बाँकेमा सुरु भयो एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु
नेपालगन्ज, ६ चैत – बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्ष सुरु भएको छ । चैत ६ देखि ९ गतेसम्म सञ्चालन हुने एन्फा कम्युनिटी कोचिङ कोर्षमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको छ ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहले एन्फा कम्युनिटी कोचिङ कोर्षको सुभारम्भ गर्नु भयो ।
आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एन्फा कार्यवहाक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान हरी खड्का, एन्फा हेड अफ कोच एजुकेशन संजित सिंह, एन्फाका पुर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल संघका सदस्य गोवर्धन सिंह सम्झना, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशक...









