मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
जनकपुरधाम, १७ मंसिर – मधेश प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरी प्रदेश सभामा दर्ता गर्ने तयारी गरेको बारेमा राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री सरोज यादव नेतृत्वको मन्त्रि परिषद्ले गरेको निर्णयलाई अभियानले ‘संवेदनशील विषय’ उल्लेख गर्दै यसको सुरक्षा, सामाजिक सद्भाव र कानुनी शासनमा पर्न सक्ने प्रभावबारे प्रश्न उठाएको हो ।
अभियानका मधेश प्रदेश इन्चार्ज मनिष पुर्वेले जारी गरेको विज्ञप्तिमा यो निर्णय पर्याप्त सुरक्षा मूल्यांकन, सार्वजनिक छलफल र सम्भावित जोखिमहरूको अध्ययनबिना हतारमा अघि बढाएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा धार्मिक तथा शैक्षिक संस्थाहरूको दायरामा अनियमित गतिविधि, दर्ता प्रक्रियामा अपारदर्शिता, मानवस्रोत व्यवस्थापनमा कमजोर निगरानी जस्ता समस्या देखा परिरहेको उल्लेख गरिएको छ । अभियानले यस्ता संर...









