‘झनकान्छी, म अब तिम्रो भट्टीमा कहिल्यै आउदिनँ’
बाबुआमाले अब अर्को छोरी जन्मिन्न भनेर ऊभन्दा अघिल्लि छोरीको कान्छी नाम राखेपछि जन्मेकी छोरी भएकीले उस्को नाम रह्यो, झनकान्छी । कान्छीभन्दा बढ्ता कान्छी । कान्छीलाई भन्दा थप पनि प्रेम । पहिलादेखि आमाकी साथी ।रक्सी बेचेरै जीवन बिताएकी आमासँग बस्दा बस्दा उस्ले पनि जीवनमा आमासँगै रक्सी बेच्ने कला सिक्यो । आमा बुढी हुँदा ऊ तरुनी भइ । हरियो पर्दाभित्रको एउटा सानो कोठामा, आमाको छाती सुक्दा उस्को जवानी भरिलो भयो । त्यही कोठामा, रक्सीको जवानी भने अमर थियो ।सलाईको काँटी झनकान्छीको पानीमा खन्याउने हो भने गिलासमै डढेलो लाग्थ्यो, मानौँ कुनै बस्तीमा आगो बौरिएर हिँडेको जस्तो । आमालाई जिन्दगीको चौतारीमा आराम गर्न दिएर, खन्याउन थाल्यो झनकान्छीले आफ्नो पोतिलो वैँशले रक्सीको भरिलो वैँश अरुको खाली गिलासमा ।
म झनकान्छीको भट्टीको नियमित ग्राहक । मलाई उस्को रक्सी निकै मिठो लाग्छ । गिलासमा रक्सी हाल्न यसो ...









