कुर्सीको परीक्षा
कल्पना पौडेल ‘जिज्ञासु’
मितिः २०८२ फागुन ८ गते, शुक्रबार
मञ्चमा उभिएर
ठूला शब्द उछाल्न सजिलो छ
क्रान्ति, आमूल परिवर्तन,
जनवादको पुल तरेर
समाजवाद हुँदै
साम्यवादको आकाश छुने सपना।
तर, कमरेड
क्रान्ति घोषणाबाट होइन,
चरित्रबाट जन्मिन्छ।
आकाशतिर औँला ठड्याउँदा
खुट्टामुनिको जमिन
कहिल्यै हल्लिएको छ कि छैन
फर्केर हेरेका छौँ ?
घरको आँगनमै
डर उम्रिन्छ,
मौन बस्छ,
अदृश्य सामन्त
भित्ताभित्रै जरा हाल्छ।
घरमै हारेर
संसार जित्ने नारा
कहिल्यै इतिहास बनेको छ ?
यी जरा उखेल्न नसकी
कुन परिवर्तनको दाबी ?
कुर्सी चढेपछि
शब्द आदेश बन्छ,
अनुहारमा जनता होइन
सत्ताको ऐना टाँसिन्छ।
कुर्सी
पुरस्कार होइन,
चरित्रको परीक्षा हो।
चुनाव आउँछ
आदर्शको ठाउँमा नोटका माला,
भाषणको ठाउँमा सम्झौता,
राष्ट्रको ढोकामा
साम्राज्यको छायाँ
लम्पसार।
मत होइन,
आत्मा साटिएको दिन
हार सुर...









