Saturday, June 27सत्यम खबर
Shadow

आर्थिक

दयारामकाे अध्यक्षतामा जाेगागाउँ मेला समिति गठन

दयारामकाे अध्यक्षतामा जाेगागाउँ मेला समिति गठन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सकिल अहमद राई नेपालगन्ज, ११ कार्तिक - बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँ स्थित सगरा कुट्टी क्षेत्रमा कार्तिक ३० गतेदेखि लाग्ने कार्तिक पूर्णिमा नहान मेलाको लागि मेला मूल समिति गठन गरिएको छ । प्रत्येक वर्षझैं यस वर्ष पनि कार्तिक पूर्णिमाको अवसरमा लाग्ने नहान मेलाको लागि १७ सदस्यीय मेला मूल समिति गठन गरिएको हो । वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताको अध्यक्षतामा आइतबार बसेको बैठकले दयाराम भुजुवाको अध्यक्षमा मूल समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा तिरथ राम अहिर, सचिव दिनेश सिंह घरोख सह-सचिव कुलबहादुर थापा, कोषाध्यक्ष राजु काँदु रहेका छन । यस्तै सदस्यहरुमा महेशचन्द्र बर्मा, राजेन्द्र पासी, फरेन्द्रनाथ मिश्र, राजेन्द्र जरवट, उदय राज काँदु, ध्रुवराज यादव, मनसा राम कहार, विजय धवन, मोहम्मद रजा इद्रिशी, लवकुश बर्मा र राजेश यादव रहेका छन । बैठकले मेल...
महोत्सव सफल पार्न होटल व्यवसाय तथा नेपाल आदिवासी बीच सहमति

महोत्सव सफल पार्न होटल व्यवसाय तथा नेपाल आदिवासी बीच सहमति

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ कार्तिक - नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ लाई सफल पार्न होटल व्यवसाय संघ बाँके नेपालगन्ज र नेपाल आदिवासी जनजाति महासंघ बिच एक आपसमा सहमति भएको छ । मंसिर ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा होटल व्यवसाय संघ बाँकेले `प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१´ मेला रहेको २५० स्टल मध्यका होटल तथा रेष्टुरेन्टका लागि छुट्टयाइएको २० वटा स्टलको जिम्मेवारी होटल व्यवसाय बाँके नेपालगन्जले जिम्मेवारी लिएको छ । विश्व भरी फैलिएका हामी जनजाति , हामी आदिवासी !! जोगाई राखोैँ भेेषभुषा , भाषा , संस्कृति !!´ जोगाई राखोै र ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को नारालाई सफल पार्न आइतबार नेपालगन्ज बो...
नेपालमा बिआरआई परियोजना नचलेको पुष्टि: चिनियाँ राजदूतलाई फिर्ता गर्न मांग

नेपालमा बिआरआई परियोजना नचलेको पुष्टि: चिनियाँ राजदूतलाई फिर्ता गर्न मांग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ कार्तिक – राष्ट्रिय एकता अभियानले आज एक पत्रकार सम्मेलनमा चिनियाँ राजदूत चेन सोङद्वारा गरिएको भ्रामक दाबीको विरोध गर्दै नेपाल सरकारसँग कूटनीतिक कदम चाल्न माग गरेको छ। सो पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय सदस्य शान्ति चौधरी, चन्द्र यदुवंशी, रामकुमार पासवान, उपत्यका संयोजक महेश्वरमान वैध लगायतका नेताहरूको उपस्थिति रहेको थियो। अभियानले सूचना अधिकार (आरटीआई) ऐनअन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी आधिकारिक जानकारी माग गरेको थियो। नेपाल सरकारको अर्थ मन्त्रालयबाट प्राप्त जवाफ अनुसार, नेपालमा हाल बीआरआई अन्तर्गत कुनै परियोजना सञ्चालनमा नरहेको पुष्टि भएको छ। तर, चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जालमार्फत काठमाडौं चक्रपथ दोस्रो चरण, हिल्सा-सिमिकोट सडक स्तरोन्नति, अरनिको राजमार्ग चौथो चरण, र मुस्ताङस्थित कोरला नाकामा अन्तरदेशीय चेक पोस्ट (आईसीपी) निर्माणलाई बीआरआ...
एक आपसमा सहयोग गर्ने प्रतिवद्धतासहित दुवै महोत्सव सफल पार्न सहमति

एक आपसमा सहयोग गर्ने प्रतिवद्धतासहित दुवै महोत्सव सफल पार्न सहमति

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १० कात्र्तिक – नेपालगन्जमा सञ्चालन हुने दुवै महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको छ । यही कात्र्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म सञ्चालन हुने महोत्सव र नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको पौष ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको हो । शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघमा बसेको दुवै पक्ष विच एक आपसमा सहमति भई सहकार्य गरेर जाने सहमति भएको नेपाल आदिवासी जनजाति महासंघ बाँकेका सचिव सचिव राजन रानामगरले बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को नारालाई परिमार्जन गरि नेपालगन्ज प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ राखिने सहमति भएको हो । यस्तै नेपालगन्ज उद्योग...
निर्देशक डा. द्वारिका उप्रेती २० लाख घुस लिएको आरोपमा छानबिनमा तानिए

निर्देशक डा. द्वारिका उप्रेती २० लाख घुस लिएको आरोपमा छानबिनमा तानिए

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १० कार्तिक – वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीमाथि २० लाख घुस लिएको आरोप लागेको छ। उनले डेर्नमार्कका अवैतानिक श्रम दूत बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रूपैयाँ लिएको रसिद सहितको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेपछि उनी छानबिनमा तानिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट छानबिनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचाभएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको मन्त्रालयलका सहसचिव निश्चलराज पाण्डेले बताए। 'हामीले उहाँलाई परेको उजुरीबारे छानबिन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा छानविन समिति गठन गरेका छौं। हो वा होइन छानबिन समितिको प्रतिवेनपछि थाहा हुनेभयो,' उनले भने। मन्त्रालयले छानबिनका लागि कार्यकारी निर्देशक डा. उप्रेतीलाई विहीबारदेखि मन्त्रालय तानेको अधिकारिहरूले बताएका...
महोत्सवलाई सफल बनाउन होटल व्यवसायीसंग छलफल, सघाउने प्रतिवद्धता

महोत्सवलाई सफल बनाउन होटल व्यवसायीसंग छलफल, सघाउने प्रतिवद्धता

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ०९ कार्त्तिक – यही कात्तिक २९ गतेदेखि संचालन हुने महोत्सवका लागि होटल व्यसायी संघ बाँकेका पदाधिकारीहरुसंग शुक्रवार नेपालगन्जमा छलफल भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको महोत्सव बारे होटल व्यवसायीहरुसंग शुक्रवार छलफल भएको हो । महोत्सवको तयारी बारे जानकारी गराउदै नेपाल आदिवासी जनजाति महासंघ जिलला समन्वय परिषद बाँकेका अध्यक्ष डम्मर थापामगरले महोत्सवमा दर्शकलाई भोक मेटाउन होटल व्यसायीको ठुलो भुमिका रहेको हुनाले सस्तो र सुलभ दरमा खाना लगायतका विभिन्न परिकार राख्न आग्रह गर्नुभयो । यता होटल व्यसायीहरुले भरपुर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । होटल व्यसायी र महोत्सव संचालक समिति विच भएको छलफलमा महोत्सव सफल पार्न जति सके मिठो मिठो परिकार सहितको होटलका स्टलहरु राख्ने होटल व्यसायी संघ बाँकेका अध्यक्ष रंग बहादुर खड्काले बताउनुभयो । महोत्...
ब्रिनोजको प्रविधिक सहयोगमा १०७ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

ब्रिनोजको प्रविधिक सहयोगमा १०७ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का जनप्रिय वडाअध्यक्ष प्रमोद रिजालले आफ्नो वडा भित्र रहेको वडाबासीहरुको स्वास्थ्य सुधारका लागि बेलाबखत वडा कार्यालय मार्फत सक्दो पहलकदमी गर्दै आईरहेका हुन्छन् । सायद यसै मानवताप्रेमी स्वाभावले गर्दा उनलाई दोस्रो कार्यकालको लागि वडा नं. १ का वडाबासीहरुले निर्वाचित गराएका छन् । यसैक्रममा आज बिहिबार ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा प्रविधिक सहयोगमा १ नं. वडा कार्यालयको शहरी स्वास्थ्य केन्द्रमा १०७ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा पुरुष ४० जना, महिला ६७ जनाले स्वास्थ्य लाभ लिएका छन् । कान परीक्षणका क्रममा कान पाक्ने रोगबाट पीडित ११ जना, काने गुजीका २० जना, काने ढुसीका ८ जना, कान कम सुन्ने क्षमताको जाँच अडियोग्राममा १५ जना रहेको आउटरिच इन्चार्ज भीषणकुमार थारूले जानकारी गराउनुभयो । आउट...
“महोत्सव सफल बनाउन दलहरूको साझा प्रयास”

