Thursday, November 21सत्यम खबर
Shadow

म रहे न रहे पनि, मेरो देश रही रहोस् ।

म रहे न रहे पनि, मेरो देश रही रहोस् ।
शासन, सत्ता धेरै बदलिऊ,
धेरै उपलब्धिहरु हासिल गरिँदै
छुटेका ती थप कुरा पनि चांडै थपिँदै जाओस् ।
भएका ती तिक्ताहरु चांडै नै अन्तहोस् ।
म रहे न रहे पनि, मेरो देश रही रहोस ।।


हजारौ सपुतको बलिदानीका ती उपलब्धिहरु
संघियता, धर्म निरपेक्षता लोकतन्त्र रही रहोस् ।
उत्पीडित, उपेक्षित जनताको आवाज नथिचियोस् ।
समानुपातिक समावेशी, समानताका निम्ति ।
पहिचानबादीको कदमहरु कहिले नरोकियोस् ।
म रहे, नरहे पनि मेरो देश रही रहोस् ।
यो देश हाम्रो हो सबैमा गर्व भईरहोस् ।
म रहे नरहे पनि मेरो देश रहिरहोस् ।


म सुनेको छु ?
आर्यघाटका चिताहरु जुरमुराउन थाले छन् ।
प्रतिगमनका पाइलाहरु बढ्न लागे छन् ।
तानाशाहका सन्ततिहरु, हिजोका ती पञ्चायतीहरु
पुन प्रतिगमनका बादल ल्याउन समान्तीहरु मिल्दै छन् ।
सच्चिएर अनर्गलका बाजा बन्द गर ।
विगत का ती चिकहरु स्मरण गर ।
तिम्लाई तिलाञ्जली सम्मान पुर्वक दिई कै थियौं ।
तिम्रा पिण्ड पनि सुरक्षित राखि दिए कै थियौँ ।


सन्त होऊ तिमी त्यही आर्यघाटमा
स्थान्तरित गर्ने दुष्ट चेस्टा नगर, दुष्ट चेष्टा नगर ।
हजारौ सपुतको बलिदानीका ती उपलब्धिहरु
उत्पीडित, उपेक्षित जनताको आवाज नथिचियोस् ।
समानुपातिक समावेशी, समानताका निम्ति ।
पहिचानबादीको कदमहरु कहिले नरोकियोस् ।
म रहे नरहे पनि, मेरो देश रही रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *