Thursday, November 21सत्यम खबर
Shadow

कमल निर्मोही : परिचित नाम एक संक्षिप्त अनुभूति !

  झटट हेर्दा कुनै फिल्मको सदावहार नायक झै लाग्ने अर्थात आकर्षक शारीरिक बनावटका धनी व्यक्तित्व कमल विके निर्मोही चिनाई रहनु पर्ने नाम त होइन । हुनत "ढुङ्गा जस्तो माया" चलचित्र लगायत टेलिफिल्महरुमा नायकको भुमिका उहाँबाट निर्वाह नभएको पनि होइन । सुन्दर आकर्षण र स्फुर्ती उहाँको चारीत्रिक विशेषता भित्रै पर्दछ । अर्को कोणबाट कमल निर्मोही उत्पीडित तथा दलित समुदायको साङ्गेतीक आकाशको पुरानो आइकन अर्थात धरोहर  पनि हो ।

  देशका प्रत्येक वस्तिमा कमल निर्मोहिको नाम परिचित नहुन सक्छ तर हालको ५,६ र ७ नम्बर प्रदेश तथा साबिकको मध्य र सूदुरपश्चिम अञ्चलका प्रत्येक वस्तिमा परिचीत र सबैको जनजिब्रोमा झुन्डिएको आदरयोगी  नाम हो र साथै दलित समुदायको प्रतिनिधि पात्र एवं पहिचान दिने आदर्श पनि हो ।

  रेडियो नेपालमा जागीरको सन्दर्भ होस वा वरिष्ठ संचारकर्मीको रुपमा होस उहाँ ३०/३२ वर्षदेखि अनवरत रुपमा यहि क्षेत्रमा कर्मशिल फुलहरु फुलाउदै आउनु भएको सबैको सामु जगजाहेर  नै छ । २०५९ साल पूर्व वा रेडियो नेपाल सुर्खेतमा लामो समय देखि साङगेतीक कार्यक्रमको प्रस्तोता भएर होस वा कुशल समाचार वाचक र जिवन्त नाटयकर्मी भएर होस आफ्नो पेशाप्रतिको निश्ठा पुरा गरेको उहाँका सम्झना योग्य पलहरु हुन । उहाँ पेशेवर संचारकर्मी मात्र नभएर लोक जनजीवनका यथार्थ पिरमर्काहरुलाई आफ्ना सयौं गित संगित मार्फत मनोरञ्जन दिदै लोक संगितको भन्डारमा योगदान दिने वरिष्ठ लोक गायक पनि हो ।  

 रेडियो नेपालको जागीरबाट विश्राम लिएर पनि संचार क्षेत्रलाई जिवनको अभिन्न अंग सम्झिदै निरन्तर द्रुतगतिमा उहाँको यात्रा अविश्राम छ । रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतबाट २०५९ सालमा अवकाश लिएपछि बाके जिल्लालाई आफ्नो कर्मभुमी बनाउनु भएका निर्मोही झन शसक्त भएर अघि बढनु भएको उहाँको जीवन व्यवहारबाट प्रष्ट हुन्छ अर्थात यश क्षेत्रमा उहाँ लागि पर्नु भएको डेर दशक भन्दा माथी भैसकेको छ । स्थानीय कलाकारलाई ढाडस दिनका निम्ति होस वा पेशाको उज्ज्वल भविष्यको खातिर होस "वेभ डिजिटल रेकर्डिङ सेन्टर" को स्थापना लगायत विभिन्न  एफएम रेडियो संचालनमा अग्रनी भुमिका खेल्ने पात्र पनि उहाँ हो ।

  रेडियो र एफएम रेडियोको अलावा भिजन टेलीभिजन बाकेको फाउन्डर र प्रोग्राम सिनियर चिफ, बागेश्वरी एफएमको पनि बोर्ड डाइरेक्टर र  प्रोग्राम चिफ हुँदै हाल zee Nepal Hd T.V.को  प्रोग्राम डाइरेक्टर भएर आफ्ना कर्मशिल पाखुरीहरु अगाडि बढाई रहनु भएको छ । जिल्ला भित्र हुने सांगेतिक कार्यक्रम लगायत संघ संस्था र सामाजिक कार्यक्रमहरुमा हमेशा सरिक हुने कमल निर्मोही देशका विभिन्न भाग हुँदै अर्थात साबिकको सुदुरपश्चिम र मध्यपश्चिमका जिल्लाहरु हुँदै बुटवलसम्मका वार्शिक हुने रमाइलो मेला महोत्सवहरुमा व्यस्त हुने कुशल प्रस्तोताको पहिचान स्थापित गर्दै आउनु भएको छ ।

राज्यले समय समयमा सम्मान दिएपनि जति हुनु पर्ने हो त्यति नभएको अनुभूत हुन्छ । भुल्ने र बिर्सनेहरुले बिर्से पनि तपाईं उत्पीडित समुदायको जिउदो इतिहास हो,प्रेरक व्यक्तित्व हो र समाज रुपान्तरणको यात्रामा मार्गदर्शक पनि हो । यश आलेखमा उत्पीडित वर्गको प्रतिनिधि पात्रका रूपमा पस्तुत गरिएपनि खासमा कलाकार वा कुनैपनि क्षेत्रको दिग्गज व्यक्तित्व देशकै अमुल्य निधि हुन्छन् । यी र यस्ता व्यक्तित्वहरुलाई समाज र देशले सम्मान गर्नु तथा त्यसता व्यक्तित्वबाट समाजका व्यक्तिहरुले सकारात्मक कुराहरुको अपेक्षा राख्नु अन्यथा हुदैन ।

अन्त्यमा,समाज,समुदाय र परिवेशमा उच्च छवि बनाउनु भएका आदरणीय व्यक्तित्वको आगामी यात्राले यसरीनै निरन्तरता पाई रहोस् । हजुरप्रती हामीलाई गर्व छ ।

( संक्षेपमा सबै कुरा समेटन सम्भव नभएपनि केहि कमि कमजोरी भएमा आगामी आलेखमा सुधार्ने आशयकासाथ अहिलेलाई विदा ) नमस्कार ! (निर्माेहीकाे फेसबुकवालबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *