Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह

कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ८ पौष – उद्योगी, व्यवसायीहरुले कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह गरेका छन् ।नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र राजश्व अनुसन्धान कार्यालय, कोहलपुरको संयुक्त सहकार्यमा आज बुधवार आयोजना गरेको अन्तरक्रियामा बोल्ने व्यवसायीक अगुवाहरुले कर प्रणाली निजीक्षेत्र मैत्री नभएको गुनासो गरेका छन् । उनीहरुले कर प्रणालीलाई समयसापेक्ष सुधार नगर्दा निजीक्षेत्रले दुःख पाएको उल्लेख गरेका थिए । कार्यक्रममा सहभागि रहेका आन्तरिक राजश्व कार्यालयका अधिकारीहरुले समयसापेक्ष कर प्रणालीको विकास गरी त्यसलाई सरल र सहज बनाउने सरकार लागि परेको जनाएका थिए ।नेपाल सरकारको कर सम्बन्धि परिवर्तित कानूनी व्यवस्थाहरुको बारेमा ‘कर सचेतना तथा अभिमुखीकरण कार्यक्रम’ संघको सभाहलमा सम्पन्न गरिएको थियो ।कर सम्बन्धी निती नियमका बारेमा जानकारी अभाव हुँदा समस्या झेल्नु परिरहे पछि कानूनी व...
दाङको तुलसीपुरमा सहकारी बैंकको शाखा

दाङको तुलसीपुरमा सहकारी बैंकको शाखा

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
दाङ, ८ पौष – राष्ट्रिय सहकारी बैंक लिमिटेडको ५३ औं शाखा दाङको तुलसीपुरमा सञ्चालनमा आएको छ । शाखाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सोमबार उद्घाटन गर्नुभयो ।शाखा उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेलले सहकारी बैंकसंग समन्वय गरी काम गर्न उपमहानगरपालिका तयार रहेको बताउनुभयो । उहाँले बैंकसंगको सहकार्यमा पालिकामा सहकारी प्रशिक्षण केन्द्र स्थापना गर्न, बैंकको शेयर खरिद गर्न, सहकारीलाई उत्पादनसंग जोडेर गरिबी निवारणमा योगदान गर्न सहकार्यका लागि आव्हान गर्नु भएको छ । सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी बैंकले आफ्ना सदस्यहरुलाई सहज र प्रविधियुक्त सेवाका लागि सहयोग गर्दै आएको भन्दै वित्तीय सेवासंगै सहकारीहरुको संस्थागत विकासका लागि बैंक सदैव सहयोगीका रुपमा रहेको बताउनुभयो ।उद्घाटन कार्यक्रममा बैंकको अवस्था र आगामी योजनाका बारेमा बैंंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुम...
भाग्य चम्केपछिः सुकुम्वासी लखनको भाडाको जग्गामा भेटिएको चम्किलो ढुंगाले दियो ९६ लाख

भाग्य चम्केपछिः सुकुम्वासी लखनको भाडाको जग्गामा भेटिएको चम्किलो ढुंगाले दियो ९६ लाख

आर्थिक, यता पनि, समाचार, समाज
नेपालगन्ज, ४ पौष – जब मान्छेहरुको भाग्य चम्किँन्छ तब सफलता मुखमा आफैं आउँछ । भारत, मध्य प्रदेशका कृषक लखन यादवको भाग्य रातारात परिवर्तन भयो । हेर्दाहेर्दै उनी झट्टै लखपति भएका हुन् । लखन लखपति त्यसरी भए जुन उनले कहिल्लै सोचेका पनि थिएनन् होला ? उनको सानो जमिनको टुक्राले सम्भव बनाएको हो ।जानकारी अनुसार उनले उक्त जमिन मात्र ३२० रुपैयाँमा लिएका थिए । अब लखन, एक राम्रो स्कूलमा आफ्ना चार बच्चाहरु पढाउने तयारीमा लागेका छन् । यसका साथ उनले एक नयाँ मोटरसाइकल पनि किनेका छन् । यो सब कसरी भयो ? भन्ने कुरा धेरैलाई जान्न मन लागेको हुनुपर्छ । वास्तवमा, लखनको सम्पूर्ण कथा केही समय अघि मध्यप्रदेशको पन्ना जिल्लाको टाइगर रिजर्व पार्क क्षेत्रबाट कोल्टे फेरेको हो । लखनको परिवार विस्थापित भएको थियो । उनले आफ्नो जमिनमा पन्ना पृथ्वी स्प्रिङ्ग हीरा फेला पारेका हुन् । त्यसकारण कसको भाग्य कहाँ परिवर्तन हुन्छ...
सहकारी बैंकले सदस्यलाई पठायो १५ प्रतिशत लाभांश

सहकारी बैंकले सदस्यलाई पठायो १५ प्रतिशत लाभांश

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, ३ पौष – राष्ट्रिय सहकारी बैंक लिमिटेडले आ.व. २०७६÷०७७ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ ।बैंकको १७ औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खाता पठाएको हो ।साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको छ, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भन्नुभयो–आज साधारणसभा सकिदैछ, लाभाशं पनि आजै सहकारीहरुको खातामा पठाएका छौ ।बैंकले यसपटकको साधारणसभा एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो । एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रवार जुम मार्फत सम्पन्न भएको र अध्यक्षको सल्लाह अनुसार शुक्रवार नै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो । बैंकले गत आर्थिक वर्षको कारोबारबाट २७ करोड ७८ लाख रुपैया लाभाशं वितरण गरेको छ ।सहकारी बैंकले विगत ३ व...
आजदेखि श्रीराम सुगर मिल्सले उखु किसानको भुक्तानी दिने

आजदेखि श्रीराम सुगर मिल्सले उखु किसानको भुक्तानी दिने

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३ पौष – उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले आज शुक्रबारदेखि भुक्तानी दिन सुरू गर्ने जनाएको छ ।सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ । सो मिल्सले बिहीबार जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ । (रासस)...
नेपाली अलैँचीका पाँच जातको पहिचान

नेपाली अलैँचीका पाँच जातको पहिचान

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
इलाम, ३० मंसिर – नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन ।अन्तर्राष्ट्रिय क्षेत्रमा भारतले आफ्नो जातको पहिचान गराएको छ । नेपालमा खेती हुने अलैँची पनि भारतले आफ्नो स्वामित्वमा लिएको छ । नेपालले पनि अन्तर्राष्ट्रिय बजारमा अलैँचीको जात चिनाउन नयाँ जात पहिचान गरेको हो । नेपालमा करीब १४ जातका अलैँची खेती भए पनि अहिले पाँच जातका अलैँची मात्र सिफारिस गरिएको छ ।अलैँची विकास केन्द्र, फिक्कलका अनुसार जात अनुमोदन उन्मोचन तथा दर्ता उपसमितिको बैठकले अलैँचीको नाम दर्ताका लागि सिफारिस गरेको हो ।केन्द्रका अनुसार अहिले पाँच जातको दर्ता गर्ने र अन्य जात चरणबद्ध रूपमा सिफारिस गरिनेछ । अब सरकारलाई सिफारिस गरिएका अलैँचीको अनुमोदन भएर राजपत्रमा अङ्कि...
राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट घोषणा

राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट घोषणा

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, ३० मंसिर – राष्ट्रिय सहकारी बैंकको बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा घोषणा भएको छ । बैंकको १७ वार्षिक साधारणसभा अन्तरगत सोमबार सम्पन्न गण्डकी प्रदेश स्तरीय एकाई सभामा बागलुङ शाखालाई उत्कष्ट घोषणा गरिएको हो । ४४ वटा शाखा मध्ये यस वर्ष बागलुङ शाखा उत्कृष्ट शाखाका रुपमा चयन भएको बैंकका सञ्चालक एवम् शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सरिता भट्टराईले जानकारी दिनुभयो । २०६५ सालमा बैंकको दोस्रो शाखाका रुपमा स्थापना भएको बागलुङ शाखामा धौलागिरी क्षेत्रका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सहकारीहरुले कारोबार गर्दै आएका छन् ।यस्तै बैंकले प्रदान गर्ने पुरस्कार अन्तर्गत बचत तथा ऋण सहकारी संस्था बाहेकका सहकारीहरु मध्ये गण्डकी प्रदेशको पोखरास्थित पृथ्वी बहुउद्देश्यीय सहकारी संस्थाले राष्टिूय स्तरको पुरस्कार प्राप्त गरेको छ ।बैंकले प्रदेश स्तरमा २ वटा संस्थालाई पुरस्कृत गर्दै आएको छ...
मुुलुकको आर्थिक विकासमा सहकारीको ठुलो योगदान छ : सहकारी मन्त्री थापा मगर

