Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताउनुभएको छ । आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।” यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उहाँको भनाइ थियो । त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस भेटवार्ताका क्रममा नेपाललाई उहाँले निकै नै महत्...
पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात

पाँच अर्ब ४३ करोडको विद्युत् भारत निर्यात

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ असोज – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो । दुई महिनामा तीन अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ बराबर (रु पाँच अर्ब ४३ करोड ३१ लाख) विद्युत् निर्यात भएको हो । साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्रीदर क्रमशः आठ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्रीदर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकाली...
अफ्रिकामा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा

अफ्रिकामा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – अफ्रिकी महादेशमा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत वर्ष चीनले अफ्रिकामा १ अर्ब डलरभन्दा कम ऋण प्रवाह गरेको छ । अफ्रिकाका विभिन्न मुलुकले चिनियाँ ऋण तिर्न संघर्ष गरिरहेको र चीनको घरेलु अर्थतन्त्रमा समस्या देखिएका कारण अफ्रिकामा चीनको ऋण प्रवाह घटेको विश्लेषण गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत चीनले अफ्रिकामा ठूलो मात्रामा ऋण लगानी गर्दै आएको थियो । बोस्टन विश्वविद्यालयको चिनियाँ अध्ययन केन्द्रको रिपोर्टअनुसार चीनले सन् २००० देखि सन् २०२२ सम्म १ खर्ब ७० अर्ब अमेरिकी डलर ऋण प्रवाह गरेको थियो । सन् २०१६ मा अफ्रिकामा चिनियाँ ऋण प्रवाह उत्कर्षमा पुगेको अध्ययन केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । सन्...
किन गायब हुन्छन् चिनियाँ नेता, सैन्य अधिकारी र अर्बपति ?

किन गायब हुन्छन् चिनियाँ नेता, सैन्य अधिकारी र अर्बपति ?

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, १२ असोज, शुक्रबारकृष्ण तिमल्सिनाचिनियाँ रक्षामन्त्री ली साङ्फू बेपत्ता छन्। चिनियाँ नेता सी चिन फिङप्रति वफादार ठानिएका अनि मन्त्रीस्तरीय वरीयता भन्दामाथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलर मध्येका एक प्रभावशाली सदस्य तत्कालीन चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि नै बेपत्ता भएका दोस्रो वरिष्ठ अधिकारी हुन्। निरन्तर वरिष्ठ राजनीतिक तथा सैन्य अधिकारी हराउन थालेपछि वरिष्ठ अमेरिकी कूटनीतिज्ञ राहम एमानुएलले प्रश्न उठाएका छन्। चिनियाँ रक्षामन्त्री ली साङ्फू तीन सातादेखि कतै देखिएका छैनन्। रक्षामन्त्री लीको अकस्मात भियतनाम भ्रमण रद्द गरेको समाचार बाहिर आएपछि अमेरिकी कूटनीतिज्ञ राहम एमानुएलले प्रश्न उठाए पनि बेइजिङले कुनै प्रतिक्रिया जनाएको छैन। यही बीचमा राष्ट्रपति सी प्रशासनले कैयौँ उच्च पदस्थ सैनिक अधिकारी सम्भावित सैन्य विद्रोह टार्न पदबाट बर्खास्त गरेको दाब...
नेपाल–चीनबीच १३ बुँदे सम्झौता

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ असोज – नेपाल र चीनबीच १३ बुँदे सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशबीच १३ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि नेपालका तर्फबाट सम्बन्धित मन्त्रालयका सचिव तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच १० वटा सम्झौता र ३ वटा समझदारी पत्र हस्ताक्षर गर्दै आदानप्रदान गरेका हुन् । नेपालको उत्तरी पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको छ । हरित तथा न्यून कार्बन विकासका लागि सहकार्य गर्ने, कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्ने र सन् १९८१ मा भएको चीन–नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका ल...
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ असोज – नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबद्र्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको अवसरमा सिएनआई र सीसीपीआईटीबीच यस्तो समझदारी भएको हो । समझदारी पत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरे । यस समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुबैका व्यवसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ । काउन्सिलले दुई देशबीच व्यवसायिक गतिविधिहरूलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध...
अमेरिकाको ओहायो राज्यमा माननियहरूलाई भब्य स्वागत

अमेरिकाको ओहायो राज्यमा माननियहरूलाई भब्य स्वागत

अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ११ असाेज (डेस्क) - सेप्टेम्बर २३, २०२३ शनिबारका दिन गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, ओहायो च्याप्टर र स्थानिय नेपाली संस्थाहरू सेन्ट्रल ओहायो नेपाली एसोसियसन(CONA) र एसोसियसन अफ नेपाली तराईएन ईन अमेरिका(ANTA) को संयूक्त आयोजनामा र हिमालयन एडल्ट डे केयर सेन्टरको प्रायोजनमा  “नेपालप्रति गैर आबासिय नेपालीको दायीत्व र अधिकार बिषयक” अन्तरक्रिय कार्यक्रम सम्पन् भएको छ।कार्यक्रम गैर आबासिय नेपाली संघ ओहायो च्याप्टरका अध्यक्ष श्री होताराम विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन च्याप्टरका सचिब लोकेन्द्र देबकोटाले गर्नुभएको थियो । साथै कार्यक्रमको उद्घाटन प्रमूख अतिथि जनमत पार्टीका अध्यक्ष माननिय डा. सिके राउतले पानसमा दियो बालेर गर्नुभएको थियो।कार्यक्रममा नेपालबाट अमेरिकाको ओहायो राज्यमा पाल्नु भएका संघीय सभा सदस्य क्रमसः माननीय डा. सि. के र...
रणनीतिक स्वार्थको शर्तसहित भारतका सबै छिमेकी देशका बन्दरगाहमा चिनियाँ लगानी

रणनीतिक स्वार्थको शर्तसहित भारतका सबै छिमेकी देशका बन्दरगाहमा चिनियाँ लगानी

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ भाद्र – चीन केही देशहरू अस्तित्वमा आउनुभन्दा लामो समयदेखि नौसैनिक शक्ति राष्ट्र हो। चीनमा १२ औं शताब्दीको सोङ राजवंशका समयमा नै स्क्वाड्रन र लडाई जहाजहरू सहितको स्थायी नौसेना थियो। चीनको लागि समुद्रको माध्यमबाट आक्रमण पुरानो रणनीति हो, र हालका वर्षहरूमा भारतको वरिपरि यसको बढ्दो समुद्री उपस्थितिले घेरा हालेको देखिन्छ। भारतको वरिपरि चीनको नौसैनिक रणनीतिमा हिन्द महासागरमा बन्दरगाहहरूको नेटवर्क विस्तार गर्ने कार्यमा लागिरहेको छ। विज्ञहरुले चीनले भारत वरिपरिका समुद्री तटहरुमा बन्दरगाह निर्माण गर्दै घरा बनाउने रणनीति कार्यक्रमा लागेको बताइरहेका छन्। यसले चीनलाई हिन्द महासागरमा प्रमुख क्षेत्रीय खेलाडीको रूपमा मात्र राखेको छैन तर भारतबाट हुने सम्भावित प्रतिक्रियालाई अझ जटिल बनाएको छ। चीनद्वारा वित्त पोषित बन्दरगाहहरूको रणनीतिक महत्त्वलाई अतिरंजित गर्न सकिँदैन, किनकि तिनीहरू ...
जी-२० शिखर सम्मेलनको नतिजाबारे चीनले के भन्यो ?

जी-२० शिखर सम्मेलनको नतिजाबारे चीनले के भन्यो ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ भाद्र – भारतमा भएको जी–२० सम्मेलनबारे चीनको धारणा आएको छ । यस सम्मेलनले विश्वका चुनौतीहरूको सामना गर्न र आर्थिक पुनरुत्थानका लागि यो प्रभावशाली समूह मिलेर काम गरिरहेको छ भन्ने सकारात्मक सन्देश दिएको चीनले जनाएको छ। जी-२० सम्मेलनको नतिजामा पहिलो पटक चीनको बयान आएको हो । चीनको विदेश मन्त्रालयले जी २० सम्मेलनको नतिजाको प्रशंसा गरेको छ। चिनियाँ विदेशमन्त्रीका प्रवक्ता माओ निङले जी–२० सम्मेलनको तयारीमा चीनले भारतलाई सहयोग गरेको बताइन् । यसमा चीनले सधैं सकारात्मक भूमिका खेलेको छ। उनले विकासोन्मुख देशको चासो र साझा विकासका लागि चालिएका कदमलाई महत्व दिएकोमा चीनले समर्थन गरेको बताइन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ जी–२० सम्मेलनमा सहभागी हुन दिल्ली आउने भनिए पनि अन्तिम समयमा उनले प्रधानमन्त्री ली कियाङलाई त्यसमा सहभागी हुन पठाए । गत वर्ष इन्डोनेसियामा भएको जी–२० सम्म...
चीनसंग जाेडेकाे नार्पाभूमि बिओपी छैन , राज्यविहीनकै अवस्थामा पालिकाबासी

चीनसंग जाेडेकाे नार्पाभूमि बिओपी छैन , राज्यविहीनकै अवस्थामा पालिकाबासी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ भाद्र – गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । सङ्घीयता कायम नहुँदै त नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको नजर पर्न सकेको छैन । तर, नार्पाभूमि विकट भएर पनि हुनसक्छ सङ्घ सरकार तथा प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको सरकारले चासो दिएको पाइएको छैन । सरकारले यस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रलाई वास्ता नगरेकाले पिछडिएका स्थानीयवासीको भनाइ छ । नार्पाभूमि–५ का वडाध्यक्ष सोनम तेन्जिङ लामाले सडकको अभावमा पर्य...