Sunday, April 26सत्यम खबर
Shadow

“बिहे भाछैन” सार्बजनिक

नेपालगन्ज, २२ असाेज – नेपाली लोकगीत संगीत क्षेत्रमा प्रिय बन्दै गएकी गायिका तथा मोडल सिर्जू अधिकारी र अर्जुन सुनामको स्वरमा “बिहे भाछैन” भर्खरै मात्र सार्बजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा “पूआ जोडी” अर्थात् पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड रहेको छ । “बिहे भाछैन” बोलको गीतको भिडियोमा पूआ जोडीको आकर्षक नृत्य समेत देख्न सकिन्छ ।

हरी लम्सालको संगीत रहेको “बिहे भाछैन” बोलको गीत दर्जनौं सफल गितका गितकार एस.पी सापकोटाको र स्वर भने अर्जुन सुनाम र सिर्जु अधिकारीको रहेको छ । एस.पी सापकोटाको भिडियो निर्माण रहेको गीतको म्युजिक भिडियोलाई सुदिप बरालको छायांकन रहेको छ भने सम्पादन अर्जुन जि.सी ले गरेका छन् । “बिहे भाछैन” बोलको गीतलाई बिहिबार राजधानीमा प्रेसमिट गर्दै भिडियो सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *