
काठमाण्डौ, २२ श्रावण – राजश्व अनुसन्धान विभागले राजश्व छली गरेको आशंकामा ललितपुर वडा–२ सानेपामा बसोवास गर्ने भारतीय नागरिक नवलकिशोर चौधरीको कार्यालय (स्टोर) मा छापा हानेको छ। सो क्रममा विभागको टोलीले नक्कली भ्याट विल फेला पारेको हो ।
ती भारतीय नागरिक चौधरीले अहिलेसम्म २० भन्दा बढिको फर्म सञ्चालन गरिरहेका छन् । ती फर्मबाट उनले नक्कली विल बनाएर सामान बेच्ने गरेको रहस्योद्घाटन भएको छ । उनले हार्डवेयरको सामान बेच्दा पनि नक्कली भ्याट विल प्रयोग गर्ने गरेको पाईएको छ । उनी हुण्डी कारोबारमा समेत संलग्न रहेको बुझिएको छ ।
उनका हाल सञ्चालनमा रहेका फर्महरुमा शिभम प्याकेजिङ, काविला सप्लायर, निशा ट्रेड सप्लायर, युनिक हार्डवेयर र सिग्देल ईन्टरप्राईजेजलगायत रहेका छन् । चौधरीले यीनै चलेका फर्मबाट राजश्व छली गर्ने, नक्कली विल विजक जारी गर्नेजस्ता गैरकानूनी काम गर्दै आएका छन् ।
