Wednesday, December 4सत्यम खबर
Shadow

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता : सेमिफाईनलमा भिड्दै यी खेलाडी

नेपालगन्ज १३ माघ – बाँकेको नेपालगन्ज रंगशालास्थित कर्वड हलमा जारी प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको सेमिफाईनल खेल सुरु भएकोछ ।
शुक्रबार सम्पन्न क्वाटर फाईनलबाट छनोट भएका विभिन्न ५ विधाका खेलाडीहरु यतिबेला सेमिफाइनलमा प्रतिस्प्रर्धा गरिरहेका छन् । शनिबार विहान ९ बजेदेखि सुरु भएको सेमिफाईनल खेल अन्र्तगत विभिन्न विधाका १० खेल हुनेछन् ।
पुरुष युगल (बी लेभल) तर्फ सरद खड्का र अनुपम न्यौपानेको जोडीले राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीसँग प्रतिस्प्रर्धा गरिरहनु भएकोछ । भने भरत चन्द र दिनेश थापामगरको जोडीले चक्रबहादुर डम्बरपाल र अविक श्रेष्ठको जोडीले प्रतिस्प्रर्धा गरिरहनु भएकोछ । यसैगरी पुरुष एकलतर्फ प्रिन्स दाहाल र जीवन आचार्य प्रतिस्प्रर्धा गरिरहनु भएकोछ ।


नेपालगन्ज रंगशालास्थित कर्वड हलको तीन वटा कोर्टमा एकैपटक जारी खेलमा सेमिफाईनलका लागि महिला एकलतर्फ नेपाल आर्मीकी रसिला मर्हजन र नेपाल प्रहरीकी नीता लम्सालबीच प्रतिस्प्रर्धा हुनेछ । यस्तै कैलालीकी एलिना सुनार र एपिएफकी शोभा गौचनबीच प्रतिस्प्रर्धा हुनेछ । भने पुरुष एकलतर्फ अमन मर्हजन र कविर केसीबीच प्रतिस्प्रर्धा हुने मुख्य रेफ्री किरण करञ्जितले बताउनुभयो ।
मुख्य रेफ्री किरणका अनुसार पुरुष युगलतर्फ प्रिन्स दहाल र बिजित थापामगरको जोडीले अमन महर्जजन र रोशन साउदको जोडीसँग प्रतिस्प्रर्धा गर्नुहुनेछ । यस्तै पुरुष युगलतर्फ नै क्षितिज खनाल र देवराज रानाको जोडीले जिवन आचार्य र विष्णु कटवालसँग प्रतिस्प्रर्धा गर्नुहुनेछ ।


पुरुष युगल (भेट्रान्स ४५ प्लस) तर्फ हरि खत्री र राजकुमार पोखरेलको जोडीले अरुण गौतम र अभयलाल श्रेष्ठको जोडीले प्रतिस्प्रर्धा गर्नुहुनेछ । मुख्य रेफ्री किरणका अनुसार सेमिफाईनल खेल लगतै फाईनल खेल खेलाइनेछ ।
नकआउट आधारमा भइरहेको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ तथा नेपाल पुलिस सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करिव २ सय ५० जना खेलाडीको सहभागीता रहेको छ । बाँके जिल्ला व्याडमिन्टन संघको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
बाँकेको नेपालगन्जमा २५ वर्षपछि राष्ट्रिय स्तरको ब्याटमिन्टन प्रतियोगिता आयोजना भएको हो । यसअघि नेपालगन्जमा २०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको थियो । त्यसयता ब्याटमिन्टनको राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आएको थिएन ।