“महोत्सव सफल बनाउन दलहरूको साझा प्रयास”

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ०७ कात्र्तिक – यही कात्र्तिक २९ गतेदेखि सञ्चालन हुने महोत्सवका लागि राजनीतिक दलहरुसंग मंगलवार नेपालगन्जमा छलफल गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको महोत्सव बारे राजनीतिक दलहरुसंग मंगलवार छलफल गरिएको हो । महोत्सवको तयारी बारे नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारले महोत्सव लगाउनु सामान्य कुरा नभएको हुनाले यसमा गम्भीर भएर लाग्न आवश्यक रहेको बताउनुभयो । महोत्सव सफल बनाउन अझै समय छ, यसको लागि हाम्रो पार्टी र मेरो व्यक्तिगत साथ सहयोग र समर्थन रहिरहने काँग्रेस बाँकेका उपसभापति अधिकारीले बताउनुभयो । बाँकेमा फरक फरक समुदायको बसोबास छ, यसमा बढि ध्यान दिन र त्यही क्षेत्रमा फोकस गर्न उहाँले सुझाव दिनुभयो । महोत्सवलाई व्यापकता बनाउन ग्रामिणका बस्ती बस्तीमा प्रचारप्रसार व्यापक बनाउन अपरिहार्य रहेको कुरामा उहाँले जोड दिनुभयो । म...
कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द

कम्दीमा १२० जनाको निःशुल्क आँखा जाँच, २९ जनालाई मोतियाबिन्द

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ कार्त्तिक - बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ स्थित कम्दीमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन नेपालगन्ज र डुडुवा गाउँपालिकाको सहकार्यमा कार्त्तिक ४ र ५ गते स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा एक सय २० जनाको निःशुल्क आँखा जाँच गरिएको हो । ३३ जना पुरुष र ८७ जना महिलाको आँखा जाँच गरिएको कार्यक्रम संयोजक बृजेश मिश्रले जानकारी गराए । उनका अनुसार २९ जनालाई मोतियाबिन्दको समस्या देखिएको छ । जसमा १३ जना पुरुष र १६ जना महिला रहेका छन । किभा फाउन्डेसका महासचिव एवं प्रवक्ता अजय पाठकका अनुसार प्राय मोतियाबिन्द र दृष्टि दोषले ग्रसित बिरामीहरु देखिएका छन । सामान्य समस्या भएकालाई निःशुल्क औषधि उपलब्ध गराएको महासचिव पाठकले बताए । यस्तै, जटिल समस्या भएका बिरामीहरुलाई थप उपचारका लागि भिजन आँखा अस्पताल रिफर गर...
नेपालगन्ज उपमहानगरपालिकामा लिफ्ट सञ्चालन

नेपालगन्ज उपमहानगरपालिकामा लिफ्ट सञ्चालन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ कार्तिक – नेपालगन्ज उपमहानगरपालिकाले अपांगमैत्री संरचना विकास गर्ने क्रममा लिफ्ट निर्माण गरेको छ । अपांगता भएका ब्यक्ति र ज्येष्ठ नागरिकको सहजताका लागि लिफ्ट निर्माण गरी आजदेखि सञ्चालनमा ल्याइएको छ । नगर प्रमुख प्रशान्त विष्टले लिफ्ट सेवाको उद्घाटन गर्नुभएको हो । आफू निर्वाचित हुने बित्तिकै अपांगमैत्री संरचना विकास गर्ने प्रतिबद्धतासहित लिफ्ट संचालन गर्ने पहिलो निर्णय गर्नुभएका नगर प्रमुख विष्टले अब अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सेवा लिन निकै सहज हुने बताउनुभयो । विष्टले अपांगता र ज्येष्ठ नागरिकमैत्री सेवा प्रवाहका लागि लिफ्ट निकै लाभदायी र उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल मल्टी इन्जिनियरिङ कन्सर्न कोटेश्वर काठमाडौंले १९ लाख ५० हजार लागतमा लिफ्ट निर्माण गरेको नेपालगन्ज उपमहानगरपालिकाका योजना अधिकृत तेजेन्द्र रोकायले जानकारी दिनुभयो । डेढ वर्षमा ...