Saturday, June 27सत्यम खबर
Shadow

खेल

खेलकुद मन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई

खेलकुद मन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, ३ माघ - युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नु भएको छ । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन गईरहेको प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री अथकले बिदाई गर्नु भएको हो । प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिनुभयो । बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेल क्षेत्रले ठुलो आशा गरेको बताउँदै मन्त्री अथकले भन्नुभयो, “पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।” बक्सिङका अन्तर्राष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारीक भ्रमण गरीसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले भन्नुभयो, “बक्सिङको अन्तर्राष्ट्रिय अध्य...
रोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन

रोयल नेपालगन्ज नकआउट फुटबल च्याम्पियन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ पौष – रोयल नेपालगन्ज फुटबल क्लबले बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।नेपालगन्ज रंगशालामा मंगलबार भएको फाइनल खेलमा रोयलले नेपालगन्ज स्र्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । रोयलको जितमा दुबै गोल संजय थापाले गरेका थिए । उनले खेलको ७ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल इन्जुरी समयमा ८३औं मिनेटमा गरेका थिए । च्याम्पियन बनेको रोयल बाँके जिल्ला लिग फुटबलका लागि छनोट भएको छ । माघ महिनामा हुने लिग फुटबलमा बाँकेका १२ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।मंगलबार एक समारोहका बिच विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष दिर्घबहादुर केसी कुमार, एन्फा सदस्य प्रदेश सिंह राठौंर, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, लुम्बिनी प्रदेश फुटबल संघका उपाध्यक्ष तथा बर्दिया जिल्...
नेपालगन्ज स्र्पोटिङ क्लब फाइनलमा

नेपालगन्ज स्र्पोटिङ क्लब फाइनलमा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ पौष – नेपालगन्ज स्र्पोटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।आईतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्र्पोटिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्र्पोटिङ क्लबलाई अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ । बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी सुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन् । प्रतियोगिता पौषको २७ गतेसम्म चल्ने बाँके जिल्ल...
शनिबारदेखी नेपालगन्जमा नकआउट फुटबल हुँदै

शनिबारदेखी नेपालगन्जमा नकआउट फुटबल हुँदै

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २३ पाैष - बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए । प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन । समुह ए र बी को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुइ वटा खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एफसी संघारी र नेपालगन्ज–११ बिच हुनेछ । यसैगरी आईतबार पुस २५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र...
राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त

आस्था, खेल, प्रदेश ३, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ पौष - राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गर्नुभएको थियो । सोही समितिको सिफारीसको आधारमा मन्त्री परिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो । उपाध्यक्ष पदमा नियुक्तीका लागि १२ जनाले आवेदन दिनु भएको थियो ।...
रोजगार होईन स्वरोजगार हुनुहोस् : मन्त्री अथक

रोजगार होईन स्वरोजगार हुनुहोस् : मन्त्री अथक

आस्था, खेल, प्रदेश ३, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० पौष - युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले युवाहरु स्वरोजगार हुनुपर्ने बताउनु भएको छ । मंगलबार राजधानिमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अथकले रोजगारीको मात्र उद्धेश्य नराखी स्वरोजगार हुने प्रयास गर्नुपर्ने बताउनुभएको हो । अरुको अधिनमा रहेर रोजगार गर्नुभन्दा आफ्नै क्षमताले स्वरोजगार हुन बढि लाभदायी हुने उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “रोजगार होईन स्वरोजगार हुने प्रयास गरौं ।” राष्ट्रिय युवा परिषद र आईडिया स्टुडियो नेपालको साझेदारीमा संचालित “युवा नवप्रवर्तन/इन्क्युवेसन नीति प्रयोगशालामा आधारित” पाँच दिने तालिमको समापन समारोहमा सहभागी हुन ललितपुर पुग्नु भएका मन्त्री अथकले देश भित्रै स्वरोजगार हुन सम्भव छ भन्ने मान्यता स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । तालिममा सहभागी सातै प्रदेशका युवाहरुलाई सम्बोधन गर्दै मन्त्री अथकले विदेशमा गएर जस्...
बिजेता खेलाडीलाई मन्त्री अथकद्वारा विमानस्थलमा भव्य स्वागत

बिजेता खेलाडीलाई मन्त्री अथकद्वारा विमानस्थलमा भव्य स्वागत

आस्था, खेल, प्रदेश ३, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ ।प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमान स्थल पुगेरै स्वागत गर्नु भएको हो । खेलाडीहरुको हौसला बढाउन बिमान स्थल पुग्नु भएका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई समेत दिनु भएको छ । त्यसक्रममा बाजा बजायर स्वागत गरिएको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष...
प्याब्सनको मैत्रीपुर्ण भलिबल

प्याब्सनको मैत्रीपुर्ण भलिबल

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
हेमन्त राज काफलेनेपालगन्ज, १५ पौष – निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था प्याब्सन नेपालगन्ज नगरले आफ्नो बार्सिकोत्सव यहि २४ गते भब्य रुपमा मनाउनका लागि साप्ताहिक रुपमा विविध खेलकुद गर्दै आएको छ । त्यसै अन्तर्गत आज विहिबार मैत्रीपुर्ण भलीबल प्रतियोगिता नगर अध्यक्ष बिकास बज्राचार्यको सभापतित्व उपमेयर उमा थापाको प्रमुख अतिथी तथा विशेष अतिथी जिल्ला अध्यक्ष यम रावत, प्याब्सन जिल्ला सल्लाहकार बिधामान राज भन्डारी, खड्गबहादुर बोहरा, शिक्षा समिती सदस्य तरुण बज्राचार्य लगायतको उपस्तिथिमा उदघाटन कार्यक्रम सप्पन्न भएको छ । शिक्षकको १६ वटा टिम र विद्यार्थीहरुको २२ वटा टिम १३ वटा छात्र र ९ वटा क्षात्राको टिम रहको र पहिलो खेल जिभियन स्कुल र नेपालगन्ज मोडल एकेडमी बिच जारिरहेको नेपालगन्ज नगर प्याब्सन सचिब मानबहादुर थापाले जानकारी दिनुभयो ।...
एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १४ पौष - सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता नेपाली खेलाडीहरुलाई पुरस्कार दिने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्री परिषदको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे हो । नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लैजानुभएको थियो । बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टि...
“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”: खेलकुद मन्त्री अथक

आस्था, खेल, प्रदेश ३, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १३ पुष – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताउनु भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुप मै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताउनु भएको हो ।“हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनि छौं” सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको आफ्नै भवनमा आयोजित १२ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले भन्नुभयो, “हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।” एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रमा राजनिती गरीनु दुःखद भएको उल्लेख गर्नुभयो । बिगतदेखी नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुल...