीहरुको आयोजनामा कार्यक्रम भएकोमा आज शनिबार भने भारतीय एसएसविको सहकार्यमा कार्यक्रम भएको सम्पन्न गरिएकाे छ । रुपैडिया ग्राम पञ्चायतका प्रधान हाजी अब्दुल कलिमले लागु औषध समस्या दुवै देशको साझा समस्या भएकाले यसको रोकथाम, नियन्त्रण र निदानमा दुवै देशबीच सहकार्य हुन जरुरी रहेको बताउनुभयो । उहाँले दुर्व्यसनि विरुद्ध एक हुन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एसएसवी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन, इलाका प्रहरी कार्यालय जमुनाहका असइ पृथ्वीबहादुर बुढा, रुपैडिया थानाका उप-निरीक्षक सुरेश सिंह, स्थानीय बुद्धिजीविलगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी बल बिओपी जमुनाहका इन्चार्ज जीवनलाल बुढाले जानकारी दिनुभयो ।

लागु औषध रहित परिवारः स्वस्थ जीवनको आधार भन्ने नाराका साथ यसपालिको लागु औषध विरुद्धको दिवस मनाइदै छ । लागु औषध सेवनले मानिसको शारिरीक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरु बताउँदै आएका छन् । यसको लतले व्यक्तिको शारिरीक क्षती मात्र होइन् परिवारलाई उजाडिएका घटना समाजमा व्याप्त रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *