Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

अबैध भन्सार छलिको सामान बरामद, हराएको मोटरसाईकल सवारीलाई बुझाउँदै

अबैध भन्सार छलिको सामान बरामद, हराएको मोटरसाईकल सवारीलाई बुझाउँदै

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ बैशाख – भारतबाट भन्सार छली अबैव रुपमा छली चोरी निकासी पैठारी गरी ल्याईरहेको २ लाख १० हजार बराबरको सामान सवारीसाधन सहित पक्राउ गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ बाट चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान तथा उक्त ढुवानी गर्ने व्यक्ति एवम् ढुवानीमा प्रयोग गरिएको साधन सहित पक्राउ गरी नेपालगन्ज भन्सार कार्यालय बाँकेमा बुझाईएको छ । त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बागेश्वरी रोधी घर अगाडी पार्किङ् गरी राखिएको अवस्थामा हराएको मोटरसाईकल सम्बन्धित सवारी धनीलार्इी बुझाईएको प्रहरीले जनाएको छ । मिति २०८१ बैशाख २ गतेका दिन राती करीब ८ बजेको समयमा घर अगाडी पार्किङ गरी राखिएको मोटरसाईकल हराईको सूचना कार्यालयमा पाउन साथ तत्काल कार्यालय...
गोर्खा सैनिकको कल्याणका लागि भारत सरकार सदैव प्रतिवद्ध छ : भारतीय सेनाका लेफ्टिनेन्ट जनरल

गोर्खा सैनिकको कल्याणका लागि भारत सरकार सदैव प्रतिवद्ध छ : भारतीय सेनाका लेफ्टिनेन्ट जनरल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ बैशाख – भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन्। पाँच दिने नेपाल भ्रमणका दौरान लेफ्टिनेन्ट जनरल नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुभयो साथै काठमाडौं, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत र्‍यालीलाई सम्बोधन गरेका थिए। उनले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरे। साथै भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिवद्ध रहेको बताएको भारतीय दूतावासल...
ह्याट्रिकको योजनामा रहेका मोदीको संकल्पः जेष्ठ नागरिकको नि:शुल्क उपचार, तीन करोड गरिबलाई घर उपहार

ह्याट्रिकको योजनामा रहेका मोदीको संकल्पः जेष्ठ नागरिकको नि:शुल्क उपचार, तीन करोड गरिबलाई घर उपहार

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ह्याट्रिकको योजनामा छन्। दुई कार्यकाल अर्थात् १० वर्ष भारतको प्रधानमन्त्री बनेका मोदी लोकसभा निर्वाचनबाट पनि भारतीय जनता पार्टी (विजेपी) बहुमत दिलाउन चाहन्छन्। विजेपीको चुनावी संकल्पपत्र सार्वजनिक गर्दै मोदीले ७० वर्षमाथिका जेष्ठ नागरिकको उपचार निशुल्क हुने घोषणा गरेका छन्। यसको सीमा ५ लाख भारु तोकिएको छ। त्यस्तै, ३ करोड गरिब परिवारलाई घर उपहार दिने घोषणा पनि विजेपीले गरेको छ। संकल्पपत्रमा महिला, युवा, गरिब र किसानको सशक्तीकरण जोड दिइएको छ। त्यस्तै, गरिबलाई निशुल्क राशन कार्यक्रम सन् २०२९ सम्म चलाइने वाचा गरिएको छ। मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमलाई विस्तार गर्ने घोषणा पनि गरेका छन्। मोदी सरकारले गरिब किसानलाई प्रतिवर्ष ६ हजार भारतीय रुपैयाँ प्रदान गरिरहेको छ । सन् २०२७ सम्म भ...
भारतले नेपाललाई एकैपटक ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप दियो

भारतले नेपाललाई एकैपटक ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप दियो

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २ बैशाख – भारतले एकैपटक नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन्। सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो। उपहारस्वरुप आइतबार हस्तान्तरण गरिएका कूल एक सय एक सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए। नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्...
जघन्य अपराधका ६४ मुद्दामा ५४ फर्च्यौत

जघन्य अपराधका ६४ मुद्दामा ५४ फर्च्यौत

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ बैशाख – बाँके प्रहरीले चालु आर्थिक वर्षको ८ महिनामा जघन्य प्रकृतीका ६४ मुद्दामा ५४ वटा मुद्दाको फर्च्यौत गरेको छ । बाँके सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीसँगको पत्रकार परिचयात्मक अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले यस्तो विवरण जानकारी गराएको छ ।अन्तरक्रियामा प्रहरीको कार्य प्रगति विवरण सार्वजनिक गर्दै बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले कर्तव्य ज्यान मुद्दामा ८ मुद्दा दर्ता भएकोमा ६ वटा फर्च्यौत भएको, मानव वेचविखन तथा ओसारपसारमा ९ मुद्दा दर्ता भएकोमा ८ वटा फर्च्यौत भएको, डाँका चोरीमा ५ मुद्दा दर्ता भएकोमा ३ फर्च्यौत भएको जानकारी गराएका छन् । त्यसैगरी बाँकेमा जबरजस्ती करणीमा ४२ मुद्दा दर्ता भएकोमा ३७ मुद्दा फर्च्यौत भएको प्रहरी प्रवक्ता डिएसपी डाँगीले जानकारी दिए । प्रवक्ता डाँगीका अनुसार साईबर अपराध सम्बन्धी उजुरीमा ९८ वट...
एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने

एलन मस्क भारत आउँदै, टेस्लाको प्लान्ट खोल्न सक्ने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ बैशाख – इलेक्ट्रिक भेहिकल (इभी) उत्पादन गर्ने कम्पनी टेस्लाका मालिक एलोन मस्क यसै महिना भारत भ्रमणमा आउनेछन्। समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै उनको भ्रमण अप्रिल २२ देखि २७ सम्म हुनसक्ने बताएको छ । मस्कले एक्स पोस्टमा लेखेका छन् – प्रधानमन्त्री मोदीलाई भेट्न आतुर छु । यो उनको पहिलो भारत भ्रमण हुनेछ । यस समयमा, मस्कले भारतमा टेस्लाको उत्पादन कारखानाको घोषणा गर्न सक्छ। मोदी र मस्कबीच अहिलेसम्म दुईपटक भेट भइसकेको छ । हामीले २०१५ मा क्यालिफोर्नियाको टेस्ला कारखानामा भेट्यौं। यसपछि दुवैको भेट सन् २०२३ को जुनमा न्यूयोर्कमा भएको थियो । मस्कले यस हप्ता एक्समा भनेका थिए कि भारतमा अन्य देशहरू जस्तै इलेक्ट्रिक कारहरू हुनुपर्छ। भारतमा टेस्ला विद्युतीय सवारी साधन उपलब्ध गराउनु स्वाभाविक प्रगति हो। यहाँ चुनाव हुन लागेको बेला मस्क भारत आउन लागेका हुन् । उही समयमा अम...
माथिल्लो अरुण र दूधकोशी अघि बढाउने सहमति, अरुण नेपालकै गेमचेन्जर

माथिल्लो अरुण र दूधकोशी अघि बढाउने सहमति, अरुण नेपालकै गेमचेन्जर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १ बैशाख – सरकार र दुई ठूला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबीच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोसबीच अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै आयोजनाको वित्तिय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको हो । छलफलमा आयोजनाको वित्तिय व्यवस्थापन र आयोजना कार्यान्वयनको क्षमता अभिवृद्धबारे विस्तृतमा छलफल भएको थियो । छलफलमा दुवै आयोजनाको पूर्वतयारीका लागि सम्पन्न गरिएका कामबारे प्रस्तुति गरिएको थियो । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुणको विश्व बैंक र खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघा...
हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, कन्ट्री पार्टनरमा भारतीय राजदूतावास

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, कन्ट्री पार्टनरमा भारतीय राजदूतावास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १ बैशाख – चौथो संस्करणको ुहिमालयन हाइड्रो एक्स्पो, २०२४ु को तयारी अन्तिम चरणमा पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते हुने एक्स्पोको को तयारी दुई हप्ता अघि नै अन्तिम चरणमा पुगेको हो। ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्‍घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ। नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसके...
निमार्णधिन नेपालगन्ज चिल्ड्रेन पार्कको योजनाबारे सूचना माग

निमार्णधिन नेपालगन्ज चिल्ड्रेन पार्कको योजनाबारे सूचना माग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ बैशाख – नेपालगन्ज चिल्ड्रेन पार्कको योजना, डिजाइन र हाई मास्ट विजुली बारे सूचना माग गरिएको छ ।नेपालगन्ज बागेश्वरी मन्दिरको पुर्वतर्फ निमार्णधिन चिल्ड्रेन पार्कको बजेटसहितको योजना र स्टीमेट र नेपालगन्ज वार्ड नं. २ हनुमत गौशाला र घरवारी टोलमा रहेको हाईमास्ट विद्युत लाईन किन नबलेको र कहिलेदेखि बल्ने सोको पुर्ण विवरण माग गरिएको छ । नेपालगन्ज–११ का सूचना अभियन्ता शैलेन्द्रकुमार बैश्य र अधिबक्ता विश्वजित तिवारीले नेपालगन्ज उपमहानगरपालिका कार्यालयसंग सूचना माग गर्नुभएको हो । नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउने अधिकार अन्तर्गत उक्त सूचना माग गरिएको हो ।पछिल्लो समयमा नेपालगन्ज आसपास चारी, डाकाका घटनाहरुमा बृद्धि भएकाले हाईमास्टमा विजुलीको लाइन अतिआवश्यक भएको स्थानीयले तत्तकाल बाल्नका लागि माग गरेका छन ।...
पत्रकारिता संगै व्यवसायमा ‘सन्ध्या शर्मा’, किभा व्युटी पार्लरको उद्धाटन

पत्रकारिता संगै व्यवसायमा ‘सन्ध्या शर्मा’, किभा व्युटी पार्लरको उद्धाटन

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ चैत - पत्रकारितामा आवद्ध सञ्चारकर्मी संगिता पाठक (सन्ध्या शर्मा) ले किभा व्युटी पार्लर सञ्चालनमा ल्याएकी छन ।बुधबार बिहान ८ः१५ बजेको समयलाई शुभसाइत पारेर किभा व्युटी पार्लरको उद्धाटन गरिएको छ । चैते दशै अर्थात चैत्र महिनाको नवरात्रीलाई मध्येनजर गर्दै कन्या (आद्या मिश्र) बाट उक्त पार्लर उद्धाटन गरिएको हो ।वर्तमान अवस्थालाई मध्यनजर गर्दै व्यवसायी तर्फ समेत आफ्नो पाईला बढाएकी हुन । बुधबार विभिन्न पत्रकार, समाजसेवी, लगायतको उपस्थितिमा रिवन काटेर पार्लर उद्धाटन गरिएको हो ।आफु भित्र रहेको सिपलाई सदुपयोग गर्दै पायक पर्ने व्यवसायी क्षेत्रमा आफ्नो पाईला अगाडि सारेको पत्रकार सन्ध्या शर्माले जानकारी गराइन ।पत्रकार शर्माले सञ्चारकर्मी समक्ष भनिन्, ‘लेख्ने बाहेक म संग पार्लर सम्बन्धि समेत सिप रहेको हुनले मैले मलाई पायक पर्ने व्यवसाय रोजेको हो ।’उनले थप भनिन्, ‘म कलमकै माध्यमबाट यहाँ सम्म ...