
नेपालगन्ज, २७ असार – राप्ती नदिबाट चोरी निकासी गरि नदिजन्य बस्तु ओसार-पसार गर्ने क्रममा स्थानीयले प्रहरीलाई खबर गर्दा २७ बर्षे मोहनप्रसाद यादव माथी राप्तीसोनारी २ का शमिर बिष्ट लगायत ८ जनाको समुहले (बाँके) को कम्दी मिलन चोकभन्दा १५० मिटर पुर्व पट्टी रहेको टायर बनाउने पसल अगाडि निर्घात कुटपिट गरिएको पीडित पक्षले जानकारी दिएकाे छ ।
समिर बिष्टले प्रहरीलाई खबर गरि मेरो टिप्पर किन पक्राइस, तेरो ब्यबस्था गर्छु, बेलाबेला भन्ने गरेको अडियो रेकर्ड समेत रहेको पीडितकाे भनाई छ। हिजो असार २६ गते बुधबार यादव माथी इट्टा र बोक्सिंङ्ग प्रहार गर्दा गम्भीर घाइते अबस्थामा रहेका यादबको नेपालगन्ज स्थित न्यूरो अस्पतालको icu कक्षमा उपचार भैरहेको छ ।
राप्ती नदीबाट नदिजन्य बस्तुहरुको दोहन गर्ने समिर बिष्ट लगायतको ८ जनाको समुहले स्टोक प्रमाणीकरण नगरी नदिकिनारमा घाटगद्दी गरि राखिएका नदिजन्य बस्तु प्रहरी कै मिलोमतोमा रातीको समयमा ओसार-पसार गर्ने गरेको पाए लगतै सशस्त्र प्रहरीले नेपालगन्जको राँझा चोकबाट रातिको ११ बजे समीर बिष्टको टिप्पर नियन्त्रणमा लिएको थियो।
घुमुवा प्रहरी दिपक रसाइलीको मिलोमतोमा कम्दीबाट नदिजन्य बस्तु लोड गरि कोहलपुरका लागि हिडेको समीर बिष्टको टिप्पर गाडी राँझा चोकमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीलाई जानकारी दिएको भनी निर्घात कुटपिट गरेको पीडित पक्षले जानकारी दिएका छन् ।
आफ्नो घर जान लागेका यादव माथी निर्घात कुटपिट हुँदा समेत नजिकै रहेको प्रहरी रमिते बनेको स्थानीयले बताएका छन । स्थानीयका अनुसार हिजो भएको घटनामा पुलिस त्यही हुँदा खेरि भएको घटना हो प्रहरीले चासो नलिएको देखियो, पुलिसहरू सबैलाई बिष्टले मिलाएको छ। सँगै खाने सँगै बस्ने संगै गर्दछन् मिलनचोकको घटना हो। पहिला त्यहाँ चोकमा दुईजना पुलिस ड्युटी गर्नुहुन्थ्यो। तर अहिले ड्युटी गर्नु हुन्न सब कारोबार मिलाएर चलाएका छन भनि स्थानियले सत्यमखबरलाई जानकारी गराएका छन् ।