यसअघि शुक्रबार सम्पन्न खेलहरुमा पुरुष एकलतर्फ एपिएफका प्रिन्स दहालले एपिएफ कै क्षितिज खनाललाई २१–१६,२१–१२ ले तथा नेपाल प्रहरीका जिवन आचार्यले एपिएफका रोशन साउदलाई २१–१७, २१–१८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई ९–२१, २१–१८,२१–१५ ले तथा नेपाल आर्मीका कविर केसीले नेपाल प्रहरीका विष्णु कटवाललाई २१–१६, २१–१५ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
यस्तै महिला एकलतर्फ नेपाल आर्मीकी रशिला महर्जनले सेन्ट थोमस बाँकेकी कृपा शाक्यलाई २१–३,२१–४ ले तथा नेपाल प्रहरीकी नीता लम्सालले बाँकेकी एसी श्रेष्ठलाई २१–६, २१–५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी कैलालीकी एलिना सुनारले नेपाल प्रहरीकी सुष्मा श्रेष्ठलाई २१–८, २१–१८ ले तथा एपिएफकी शोभा गौचनले सुर्खेतकी निशा सिंहलाई २१–७, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।


यसैगरी, पुरुष युगल (बी लेभल) तर्फ धनगढीका भरत चन्द र दिनेश थापामगरको जोडिले दाङका कमल चन्द र विशाल सुवेदीको जोडिलाई २१–१०,२१–१४ ले तथा नेपाल प्रहरीका चक्रबहादुर डम्बर पाल र अविक श्रेष्ठको जोडिले टिकापुरका सुरज वैदार र राजन शेरचनको टोलीलाई २१–१२, २१–१२ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी गुलरियाका सरद खड्का र अनुपम न्यौपानेको जोडीले सुर्खेतका हिमाल लामा र दुर्गा रानालाई २१–१४, २१–१४ ले तथा सुर्खेतका राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडीले अर्जुन बुढामगर र पदम चन्दको जोडीलाई २१–१०, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
पुरुष युगलतर्फ एपिएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडीले नेपाल प्रहरीका दिपक बोहरा र अविक श्रेष्ठको जोडीलाई २१–१८,२१–१७ ले तथा एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले नेपाल प्रहरीका गौरव दाहाल र पूर्णबहादुर थापाको जोडीलाई २१–१२, २१–१७ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी एपिएफका क्षितिज खनाल र देवराज रानाको जोडीले कविर केसी र अनिल मल्लको जोडीलाई २१–१५, २१–१४ ले तथा नेपाल प्रहरीका जिवन आचार्य र विष्णु कटवालको जोडीले राजु थापा र सुजन थापाको जोडीलाई २१–१६, २१–१९ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।


पुरुष युगल (भेट्रान्स ४५ प्लस) बाँकेका अभयलाल श्रेष्ठ र अरुण गौतमको जोडीले बर्दियाका गोविन्द क्षेत्री र प्रनेश ढकालको जोडीलाई २१–१६,२१–१८ ले तथा बाँकेका अनिल लाखे र जयन्त श्रेष्ठको जोडीले सुरेश बम र रामप्रसाद भुषालको जोडीलाई २१–१३, २१–८ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गर्नुभयो । त्यसैगरी स्टारलाईटका हरि खत्री र राजकुमार पोखरेलको जोडीले कैलालीका भोजराज भट्ट र नरेन्द्र चन्दको जोडीलाई २१–१६, २१–१७ ले तथा बुटवलका वीरेन्द्र विष्ट र रितेश थापाको जोडीले सुर्खेतका केशर ओसी र दुर्गा रानाको जोडीलाई २१–१६, १८–२१, २१–१६ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गर्नुभयो ।
बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले पछिल्ला वर्षहरुमा खेलाडीहरुको उपस्थिती कम हुदैँ गएपछि नयाँ पुस्ताका खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको समापन समारोह शनिबार (आज) दिउँसो ३ बजे हुनेछ भने प्रमुख अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहनुभएकोछ ।
प्रतियोगितामा पाँच वटा विधा राखिएको छ । जसमा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल ‘बी लेभल’ र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ ।


प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउनेछन् ।
महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले १५÷१५ हजार प्राप्त गर्नेछन् । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५÷१५ हजार पाउँनेछन् ।
यस्तै पुरुष युगल (बी लेभल)ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार पाउनेछन । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस)का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *