(कविता)
२०७७ माघ ८ गते
# चरम मा छ है भष्टाचार, डकैति गर्दै छ सरकार #
जहाँ हुनु थियो हमदर्दी, त्यहाँ हुँदैछ गुण्डागर्दी
रक्षक नै भक्षक भयो, लुटतन्त्र नै व्यापक भयो ।
कालो, आकासे, सेतो कोट मै लाग्न थाल्यो दाग
अपराधी बाटै कमिशन लिन लागे हाकिम शाब ।
चरम मा छ हैं भष्टाचार, डकैति गर्दैछ सरकार ।
व्यापारी सम्पादक छन्, कलम सत्यमा रुक्न थाले ।
झुठ खबर ले लतपत छ समाचार ।
जनता सेवा मा समर्पित छु, समृद्धि विकास गर्ने छु ।
औद्योगिक कलकार खाना खोलेर, स्वरोजगार बनाउने छु
भन्दै हिँड्ने नेता जी ।
भ्रष्टाचारि भएर देशको सम्पति दोहन गर्दै ।
हिँड्न थालेँ नेता जी ।
चरम मा छ हैं भष्टाचार, डकैती गर्दैछ सरकार
अनपढ मन्त्री मण्डल मा आफै लेखेको संबिधान,
पढ, बुझ्न न सकेर, तानाशाह भयो चौकीदार ।
हुँदै न भएको धारा प्रयोग गरेर, गफगफैमा हामी भयो दङ्ग ।
@ लौ जा, प्रतिनीधि सभा नै भङ्ग @
चरम मा छ हैं भष्टाचार, डकैती गर्दै छ सरकार
जागौ जागौ युवा हो, स्वच्छ विचार बोकेर ।
हत्यारा, अन्यायी, भ्रष्टाचारी लाई, भगाओ लौराले हानेर
चरम मा च है भष्टाचार, डकैती गर्दै छ सरकार
श्रवणकुमार यादव
अध्यक्ष
नेपालगन्ज नगर समिति जसपा, बाँके