Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

भन्सार तथा कर समस्या समाधानका लागि छलफल

भन्सार तथा कर समस्या समाधानका लागि छलफल

आर्थिक, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २८ मंसिर – नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज भन्सार कार्यालय प्रमुख जयबहादुर भण्डारी र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शरदचन्द्र पौडेलसँग आईतवार परिचायत्मक भेटघाट एवं स्वागत कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा भन्सार एवं करका समस्या समाधानका समसामयिक विषयमा छलफल भएको थियो । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीका नेताहरुले कर एवं भन्सारसँग सम्बन्धित कामकाजलाई सरल र सहज बनाउन आग्रह गरेका छन् ।उनीहरुले कर एवं भन्सारसँग सम्बन्धित हरेक समस्या समाधान गर्न निजीक्षेत्रले सरकारलाई सहयोग गर्ने समेत बताए ।कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको थियो ।...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २८ मंसिर – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ ।निगमका अनुसार भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १ मा मूल्य बढाएर पठाएकाले निगमले पनि मूल्य बढाउनु परेको हो । भारतले गत डिसेम्बर १ मा पेट्रोल र डिजेलमा प्रतिलिटर ४र४ रूपैयाँ बढाएर पठाएको दाबी निगमको छ ।नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेको निगमले जनाएको छ ।...
केराकै मःम, जुस र वाइन पाइने ‘बनाना रिसोर्ट’

केराकै मःम, जुस र वाइन पाइने ‘बनाना रिसोर्ट’

आर्थिक, प्रदेश ५, समाचार, समाज
नारायण खड्कादाङ, २७ मंसिर – बालबालिका पिङ खेलिरहेका छन् । उनीहरूका अभिभावक हरियो दुबोमा पारिलो घाम तापेर बसिरहेका छन् । अभिभावकका हातमा कफीका कप छन् । उनीहरू ‘बनाना कफी’ पिइरहेका छन् । बीचमा काउन्टर छ । काउन्टर कुटी शैलीमा निर्माण गरिएको छ । लाग्छ, यो कुनै सन्तको आश्रम हो । यो दृश्य लमही नगरपालिका वडा नं. ३ टिकलीगढस्थित ‘देउखुरी बनाना रिसोर्ट’को हो । यो दाङको एक मात्रै बनाना रिसोर्ट हो ।गत सालसम्म काउन्टर अलि फरक थियो । त्यो ‘क्लासिकल’ काउन्टर आगो लागेर ध्वस्त भयो । काउन्टर बाँस र खरबाट निर्मित थियो ।गत फागुनमा होलीको अघिल्लो दिन विद्युत सर्ट भएर आगो लागेको थियो। पुनः निर्माण गर्दा आगोबाट जोगिन अलि सावधानी अपनाइएको छ । इँटा र सिमेन्टको पक्की गारो लगाइएको छ । छाना जस्तापाताको छ । तै, ‘क्लासिकल’ देखाउन त्यसमाथि खरको छानो हालिएको छ ।त्यसभित्र बाबियोको डोरीले छानाको भाग बुनेर सजा...
आदर्श सञ्चार सहकारीको १४ औँ एकाईगत साधारण सभाबानपा १ र २ मा सम्पन्न

आदर्श सञ्चार सहकारीको १४ औँ एकाईगत साधारण सभाबानपा १ र २ मा सम्पन्न

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, २७ मंसिर – आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारणसभा अन्तरगत बागलुङ नगरपालिका वडानम्बर १ र २ सम्मको एकाई सभामा शुक्रबार सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सहकारीले आर्थिक सम्बन्धसँगै भौगोलिक र आत्मीयतालाई बढाउने बताउनुभयो ।अध्यक्ष पाइजाले हरेक नागरिकको जीवनस्तर परिवर्तन गर्नका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सबै क्षेत्रमा फिँजारिएर सेवा प्रवाह गर्न सुझाउनु भयो ।सादर्श संचार सहकारीले सुमगदेखि दुर्गमसम्मका नागरिकलाई सूसुचित गराएको भन्दै वित्तीय क्षेत्रमा पनि प्रशंसनीय काम गरेको बताउनुभयो । पछिल्लो समय सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गइरहेको उहाँको भनाई छ । कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले सहकारी निष्पक्ष र सेवामुलक क्षेत्र भएको बताउनुभयो । उहाँले सहकार...
थप २५ करोड डलर गेट्स फाउण्डेसनले कोरोना नियन्त्रणका लागि दिने

थप २५ करोड डलर गेट्स फाउण्डेसनले कोरोना नियन्त्रणका लागि दिने

आर्थिक, विदेश, समाचार
काठमाण्डौ, (एजेन्सी) २५ मंसिर – कोरोना भाइरस नियन्त्रणको लागि बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले थप २५ करोड डलर सहयोग गर्ने भएको छ ।कोरोना भाइरससँग सम्बन्धित अनुसन्धान तथा खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप रकम उपलब्ध गराउने घोषणा गरेको हो ।यो सँगै कोरोना भाइरसविरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाईमा स्थापित गेट्स फाउन्डेसनबाट भएको कूल प्रतिबद्धता १ खर्ब ७५ अर्ब डलर पुगेको छ । सन् २०२१ मा सबैका लागि कोरोना भाइरससँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ ।सन् २०२१ मा विश्वको अवस्थामा व्यापक सुधार हुने अपेक्षा पनि गरिएको फाउन्डेसनले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।फाउन्डेसनकी सह–अध्यक्ष मेलिन्डा गेट्सले विश्वका सबै ठाउँका धनी गरिब सबै किसिमका मानिसले कोारोना भाइरस को खोप सहज र सुलभ रुपमा प्राप्त गर...
आदर्श सञ्चारको एकाईगत साधारणसभा बानपामा सम्पन्न

आदर्श सञ्चारको एकाईगत साधारणसभा बानपामा सम्पन्न

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, २५ मंसिर – आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारण सभा अन्तरगत बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ सम्मको एकाई सभामा बिहीबार सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रमुख राजनैतिक सल्लाहकार तथा सहकारी संस्थाका शेयर सदस्य गोबिन्दबहादुर नेपालीले पछिल्लो समय सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गइरहेको बताउनुभयो । उहाँले शुरुमा सहकारी निर्वाहमुखी भएपनि पछिल्लो समयमा व्यावसायिक, उत्पादन तथा सामाजिक कार्यमा सक्रिय भएको बताउनुभयो । ‘अहिले त सहकारीहरु धेरै स्मार्ट बनिसकेका छन्, अझै उत्पादन र रोजगारीमुखी बन्नुपर्दछ’ नेपालीले भन्नुभयो ‘सहकारी आन्दोलनमा आदर्श सञ्चारको भूमिका उल्लेख्य रहेको छ, अझै अगाडी बढोस ।’ आदर्श सञ्चार सहकारी संस्थाले जिल्लाका दुरदराजमा पु¥याएको सेवा प्रशंसनीय रहेको उहाँको भनाई हरेको छ । का...
युनेस्कोद्वारा बैजनाथका ६० परिवारलाई विभिन्न सहयोग प्रदान गर्न शुरु

युनेस्कोद्वारा बैजनाथका ६० परिवारलाई विभिन्न सहयोग प्रदान गर्न शुरु

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ मङ्सिर – बाँके युनेस्कोद्वारा जिल्लाको बैजनाथ गाउँपालिकाका स्थानीय विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारलाई विभिन्न प्रकारका आयआर्जन सम्बन्धि सहयोग प्रदान गर्न शुरु गरिएको छ ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्वारा सो गाउँपालिकामा सञ्चालन गरिएको कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत ६० परिवारलाई उक्त सहयोग प्रदान गरिने क्लबले जनाएको छ ।सो सहयोगसंगै हरेक परिवारलाई एक एक थान हाईजिन किट पनि वितरण गरिने छ । हरेक किटमा मास्क ५० पिस, २ सेनिटाइजर, १० पिस साबुन, २ काइंयो, ६ वटा टुथ ब्रश र २ टुथ पेष्ट राखिएको छ । सोही कार्यक्रम अन्तर्गत यसअघि क्लबले सो गाउँपालिकाका १४३ परिवारलाई विभिन्न प्रकारको आयआर्जन सम्बन्धि सहयोग प्रदान गरेको थियो ।कोभिड १९ का कारण विभिन्न समस्यामा परेर आर्थिक अवस्था कमजोर भएका बैजनाथ गाउँपालिकाको वडा नम्बर एकदेखि वडा नम्बर ८ सम्मका ६० परिवारलाई कि...
अन्याय गर्यो भन्दै न्यायको खोजिमा मैना

अन्याय गर्यो भन्दै न्यायको खोजिमा मैना

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर – बाँके जिल्ला कोहलपुर नगरपालिकामा स्थित उपकार लघुबित्तमा बिगत एघार बर्षदेखी फिल्ड सहायक हुँदै शाखा प्रमुख भैइसकेकी मैनाकुमारी क्षेत्रीले आफुलाई संस्थाका सिओ लगायत माथिल्लो तहका कर्मचारीले अन्याय गरेको भन्दै बुधबार न्याय माग्दै आफ्ना पीडा पत्रकार सम्मेलन मार्फत पोखेकी छन् । उनले उपकार लघुबित्तले आफुले गर्दै नगरेको गल्तिको सजाय जवरजस्ती थुपार्दै आएको बताईन । आफू शाखा प्रमुख भएर काम गरिरहदा आफ्नै शाखा मातहतका फिल्ड कर्मचारी भागिराम थारुले कोहलपुर वडा नम्बर १ कौशिलानगर स्थित केन्द्र नम्बर ७३ कि पदममाया थापा नाम गरेको सदस्यले १ लाख कर्जा खाएर केही किस्ता तिरेर कारोबार बिग्रदै गएपछी फरार भएर किस्ता तिर्न नसक्दा संस्थाको कर्जा र अन्य व्यक्तिगत कर्जा असुली गर्न थापाको घरमा ताला लगाई घर बेचेर उपकार लघुबित्तको कर्जा पनि असुली गर्न भनी गाउँ कै व्यक्तिहरुले गराएको तमसुकमा र...
आदर्श सञ्चारकोे १४ औँ साधारण अन्तर्गत बानपा ५ देखि १४ को साधारणसभा सम्पन्न

आदर्श सञ्चारकोे १४ औँ साधारण अन्तर्गत बानपा ५ देखि १४ को साधारणसभा सम्पन्न

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, २५ मंसिर – आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको एकाईगत १४ औँ साधारण सभा अन्तर्गत बागलुङ नगरपालिका वडा नम्बर ५ देखि १४ सम्मको एकाई सभामा बुधवार सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका सदस्य बलावती शर्माले सहकारीले गरिब निमुखाको जीवनस्तर उकास्नमा भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले सहकारीले बजार केन्द्रीत नभइ गाउँ–गाउँमा पुगेर गरिबहरुको दैनिकी बदलिनु पर्ने भन्दै नाफासँगै सेवा मुलक काम गर्नु पर्ने बताउनुभयो । सहकारी महिला, बालबालिका र गरिबको साझा चौतारी बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । आदर्श सञ्चार सहकारी संस्थाले जिल्लाका कुना कुनामा पुगेर विपन्न वर्गको जनताको उत्थानमा महत्वपूर्ण काम गरेको भन्दै उहाँले आगामी दिनमा थप उत्साहका साथ काम गनर्् सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका सचिव लालिता थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कील...
शिक्षा र स्वास्थ्यमा सहकारीको भूमिका आवश्यक : मुख्यमन्त्री राउत

शिक्षा र स्वास्थ्यमा सहकारीको भूमिका आवश्यक : मुख्यमन्त्री राउत

आर्थिक, श्रम/रोजगार
ललितपुर, २५ मंसिर – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले सहकारी सघं संस्थाहरु मार्फत देशको स्वास्थ्य र शिक्षा आमुल परिवर्तनका लागि अग्रसर हुनु पर्नेमा जोड दिनुभएको छ ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत बुधवार सम्पन्न प्रदेश २ को एकाइ सभामा बोल्दै उहाले त्यस्तो बताउनु भएको हो । सिमित श्रोत साधनका बीच राष्ट्रिय सहकारी बैंकले निभाएको भूमिका प्रभावकारी रहेको भन्दै उहाले प्रदेश न.ं २ सरकार हर तरिकाले सहयोग गर्न तयार रहेको बताउनु भयो । समृद्धिका लागि केहि प्रक्रिया समेतमा त्रुटी देखिएको बताउदै उहाले सिस्टमलाई समेत समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो ।कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशब प्रसाद बडालले बहुआयामिक गरिवी कम गर्न सहकारीको भूमिका प्रभावकारी हुनुपर्ने बताउनु भयो, आर्थिक तथा सामाजिक रुपमा...