Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

गोरुसिङ्गेमा रिसोर्ट बनाउन चिनियाँ कम्पनी बोर र नेपालको साखः ग्रुपबीच सम्झौता

गोरुसिङ्गेमा रिसोर्ट बनाउन चिनियाँ कम्पनी बोर र नेपालको साखः ग्रुपबीच सम्झौता

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ बैशाख – चीनको बोर ग्रुप अफ होटल चाइना र नेपालको साखः ग्रुपबीच कपिलवस्तुको गोरुसिङ्गेमा २ अर्ब रुपैयाँ लगानी गरी सुविधासम्पन्न रिसोर्ट बनाउने सहमति भएको छ । काठमाडौंमा जारी लगानी सम्मेलनमा दुई लगानी कम्पनीबीच ७० कोठे रिसोर्ट बनाउने सम्झौता भएको हो । होटल निर्माण गर्न नेपाली र चिनियाँ कम्पनीसँग हङकङको अनफरमन ग्रुप पनि जोडिएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा साखः एण्ड कम्पनीका अध्यक्ष किरण साख र अनफरमन ग्रुप अध्यक्ष लि पिङले हस्ताक्षर गरेका हुन्‌ । हस्ताक्षर समारोहमा लगानी बोर्डका अध्यक्ष सुशील भट्ट पनि उपस्थित थिए । २२ बिगाहा क्षेत्रफलमा फैलने अत्याधुनिक र सुविधासम्पन्न रिसोर्टको एउटा कोठामा एक रात बिताउन ५५ हजार रुपैयाँ तिर्नुपर्ने बताइएको छ । बोर ग्रुपले जापान, लाओस, कम्बोडिया, भियतनाम र चीनमा होटल व्यवसाय सञ्‍चालन गरिरहेको छ । खबरहब...
चिनियाँले गर्न नसकेको काम भारतीय कम्पनीले गर्ने, काठमाडौंमा तीन ढल प्रशोधन केन्द्र बनाइने

चिनियाँले गर्न नसकेको काम भारतीय कम्पनीले गर्ने, काठमाडौंमा तीन ढल प्रशोधन केन्द्र बनाइने

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ बैशाख – काठमाडौंमा तीनवटा ढल प्रशोधन केन्द्र बनाउने ठेक्का पाएको चिनियाँ कम्पनीले काम गर्न नसकेको पाइएको छ। धोबीघाट, बालकुमारीस्थित कोड्कुमा र सल्लाघारीमा प्रशोधन गर्ने गरी केन्द्र निर्माणका लागि चिनिया कम्पनी साफबमले सन् २०१७, मे ७ मै ठेक्का लिएपनि काम अलपत्र छाडेको थियो। चार अर्बको परियोजना साढे २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि लामो समयदेखि अलपत्र बनेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यसअघि नै ठेक्का तोडेको थियो। अब यी तीन वटा ढल प्रशोधन केन्द्र बनाउने ठेक्का भारतीय कम्पनीलाई दिन लागिएको छ। भारतको चेन्नाईस्थित भीए टेक वाबगसँग भ्याटसहित २ करोड ३५ लाख २९ हजार ९९६ अमेरिकी डलर र ३ अर्ब ४१ करोड २३ लाख ८७ हजार गरी ६ अर्ब ५४ करोड १८ लाखमा ठेक्का सम्झौता गर्न लागेको छ। नेपाल पाना...
नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ बैशाख – नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचारविमर्श भएको थियो । दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएको उक्त महावाणिज्य दूतावासले जनाएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह...
यादव समाजको क्यालेन्डर बिमोचन

यादव समाजको क्यालेन्डर बिमोचन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ बैशाख – यादव सेवा समाज केन्द्र केन्द्रिय समितिद्वारा एक कार्यक्रमका बिच नयाँ वर्षको क्यालेन्डर बिमोचन गरिएको छ ।यादव सेवा समाज केन्द्र केन्द्रिय समिति नेपालगन्ज बाँकेका अध्यक्ष सूर्यलाल यादवको अध्यक्षता, लुम्बिनी प्रदेशका निर्वतमान कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवको प्रमुख आतिथ्यमा बिमोचन कार्यक्रम सम्पन्न भएको थियो । केन्द्रिय समितिका सचिव रमेशकुमार यादवद्वारा सञ्चालित महेन्द्र पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका निर्वतमान कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादव, बिशिष्ट अतिथि जानकी गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव, सल्लाहकारद्वय शिक्षा विकास तथा समन्वय इकाई नेपालगन्जका प्रमुख रामसुरेश यादव, महेन्द्र पुस्तकालय नेपालगन्ज व्यवस्थापन समितिका अध्यक्ष बलराम यादव, जानकी गाउँपालिका वार्ड नं.६ का पूर्व वडाध्यक्ष सुरेश...
नेपालगन्जबाट अनलाइन जुवा खेलाउँदै गरेका १५ जना पक्राउ

नेपालगन्जबाट अनलाइन जुवा खेलाउँदै गरेका १५ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ बैशाख – बाँकेको नेपालगन्जबाट अनलाइन सट्टेबाजीरजुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजी र जुवा खेलाउँदै गरेका १५ जना पक्राउ गरेको हो । अनलाइन सट्टेबाजी र जुवा हुने गरेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित अयुब हलवाईको घरमा फ्लाइट भाडामा लिई अनलाइन सट्टेबाजी र जुवा सम्बन्धि काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ थान ल्यापटप र ५६ थान मोबाइल पनि बरामद गरिएको छ । पक्राउ पर्नेहरुमा बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने बर्ष ३८ का बिराज पौडेल, सोही ठाउँ बस्ने बर्ष २० का सास्वन पाठक, बाँके खजुरा–१ का ३८ वर्षीय इश्वर राणा, सोही ठाउँ बस्ने ३७ वर्षीय टोप बहादुर थापा, मोरङको मिक्लाजुङ–६ का २५...
खुकुरी चुरोटसहित २ जना पक्राउ

खुकुरी चुरोटसहित २ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ बैशाख – नेपालबाट भारततर्फ अबैध रुपमा नेपाली उत्पादन लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट प्रहरीले नाका नजिकबाट बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका –१५ जमुनाहबाट अवैध रुपमा भारततर्फ चोरी निकासी गर्न लागिएको एक हजार ४५२ प्याकेट खुकुरी चुरोट प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले उक्त चुरोटको अन्दाजी मुल्य ५६ हजार ४८ रुपियाँ रहेको जनाउँदै सो बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले सो चुरोट फेला पारी ढुवानीमा संलग्न २ जना व्यक्तिसहित नियन्त्रणमा लिएको प्रवक्ता डिएसपी डाँगीले बताउनुभयो ।उहाँले आवश्यक थप कारवाहीका लागि सो चुरोट र पक्राउ परेका दुई जनालाई...
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

अपराध, आर्थिक, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ बैशाख – चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप लागेको छ। फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए। चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानसँग ५ करोड ३० लाख अमेरिकी डलर भन्दा बढीको गैरकानुनी सम्पत्ति रहेको दाबी गरेको छ। उनी सन् १९९३ देखि सन् २०२२ को बीचमा गैरकानुनी गतिविधिमा संलग्न थिए। बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ। नेपाल पाना...
औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

औलोको जोखिमबाट बच्न डुडुवा–४ मा किटनाशक झुल वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ७ बैशाख – बाँकेको डुडुवा गाउँपालिकाका स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ । गाउँपालिकाको वार्ड नं. ४ मा औलो रोगको बढी जोखिम रहेकाले स्थानीयलाई निःशुल्क झुल वितरण गरिएको हो ।वार्ड नंं. ४ अन्तर्गत करिब एक हजार दुई सय घरधुरीलाई तीन हजार पाँच सय ९९ किटनाशकयुक्त झुल वितरण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । शाखा प्रमुख शर्माका अनुसार गाउँपालिकाको वार्ड नंं ४ मा केही दिन अघि दुई जनामा औलो रोग पुष्टि भएपछि उच्च सर्तकताका साथ स्वास्थ्य शिक्षासंगै सावधानीका लागि झुल वितरण गरिएको हो । गाउँपालिका उपाध्यक्ष शाहिदा बानो र वडाध्यक्ष सगिर खाँले स्थानीयलाई झुल वितरण गर्दै स्वास्थ्य जस्तो अति सम्बेदनशिल विषय भएकाले रोगबाट बच्न विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिदै स्वास्थ्य सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो ।पालिकाले घरधुरी सर्भेक्षण पश्चात रोगबाट बच्नका लागि न...
डुडुवामा सामाजिक सुरक्षा भत्ता विरतण सुरु

डुडुवामा सामाजिक सुरक्षा भत्ता विरतण सुरु

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ४ बैशाख – बाँके डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ को दोस्रो र तेस्रो त्रेमासिक अन्तर्गत कार्तिकदेखि चैत) सम्मको भत्ता वितरण गर्न थालिएको हो ।गाउँपालिकाको वार्ड नं. २ बेतहनीबाट आईतबारदेखि भत्ता वितरण शुरु गरिएको छ । वार्ड नं. २ का वडाध्यक्ष दुर्गाप्रसाद बर्माले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गर्दे शुभारम्भ गर्नुभयो । नागरिकलाई सहजताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङलगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा (गाउँस्तर) मै बोलाएर वितरण गर्न लागेको बताउनुभयो । तर अझै पनि एउटा बैंकले वार्ड नं. ५ र ६ मा गएर रकम बाड्न नस...
प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाबा आमाका लागि लगानी गर्नुपर्छः मन्त्री चौधरी

प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाबा आमाका लागि लगानी गर्नुपर्छः मन्त्री चौधरी

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुनसरी, ४ वैशाख – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबा आमाका लागि खर्च गर्नुपर्ने बताउनु भएको छ ।सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनु भएको हो । ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छ’, उहाँले भन्नुभयो । ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उहाँले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै अपंगता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन ज...