मुुलुकको आर्थिक विकासमा सहकारीको ठुलो योगदान छ : सहकारी मन्त्री थापा मगर

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, ३० मंसिर – गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मुलुकको आर्थिक विकासका सहकारी क्षेत्रको मत्वपूर्र्ण योगदान रहेको बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत गण्डकी प्रदेश स्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट सोमबार उद्घाटन पछि यस्तो बताउनु भएको हो ।जनतासंग भएको निष्क्रय पूँजिलाई परिचालन गर्ने देखि रोजगारी सिर्जना, आयआर्जन बढाउन तथा सामाजिक सम्बन्धमा सुधार ल्याउन सहकारीको योगदान छ, मन्त्री थापा मगरले भन्नुभयो,–अब सहकारीहरुले संकलन गरेको पूँजिलाई उत्पादनमुखी कार्यमा लगाउनु पर्छ ।अनुदानका नाममा कतिपय काल्पनिक मानिसहरुले राज्यको स्रोत परिचालन गरेको समेत गुनासो आएको प्रसंग कोट्याउदै मन्त्री थापा मगरले सहकारीमार्फत राज्यले परिचालन गर्ने बजेट लैजान सकेमा वास्तविक किसानको घर घरमा पुग्ने उहाँको धारणा थियो । गण...
दाना उद्योगमा चालीस अर्ब लगानी

दाना उद्योगमा चालीस अर्ब लगानी

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
भरतपुर, २९ मंसिर – पशुपक्षीका लागि आवश्यक दाना उत्पादन गर्ने उद्योगमा पछिल्लो समय वैदेशिक लगानी भित्रिन थालेको छ । चितवनमा भएका २४ वटा दाना उद्योग मध्ये एउटा पूर्ण रूपमा वैदेशिक लगानीमा सञ्चालनमा रहेको छ ।त्यस्तै दुईवटा उद्योगमा नेपाली सहितको संयुक्त लगानी रहेको कुखुरा व्यवसायी मञ्चका प्रबन्धक शिवप्रसाद बरालले बताए । समग्रमा दाना उद्योगमा ४० अर्ब रुपियाँको लगानी रहेको बताइएको छ । “स्वदेशमै आत्मनिर्भर मानिएको कुखुराजन्य उद्योगमा बिस्तारै वैदेशिक लगानी भित्रिँदै छ”, बरालले भने, “कुखुरापालनका क्षेत्रमा अहिलेसम्म वैदेशिक लगानी देखिँदैन तर दाना उद्योगमा वैदेशिक लगानी बढ्दै गएको छ ।”भरतपुर महानगरपालिका–१५, फूर्तिचोकमा अवस्थित स्काई लार्क दाना उद्योग भारतीय लगानीकर्तासँग संयुक्त लगानीमा स्थापना गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ । (रिर्पोटर्सनेपाल)...
अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने विशेषको आदेश

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने विशेषको आदेश

अपराध, आर्थिक, समाचार, समाज
काठमाण्डौ, २८ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।वालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आईतबार विशेष अदालत उपस्थित गराएर ४ घन्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्प पाण्डेले बताए ।बस्न्यातमाथि आफ्नो क्षेत्राधिकार नहुँदासमेत भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासको जग्गा मोहीका नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मामा लगेको आरोप थियो । यो आदेशमा चित्त नबुझे बस्न्यातले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछन् ।थुनछेक बहसपछि अदालतले यो मुद्दाको अन्तिम टुङ्गो लागुन...