Wednesday, February 4सत्यम खबर
Shadow

आजदेखि श्रीराम सुगर मिल्सले उखु किसानको भुक्तानी दिने

काठमाण्डौ, ३ पौष – उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले आज शुक्रबारदेखि भुक्तानी दिन सुरू गर्ने जनाएको छ ।
सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।


सो मिल्सले बिहीबार जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ ।
सो भुक्तानी यही पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *