सात वर्ष अघिसम्म बन्द राजापुर मुल भन्सार सञ्चालन गर्ने सहमति
बर्दिया, १५ बैशाख – जिल्लाको राजापुरस्थित एक मात्र मुल भन्सार कार्यालय पुनः सञ्चालनका लागि नेपाल भारतका व्यापारी र स्थानीय प्रहरी प्रशासन सहमत भएका छन । सीमावर्ती भारतको कतरनियाघाटमा भएको छलफलमा आवश्यक प्रक्रिया पुर्याई भन्सार सञ्चालनमा ल्याउने सहमति भएको हो ।
सात वर्ष अघिसम्म सञ्चालित राजापुर मुल भन्सार कार्यालय बन्द भएपछि यहाँबाट हुने आयात निर्यात बन्द भएको थियो । सात वर्ष अघि कर्णाली नदीको भंगालो गेरुवा नदीमा नेपालगन्ज, गुलरिया र राजापुर जोड्ने सडक पुल निर्माण भएपछि राजापुर—कतरनियाघाट नाका बन्द भएको हो । नाका बन्द भएपछि कैलालीको भारतसँग जोडिएको खग्रोला नाकाबाट सामान आयात निर्यात हुने गरेको छ । दुबै मुलुकका भन्सार प्रमुखको नेतृत्वमा कतरनियाघाटमा छलफल भएको थियो ।
दुबै मुलकका अधिकारीबीच भएको सहमति अनुसार हार्डवेयर, मोटर्सपार्ट लगायत घरायसी सामान ल्याउन अनलाइन मार्फत राजस्व लिने व्यव...









