नेपालगन्ज, १८ पौष – नेपालको लुम्बिन प्रदेश अन्तर्गत बाँकेमा “प्रदेश स्तरीय बहु प्रतिभाको खोजी” कार्यक्रमको आयोजना हुने भएको छ ।
नेपालगन्ज युवा क्लबद्वारा आयोजित हुने प्रदेश स्तरीय बहु प्रतिभाको खोजी कार्यक्रममा खास गरी चार विद्यामा छुट्टाछुट्टै अडिसन लिईने बताईएको छ ।
माघ ५ गतेसम्म छटौना गरी राष्ट्रिय स्तरसम्म प्रदेशका कलाकारहरुलाई पहिचान गराउने उद्देश्यका साथ आयोजित प्रदेश स्तरीय बहु प्रतिभाको खोजी कार्यक्रमको लक्ष्य रहेको आयोजक संस्थाका संयोजक दिपु मल्लले बताउनुभयो ।
संयोजक मल्लका अनुसार माघ ५ गतेसम्म हामीले ३० जना कलाकारहरुलाई छनौट गरिने, उनीहरुलाई प्रशिक्षित गर्ने र माघ १० गते ग्रेनफिनाले गरी प्रथम हुने कलाकारलाई रु. १ लाख ५१ हजार १ सय नगदबाट पुरस्कृत गरी राष्ट्रिय स्तरमा पहिचान हुने मञ्च प्रदान गरिने बताए ।
यसैगरी दोस्रो हुनेलाई रु. ५१ हजार नगदबाट पुरस्कृत गरिने तथा गीतमा प्रथम हुनेलाई नगद ५१ हजारबाट पुरस्कृत गरी राष्ट्रय स्तरका कलाकार मेलिना राईसँग गीत गाउने अवसर प्रदान गरिने बताए ।
संयोजक मल्लका अनुसार आफ्नो प्रतिभा चाहनेहरुका लागि यही पौष २० गतेदेखि फारम उपलब्ध गराईने छ । रु. १ हजार फारम शुल्क तिरी होटल सिग्नेट, होटल कल्पतरु र बिपि चौकमा सचिवालय मार्फत फारम खरीद गर्न सकिने बताए ।
पत्रकार भेटघाटमा प्रदेश स्तर बहुप्रतिभा खोजी कार्यक्रममा जज गर्ने ४ जना जजहरु मध्ये ३ जना समेतको उपस्थिति रहेको थियो । जज हटीनटीको नामबाट परिचित अनुमप श्रेष्ठ, विभिन्न सट फिल्महरुमा अभिनय गरिसकेकी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार, साहित्यकार निशा पन्थी, डान्स तथा एक्टिङ्गतर्फ कलाकार अनुपा खड्काले कसरी छनौट गरिने बारे जानकारी गराएका थिए ।
पोखरा निवासी कलाकार निशा कला क्षेत्रमा लामो अनुभव रहेको पाईन्छ । कलाकार पन्थीका अनुसार यस क्षेत्रमा धेरै प्रतिभावान व्यक्तित्वहरु रहेका छन् । उनको प्रतिभालाई हामीले दुनियाँ माझ चिनाउने प्रयास गर्ने छौं, प्रायः आम व्यक्तिहरुले आफ्नो कलालाई फेसबुक, ट्वीटर, इन्सटाग्रामलगायतबाट प्रदर्शन गर्ने गरेका छन् । “अब अवसरको रुपमा सदुपयोग गरी आफू भित्र रहेको कलालाई दुनियाँ माझ पु¥याउने हामी तपाई साथमा छौं” भनी जज निशा पन्थीले बताउनुभयो ।
“कुनै भेदभाव नराखी, कुनै लिङ्ग, वर्णको दायरा भित्र नरही मात्र कलालाई हामीले प्रमुख रुपमा ग्राहयता दिने, तपाई भित्र रहेको कलालाई थप निखार कसरी ल्याउन सकिन्छ भनी प्रशिक्षित गर्ने र दुनियाँ बिच तपाईलाई प्रस्तुत गर्ने जिम्मा हाम्रो” भनी जज निशा पन्थीले पत्रकार भेटभाटमा बताउनुभयो ।
युटुबमा सुनौ के भन्नु हुन्छ जजहरुले