Sunday, June 28सत्यम खबर
Shadow

खोलाको बगरमा खोज्नुपर्छ

मितिः २०७९ असोज १० गते, सोमबार
गोबिन्द राज ओझा (राजन)

तिमिलाई भेटन मैले भन…….
तिमिलाई भेटन मैले भन कहाँ पुग्नुपर्छ
यो गाउँ, वस्ति त्यो खोलाको बगरमा खोज्नुपर्छ

मेरो यो मनमा पनि तिमिलाई खोजिरहनुपर्छ
तिमिलाई नभेटे पछि यो दिल मेरो बेहाल हुन्छ
तिर्खाएको बेला प्यास मेटु भन्छु साह्रै गाह्रो रै छ
तिमिलाई मैले यहि बाट हेर्न सक्नुपर्छ

यि गित, गजलहरुमा तिम्रै बारेमा लेख्न सकु
मेरा यि नयनहरुमा तिमिलाई कैद गर्न सकु
तिम्रो मिठो स्वर मैले सधै सुनिरहन सकु
यो दिनमा तिमिलाई हेरेर बसिरहु

दिपायलसिलगढी न.पा.–२,
दिपायल डोटी, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *