
परिक्रमामा धार्मिक तथा सांस्कृतिक आदान–प्रदान
धनुषाधाम, २५ फागुन – नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ।
कार्यक्रम संयोजक दिपक यादवका अनुसार धनुषा जिल्लाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको धनुषाधाम, जहाँ भगवान रामचन्द्रद्वारा सीता स्वयंवरका बेला तोडिएको शिवजीको धनुषको एक टुक्रा अहिले पनि जिवन्त रहेको मान्यता छ, त्यही स्थानमा परिक्रमाको नवौं दिन साधु–सन्तहरूको बास हुने भएकाले हेल्पडेस्क सञ्चालन गरिएको हो।
मिथिला मध्यमा परिक्रमा ठेरा कचुरी (धनुषा) बाट सुरु भई भारतको कल्याणेश्वर गिरिजास्थान हुँदै महोत्तरी जिल्लाका पाँच स्थानमा बास बस्दै पुनः धनुषा प्रवेश गरेको छ। आइतबार सतोषर, सोमबार औरही तथा हौसाहामा बास बसेपछि पुनः कल्याणेश्वर महादेवको दर्शन गर्...