Thursday, March 12सत्यम खबर
Shadow

दाना उद्योगमा चालीस अर्ब लगानी

भरतपुर, २९ मंसिर – पशुपक्षीका लागि आवश्यक दाना उत्पादन गर्ने उद्योगमा पछिल्लो समय वैदेशिक लगानी भित्रिन थालेको छ । चितवनमा भएका २४ वटा दाना उद्योग मध्ये एउटा पूर्ण रूपमा वैदेशिक लगानीमा सञ्चालनमा रहेको छ ।
त्यस्तै दुईवटा उद्योगमा नेपाली सहितको संयुक्त लगानी रहेको कुखुरा व्यवसायी मञ्चका प्रबन्धक शिवप्रसाद बरालले बताए । समग्रमा दाना उद्योगमा ४० अर्ब रुपियाँको लगानी रहेको बताइएको छ ।


“स्वदेशमै आत्मनिर्भर मानिएको कुखुराजन्य उद्योगमा बिस्तारै वैदेशिक लगानी भित्रिँदै छ”, बरालले भने, “कुखुरापालनका क्षेत्रमा अहिलेसम्म वैदेशिक लगानी देखिँदैन तर दाना उद्योगमा वैदेशिक लगानी बढ्दै गएको छ ।”
भरतपुर महानगरपालिका–१५, फूर्तिचोकमा अवस्थित स्काई लार्क दाना उद्योग भारतीय लगानीकर्तासँग संयुक्त लगानीमा स्थापना गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ । (रिर्पोटर्सनेपाल)

Leave a Reply

Your email address will not be published. Required fields are marked *