Sunday, April 19सत्यम खबर
Shadow

नेपालगन्ज मोडेल एकेडेमी, जय बागेश्वरी हाईस्कुल, मोर्डन पब्लिक र ड्रिम ल्यान्ड विजयी

नेपालगन्ज, १५ माघ – नेपालगन्जमा भैरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा आइतबार नेपालगन्ज मोडेल एकेडेमी, जय बागेश्वरी हाईस्कुल, मोर्डन पब्लिक र ड्रिम ल्यान्ड हाइस्कुलले जित हासिल गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा नेपालगन्ज मोडेल एकेडेमीले कोहलपुरको जीवनज्योति स्कुललाई ७–१ ले सहजै पराजित गरेको छ ।
नेपालगन्ज मोडेलका लागि बिनोद शाही र रबु मल्लले ह्याट्रिक गरे । उनले खेलको २०औं, ३५औं र ६०औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज मोडेल कै रबु मल्लले ९औं मिनेट, १७ औं मिनेट र ४५औं मिनेटमा गोल गरेका थिए भने खेलको सुरुआतमा रुपेश बोहराले ३ मिनेटमा गोल गरे । जीवन ज्योती स्कुलका कृस केसीले १३औं मिनेटमा सान्त्वना गोल गरे । उक्त खेलमा नेपालगन्ज मोडेल एकेडेमीमा रबु मल्ल म्यान अफ द म्याच घोषित भए । उनलाई एचसीआरसी हस्पिटलका व्यवस्थापक रमेश सिटौलाले गरे ।


आइतबारको दोस्रो खेलमा जय बागेश्वरीले मंगल प्रसाद माविलाई टाइब्रेकरमा ३–१ ले हरायो । निर्धारित समय खेल १–१ को बराबरीमा सकिएको थियो । मंगलका अभिशेक विकले सुरुआतको २ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको अत्यतिर ५७आंै मिनेटमा भएको आत्मघाती गोलका कारण खेल बराबरी हुन पुगेको थियो । टाइब्रेकरमा जय बागेश्वरीका अभिशेक राजवंशी, उत्कर्ष साउद र विजय चौधरीले गोल गरे । यता मंगलका अभिशेक विकले मात्र गोल गरेका थिए ।
खेलमा म्यान अफ द म्याच हुन सफल जय बागेश्वरीका गोलकिपर पवित्र थारुलाई रामजानकी गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य जगमोहन कादुले पुरस्कृत गरे ।
तेस्रो खेलमा मोर्डन पब्लिक स्कुलले डाइनामिक स्कुललाई १–० ले पराजित गरेको छ । मोर्डनको जितमा प्रतिक विष्टले ४९औं मिनेटमा निर्णायक गोल गरे । खेलमा मोर्डनका कप्तान विवेक विष्ट घोषित भए । उनलाई धम्बोझी क्लबका अध्यक्ष तारामान कुँवरले पुरस्कृत गरे । आइतबारको चौथो खेलमा ड्रिम ल्यान्ड स्कुलले होलिल्यान्डलाई ३–० ले हरायो । ड्रिम ल्यान्डको जितमा विवश न्यौपानेले २४औं मिनेट, सुनिल थापाले ४९औं मिनेट र अजित पुन मगरले ५८औं मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच हुन सफल ड्रिम ल्यान्डका विवश न्यौपानेलाई नेपालगन्ज उपमहानगरपालिकाको निर्वतमान उपमेयर उमा थापाले पुरस्कृत गरिन् ।


बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको छात्र तर्फ समुह ‘ए’ पशुपति मावि राझा, बागेश्वरी एकेडेमी, मंगल प्रसाद मावि, जय बागेश्वरी इङलिस मिडियम स्कुल, होलि ल्याण्ड मावि, ड्रिम ल्याण्ड इङलिस मिडियम स्कुल, लक्ष्मी मावि बर्दहवा, एबिसी रेसिडेन्टल, जिभिएन कलेज, नेपालगन्ज सेन्ट जेभियर्स, धम्बोझी मावि, आदर्श मावि खजुरा, सेन्ट थोमस र ग्रिनपिस मावि रहेका छन् ।
प्रतियोगिताको समुह ‘बी’ नेपालगन्ज मोडेल एकेडेमी, जीवन ज्योती स्कुल, मोर्डन पब्लिक स्कुल, डाइनामिक मावि कोहलपुर, ब्राइट ल्यान्ड स्कुल, राम जानकी मावि कोहलपुर, राम मावि हवलदारपुर, सुर्योदय मावि बैजानाथ, अमर मावि सि गाउँ, ब्राइटल्यान्ड कलेज, बाल विद्या मावि, कृष्ण मावि कोहलपुर र सनविम स्कुल नेपालगन्ज रहेका छन् ।
प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले समान रुपमा २१ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक चन्दले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *