Thursday, February 6सत्यम खबर
Shadow

कला/साहित्य

साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ माघ – भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँके र महेन्द्र पुस्तकालय नेपालगज्जको संयुक्त आयोजनामा सरस्वती पूजा तथा बसन्त पञ्चमीको अवसरमा सोमवार साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र पुस्तकालय नेपालगञ्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, महेन्द्र पुस्तकालय नेपालगञ्जका उपाध्यक्ष तथा का.ब. अध्यक्ष पंकज कुमार श्रेष्ठको अध्यक्षतामा प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा श्रीपञ्चमी (सरस्वती पूजाको) अवसरमा साहित्य सिर्जना दिवस तथा रचना वाचन सम्पन्न कार्यक्रममा सहभागी साहित्यकारहरुले समाज परिर्वतन, समाज सुधार लगायतका रचना वाचन गरेका थिए । प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीले माता सरस्वतीको तस्बीरमा पुष्प अपर्ण गर्नुका साथै ब्यानर वाचन गरेर कार्यक्रमको बिविधत उद्घाटन गर्नुभएको थियो । भेरी साहित्य समाज केन्द्रीय समिति नेपाल...
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवाः वडा दिएको जग्गामा भवन बनाउन डा. पुकारको आनाकानी

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ४ माघ – भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्टिूय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन् । विगतमा जग्गा दिनुहोस् भन्दै आएका अस्पतालका तात्कानिल निर्देशक डाक्टर प्रेम ज्ञवाली भएपनि हालका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ अहिले ३१ रोपनी जमिन दिइसेकेपछि अस्पतालको भवन बनाउन आनाकानी गरेको चाँुनारायण नगरपालिकाको आरोप छ । प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ मा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि उत्तम हुने निष्र्कष निकालेको थियो । आफ्नै नाममा पर्याप्त जग्गा हुँदाहुँदै पनि भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको चाँगुनारायण नगरपालिकाको ३ नं वडाध्यक्ष श्याम सुन्दर धिमालले बताए । वडाअध्यक्ष धिमालले भने “अस्पतालकै ना...
उपकुलपति प्रा.डा. नेपाललाई स्वागत

उपकुलपति प्रा.डा. नेपाललाई स्वागत

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ पुस – नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. धनेश्वर नेपाल महेन्द्र पुस्तकालय नेपालगन्जको आयोजनामा बिहीवार बधाई तथा स्वागत कार्यक्रममा सम्मान गरिएको छ । महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादवको अध्यक्षतामा बधाई तथा स्वागत कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई भेरी साहित्य समाज केन्द्रीय समितिका निर्वतमान अध्यक्ष हरिप्रसाद तिमिल्सिना, तिमिल्सिना वाङमय प्रतिष्ठान नेपालगञ्जकी अध्यक्ष मीना बराल, भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुष्कर रिजाल अबीर तथा खादा लगायर स्वागत गरेका थिए । यसरी कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी दाङ्गक...
भारतमा ४ जना साहित्यकार ७ व्यक्तित्व सम्मानित

भारतमा ४ जना साहित्यकार ७ व्यक्तित्व सम्मानित

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर – भारतको उत्तर प्रदेश सीतापुर बिसवाँ स्थित साहित्य सृजन संस्थान, बिसवाँद्वारा आयोजित सृजन महोत्सव–२०२४ समारोहमा बाँकेको नेपालगन्जका ४ साहित्यकार सहित ७ व्यक्तित्व सम्मानित भएका छन् । वरिष्ठ साहित्यका बिश्व हिन्दू महासभा नेपालका अध्यक्ष, तथा अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक बिष्णुलाल कुमाललाई वरेण्य साहित्यकार, पत्रकार स्व.महेन्द्र शास्त्री “सरल” जी स्मृति पुरस्कार सहित आकर्षक कलात्मक चित्र, भगवान श्रीरामका मनोेहरी चित्र, दोसल्ला सहित सम्मान पत्रद्वारा सम्मानित भएका छन् । ययरी शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जका उपाध्यक्ष, साहित्यकार तथा शिक्षाबिद् किरण आचार्यलाई समाजसेवी स्व.रीता ंपाण्डेय जी स्मृति सम्मान, महेन्द्र मुस्तकालय नेपालगन्जका उपाध्यक्ष तथा साहित्यकार पकंजकुमार श्रेष्ठलाई समाजसेवी स्व.सिद्धार्थ मेहरोत्रा जी स्मृति सम्...
डिसेम्बर ७ मा सोल्टी होटलमा एवन बजार हुने, अमेरिकी राजदुत डिन आर थम्पसनद्वारा उद्धाटन हुने

डिसेम्बर ७ मा सोल्टी होटलमा एवन बजार हुने, अमेरिकी राजदुत डिन आर थम्पसनद्वारा उद्धाटन हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ मंसिर – आउँदो शनिबार सोल्टी होटल काठमाडौंमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता संचालन गर्दै आएको एवन बजारको २०२४ संस्करण आउने शनिवार डिसेम्बर ७ मा आयोजना हुने भएको हो । जसको अमेरिकी राजदुत डिन आर थम्पसनले विहान ११ बजे उद्धाटन गर्नेछन् भने यस कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदुत तथा कुटनितीज्ञहरुले सहभागिता जनाउने छन् । एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न क्षेत्रका प्रभावशाली व्याक्तिले आफ्नो रुचीका आधारमा गरेका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिईदै आएको छ । यस बजारमा स्टार्टअप कम्पनी, अर्गानिक प्रोडक्ट, विभिन्न किसिमका स्थानिय उत्पादन, फेसनवेयर, हस्तकलाका सामाग्री लागयतका स्टलहरु रहने छन् । विभिन्न किसिमका आकर्षक स्थानिय रुपमा उत्पादन गरिएका क्रिसमस सजावटका सामाग्रीहरु समेत रहने यस एवन बजारमा बालबालिकाका लागि व...
नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलिदेखि शुभारम्भ

नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलिदेखि शुभारम्भ

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १९ मंसिर – नेपालगन्जलाई चेनाउने उद्देश्यका साथ २०७३ सालदेखि शुभारम्भ गरिएको नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलि विहिबारदेखि शुरु हुने भएको छ । यस पटक नेपालगन्ज कनक्लेभमा मुख्यतः आठ वटा विषयमा प्यानल छलफल हुनेछ जसमा ख्याती प्राप्त हाँस्य कलाकार एवं वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्टसँगको अन्तरंग सम्वादबाट शुभारम्भ हुने आयोजकद्वारा प्रेस मिटमा जानकारी गराईएको छ । यसैगरी पहिलो सत्रमा नेपालगन्जले वर्षौदेखि भौग्दै आएको उर्जा संकटमा केन्द्रीत हुनेछ । यो सत्रमा विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग खुला छलफल तथा उर्जाको संकट टार्ने उपाय बारे विमर्श हुने जनाईएको छ । जसको शिर्षक देशले विद्युत निर्यात, नेपालगन्जले भोग्छ उर्जा संकट राखिएको छ । दोस्रो सत्रमा व्यापार घाटाको दिगो व्यवस्थापन, निर्यात वस्तुमा मूल्यवृद्धिमा हुनेछ । यसले व्यापार घाटाको स्थितिर्ला...
कलाकार कल्पना पौडेलको कथा संग्रह कचहरीको पाठक प्रतिक्रिया सम्पन्न

कलाकार कल्पना पौडेलको कथा संग्रह कचहरीको पाठक प्रतिक्रिया सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ मंसिर – बाँकेको खजरामा रहेको कल्पना फाउन्डेसन नेपाल साहित्य विभागले पठन संकृतिको विकासको लागि कथाकार कल्पना पौडेल जिज्ञासुको कथा संग्रह कचहरीको पाठक प्रतिक्रिया कार्यक्रम सम्पन्न भएको छ । फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको पाँचौं कृति कचहरी कथासङ्ग्रहको पाठक प्रतिक्रिया ज्ञानोदय माध्यमिक विद्यालय खजुरामा सम्पन्न गरेको छ । फाउन्डेसनको साहित्य विभाग संयोजक लेकप्रसाद प्याकुरेलको अध्यक्षता र प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शशिराम कार्की, खजुरा वडा नं ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारी, फाउन्डेसनकी संस्थापक अध्यक्ष कल्पना पौडेल जिज्ञासु, खजुरा प्रज्ञा प्रतिष्ठान प्रज्ञा परिषद् सदस्य माधव शर्मा, ज्ञानोदय नमूना माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मानबहादुर भण्डारी, ...
स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान

स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पोखरा, ४ मंसिर - स्टेप बाई स्टेप मा. वि. र सिर्जना आवासीय मा. वि. लाई पोखरा चाईल्ड स्टार सिजन ३ को उपाधि प्रदान गरिएको छ। गैह्रपाटनस्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा स्टेप बाई स्टेप मा.वि. का आश्रय भुषाल मिस्टर पोखरा चाईल्ड स्टार हुन सफल भएका छन् । ऋषभ रानाले इन्टेलेक्चुअल अवार्ड तथा प्राप्त गरे भने फस्र्ट रनर अप हुन सफल भए । कृष्मा जि.सी. मिस पोखरा चाईल्ड स्टार हुन सफल भएकी छन् । मञ्जिता खत्री सेकेण्ड रनर अप भईन् । यस्तै आर्या वराल एक्सप्रेसन क्वीन अवार्ड र थर्ड रनर अप भईन् । दिप्तिका गुरुङले मल्टि ट्यालेन्ट अवार्ड प्राप्त गरिन् भने उनी फस्र्ट रनर अप भईन् । रबिना विश्वकर्माले वेष्ट क्याट वाक अवार्ड प्राप्त गरिन् । एरीका आचार्यले मिस पपुलर अवार्ड प्राप्त गरिन् । जोत्सना वरालले फोटोजेनिक अवार्ड, ऋतुजा वरालले स्वीट स्माईल अवार्ड र गौरवी विकले मिस पं...
मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

मंसिर २ गतेदेखि सञ्चालन हुने हडिया बाबा मेलाको तयारी पूरा

अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ कार्तिक – परमपुज्य योगीराज श्री १००८ हडिया बाबाको वार्षिक पुण्डतिथिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि स्थानिय धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा हुने मेलाको तयारी पूरा भएको जानकारी गराईएको छ । आज बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी योगीराज श्री १००८ हडिया बाबा आश्रममा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आश्रम कार्यसमिति अध्यक्ष नन्दलाल वैश्यले जानकारी गराउनु भयो । अध्यक्ष वैश्यका अनुसार यस पटक परमपुज्य योगीराज श्री १००८ हडिया बाबा आश्रममा ५९ औं मेलाको आयोजना हुन गईरहेको तथा भारतको धार्मिक नगरी मधुरा बृन्दावनबाट कलाकारहरुलाई बोलाउनुका साथै मंसिर २ गते रुद्री पूजा, मंसिर ३ गते श्रीकृष्ण जनम, मंसिर ४ गते कालिया नाग नाथन, मंसिर ५ गते सुदामा चरित्र, मंसिर ६ गते मीरा चरित्रको आयोजना गरिनुका साथै मंसिर ७ गते धनुष यज्ञ गरी समापन गरिने बताउनुभयो । ...
तृप्ती खड्काको मन को मान्छे सार्वजनिक

तृप्ती खड्काको मन को मान्छे सार्वजनिक

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक - मन को मान्छे आजभोली बोल्न छोडेको छ भन्ने बोलको गित सार्वजनिक भएको छ । चर्चित गायीका तृप्ती खड्का गुरुङको आवाजमा मनको मान्छे आजभोली बोल्न छोडेको छ मलाई किन अन्तै पाइला मोडेको छ भन्ने बोलको गित तृप्ती खड्का गुरुङ युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । एकदमै मार्मिक रहेको गितको शव्द गण्डकी पुत्राले गर्नु भएको छ भने म्युजिक पनि तृप्ती खड्का गुरुङकै रहेको छ । एरेञ्ज र मिक्सिङमा नरेश पाण्डेले साथ दिनुभएको छ भने सारेगम स्टुडियोमा गितको रेकडिङ गरिएको गायीका तृप्तीले बताउनुभयो ।...