Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

‘सेवा नै धर्म हो’ भन्दै मैकु दर्जीको दुबै आँखाको उपचार

‘सेवा नै धर्म हो’ भन्दै मैकु दर्जीको दुबै आँखाको उपचार

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक – ‘सेवा नै धर्म हो’ भन्ने लक्ष्य र उद्देश्य राखी दुबै आँखा मोतियाबिन्दु ग्रस्त भएका जयसपुरका मैकु दर्जीको उपचार गौरव स्मृति तथा बि योर सेल्फ फाउ्रण्डेशनले गरेको छ । गौरव स्मृति फाउण्डेशनका कोषाध्यक्ष विजय कोरीले दिएको जानकारी अनुसार अति विछडिएका तथा गरीब, आर्थिक अवस्था कमजोर भएको हुनाले हामीले हाम्रो फाउण्डेशनमार्फत मैकु दर्जीको उपचार गरेका बताए । गौरव स्मृति फाउण्डेशन कोषाध्यक्ष कोरीका अनुसार दर्जीको उपचारमा लागेको सम्पूर्ण खर्च तथा उहाँको उपचाररत अवस्थासम्म खाना, नास्ता, बस्ने बास लगायतको सम्पूर्ण खर्च संस्थामार्फत गरिएको बताए । आफूप्रति गौरव स्मृति फाउण्डेशनले गरेको सहयोग जीवन रहुनजेल कहिल्यै नबिर्सिने बताउँदै आँखा उपचार गराएका दर्जीले आफ्नो आर्थिक अवस्था कमजोर भएकै हुँदा आँखाको उपचार गराउन नसकेको तथा उक्त फाउण्डेशनले विभिन्न स्रोतमार्फत जानकारी प्राप्...
भारततर्फ बिजुली निर्यातले तीन महिनामै साढे ९ अर्ब आम्दानी

भारततर्फ बिजुली निर्यातले तीन महिनामै साढे ९ अर्ब आम्दानी

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ कार्तिक – चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालबाट भारततर्फ उल्लेख्य रुपमा बिजुली निर्यात भएको छ । चालु वर्षको साउनदेखि असोज महिनासम्ममा नेपाल विद्युत प्राधिकरणले साढे ९ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात गरेको हो । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा उल्लेख्यरुपमा भारततर्फ बिजुली निर्यात गरेको छ । चालु वर्षको असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भा...
पाकिस्तानको कर संकलन आर्थिक आवश्यकता पूरा गर्न अपर्याप्तः विश्व बैंक

पाकिस्तानको कर संकलन आर्थिक आवश्यकता पूरा गर्न अपर्याप्तः विश्व बैंक

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – विश्व बैंकले पाकिस्तानका प्रमुख र महत्त्वपूर्ण क्षेत्रहरूबाट कर संकलनमा वृद्धि गर्न आह्वान गरेको छ र कर संकलन आफ्नो वित्तीय आवश्यकताहरू पूरा गर्न अपर्याप्त भएको दाबी गरेको छ एआरवाई न्यूजले बुधबार रिपोर्ट गरेको छ। रिपोर्टलाई उद्धृत गर्दै एआरवाई न्यूजले प्रगतिशील देशको कर–जीडीपी अनुपात कम्तिमा १५ प्रतिशत हुनुपर्ने बताए पनि पाकिस्तानमा ११ दशमलव ६ प्रतिशत मात्रै छ। विश्व बैंकले पाकिस्तानमा कर संकलनलाई यस क्षेत्रमा सबैभन्दा कम भएको भन्दै पाकिस्तानमा कर संकलनमा सुधार नभएको सुझाव दिएको छ। देशले ठूला क्षेत्रबाट कर संकलन बढाउनुपर्ने र आयकर, बिक्रीकर र भन्सार छुट हटाउन पनि सुझाव दिएको छ। विश्व बैंकले जग्गाको स्वामित्व अभिलेखलाई राष्ट्रिय परिचयपत्र र राष्ट्रिय कर नम्बरसँग जोडेर सम्पत्ति करको दरलाई बजार मूल्यमा जोड्ने प्रस्ताव गरेको छ। आयकर, बिक्री कर र भन्सारमा छु...
उन्नत कम्प्युटर चिप्सको निर्यातमा अमेरिकी नियन्त्रण सामुसँग झुक्याे चीन, महाशक्तिको महत्वाकांक्षालाई धक्का

उन्नत कम्प्युटर चिप्सको निर्यातमा अमेरिकी नियन्त्रण सामुसँग झुक्याे चीन, महाशक्तिको महत्वाकांक्षालाई धक्का

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – अमेरिकाकाे कडा नियन्त्रणले उन्नत कम्प्युटर चिपहरू निर्यात गर्ने चीनकाे चाहनामा धक्का लागेकाे छ । चीनलाई पहुँच प्राप्त गर्नबाट रोक्नको लागि नियन्त्रण कडा गर्ने पछिल्लो अमेरिकी कदमको साथ उन्नत कम्प्युटर चिपहरू निर्यातकाे राष्ट्रिय राजधानी बन्ने बेइजिङकाे आकांक्षामा धक्का लागेकाे हाे । गिर्दाे आर्थिक अवस्थाकाे कठिन वास्तविकताको आधारशिलाको महत्वाकांक्षा, चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू छन् । हालै वाशिंगटनलाई उनीहरूले चुनौती दिने कुनै तत्काल नियत नभएको संयुक्त राज्य अमेरिकाको महाशक्ति स्थितिमा अक्टोबर ९, २०२३ मा, चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रभावशाली प्रतिनिधिमण्डललाई भने । अमेरिकी सिनेटरहरूले "थुसाइडाइड्स ट्र्याप" अपरिहार्य छैन भनेर खेले पनि चीन महाशक्तिलाई चुनौती दिन बाहिर आएको वाशिंगटनको चिन्तालाई कम गर्यो । संयुक्त राज्य अमेरिका को स्थिति थुसाइडाइड्स ट्र्य...
फेडोद्वारा २४ जना महिलाहरुलाई बाख्रा वितरण

