आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा
बागलुङ, १४ पौष – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।शेयर सदस्य शोभा कार्कीका ससुरा बागलुङ नगरपालिका वडा नं. ३ खहरे निवासी खेम बहादुर कार्कीको निधन भएको नवौं दिनको पुण्य तिथि पारेर मंगलवार श्रद्धाञ्जली कार्यक्रम गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) शेयर सदस्यहरु दुर्गाबहादुर खत्री, जंगबहादुर कार्की, गौरी खत्री, हिरा खड्का, कृष्णकुमारी केसी, सीता केसी, कर्मचारी मन कुमारी केसीले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने रकम ५ हजार रुपैया स्वर्गीय कार्कीकी बुहारी संस्थाका शेयर सदस्य शोभा कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महिला ...