फेडोद्वारा २४ जना महिलाहरुलाई बाख्रा वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ असोज – बिपन्न महिलाहरुलाई डुडुवा गाउँपालिका वार्ड नं. २ मा अमृत महिला समुह र विकास महिला समूहमा आवद्ध २४ जना महिलाहरुलाई दलित महिला संघ (फेडो) नेपाल बाँकेले बाख्रा वितरण गरेको छ ।दलित महिला संघ (फेडो) नेपाल बाँकेको आयोजना र डि.सि.ए.को आर्थिक सहयोगमा पहुँच नामक परियोजना अन्तर्गत डुडुवा गाउँपालिका वार्ड नं.२ बेतहानीमा रहेको अमृत महिला समूह र विकास महिला समूहमा आवद्ध रहेका बिपन्न समुदायका मधेशी, मुस्लिम गरी २४ जना महिलाहरुलाई ७२ वटा बाख्रा र १ वटा बेलन बाख्रा वितरण गरिएको छ । दलित महिला संघ (फेडो) नेपाल बाँकेकी लेखापाल प्रतिभा गुर्तालका अनुसार डुडुवा गाउँपालिका वार्ड नं.२ का वडाध्यक्ष दुर्गाप्रसाद वर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डुडुवा गाउँपालिका कार्यपालिका सदस्य छवरानी यादव, पशु शाखाका ना.प्रा.स.द्वय रक्षाराम यादव, हिकमत बहादुर खत्री, सामाजिक परिचालक सर्वेशक...
भारतको रियल-टाइम मार्केटमा विद्युत बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

भारतको रियल-टाइम मार्केटमा विद्युत बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ असोज – नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल-टाइम मार्केटमा पनि विद्युत बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ। भारतको प्रतिस्पर्धी उर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले अबबाट सवा घण्टाअघि बिडिङ गरी विद्युत बिक्री गर्न पाउने भएको हो। भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले शनिबार रियल-टाइम मार्केटमा विद्युत बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो। यसअन्तर्गत उत्पादनअनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युतको कारोबार गर्न पाउने छ। भारतको विद्युत मन्त्रालयले साउन १५मा विद्युत आयात-निर्यात (क्रस बोर्डर) स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत छिमेकी देशका अनुमतिप्राप्त निकायलाई रियल टाइम मार्केटमा पनि सहभागी हुन पाउने व...
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ असोज – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिए । केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उनले भने । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । आन्त...
चीन र ईयू साझेदार हुन् : चिनियाँ विदेशमन्त्री

चीन र ईयू साझेदार हुन् : चिनियाँ विदेशमन्त्री

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उनले बेल्ट एण्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने हङ्गेरी पहिलो युरोपेली देश भएको बताए। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हङ्गेरीबीचको ‘बेल्ट एण्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताए। ‘अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा हङ्गेरीको उपस्थितिलाई चीनले स्वागत गर्छ’, वाङले भने, ‘चीन हङ्गेरीसँग पारस्परिक विश्वास र मित्रता ब...
चिनियाँ घरजग्गा बजारमा अझै सुधारको संकेत देखिएन, अर्थतन्त्रमा जोखिम उत्पन्न हुने चिन्ता

चिनियाँ घरजग्गा बजारमा अझै सुधारको संकेत देखिएन, अर्थतन्त्रमा जोखिम उत्पन्न हुने चिन्ता

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – चीनको घरजग्गा बजारमा अझै सुधारको संकेत नदेखिँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको छ । चीनको घरजग्गा क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्दै जाँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको हो । अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार चिनियाँ घरजग्गा निर्माणको गति सुस्ताएको छ भने अपार्टमेन्टको मूल्य पनि घट्दो क्रममा रहेको छ । सानाठूला गरी ७० वटा सहरमा घरजग्गाको मूल्यको विश्लेषणबाट अमेरिकी बैंकिङ कम्पनी गोल्डम्यान स्याक्सले अगस्ट महिनामा चीनमा अघिल्लो वर्षको तुलनामा घरजग्गाको मूल्य २ दशमलब ९ प्रतिशतले ओरालो लागेको जनाएको छ । यसअघि जुलाई महिनामा यो २ दशमलब ६ प्रतिशतले ओरालो लागेको थियो । यद्यपि चीनका स्थानीय सरकारहरुले भने निर्माण व्यवसायीहरुलाई घरजग्गाको मूल्य नघटाउन दबाब दिँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । टियान्जिन शोध संस्थाका अनुस...
चीनसँगको नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद

चीनसँगको नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर क्षेत्रबाट प्रहरीले बुधबार राति ४ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। दोलखाको विगु गाउँपालिका–३ जामुनेआसपास नजिकैबाट प्रहरीले अवैध रुपमा भित्रिएको चार किलो सुन बरामद गरेको हो। बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले चार किलो सुनसहित ३ जनालाई नियन्त्रणमा लिएको दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले अन्नपूर्णलाई जानकारी दिए। उनकाअनुसार ठूलो परिमाणमा पैदलमार्गबाट सुन भित्रिएको सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। चार वटा बिस्कुट आकारको सुनसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दोलखाको सीमानामा चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो। प्रहरीले आज पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ।अन्नपूर्णपोस्ट...