Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

मल्लाज सहकारीका महिला सदस्यलाई सहकारी सचेतना

मल्लाज सहकारीका महिला सदस्यलाई सहकारी सचेतना

आर्थिक, प्रदेश ३, श्रम/रोजगार, समाचार
पर्वत, २५ फागुन – अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पर्वतको जलजला गाउँपालिका वडा नं. ३ स्थित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका महिला शेयर सदस्यहरुका लागि एक दिने सहकारी सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन तथा सामाजिक रुपमा सशक्त बनाउनका लागि तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । सहकारी सदस्यहरुको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र हो, अध्यक्ष अधिकारीले भन्नुभयो–सहकारीमा लागेका महिलाहरुलाई आयआर्जन गर्न, खर्च व्यवस्थापन गरी वचत गर्न तथा समुदायमा सहकार्यको भावना विकास गर्नका लागि सहकारी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेका हौ । तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले सहकारी क्षेत्रमार्फत महिलाहरुको आर्थिक विक...
सुइया गाउँमा आगलागी, करोडौको सामान जलेर नष्ट

सुइया गाउँमा आगलागी, करोडौको सामान जलेर नष्ट

आर्थिक, प्रदेश ५, समाचार, समाज
नरैनापुर, २४ फागुन – बाँकेको सबैभन्दा विकट मानिने नरैनापुर गाउँपालिका वडा नं. १ सुइयाँ गाउँमा आगलागी भएको छ । आगलागीबाट गाउँका २५ घर जलेर पूर्ण रुपमा नष्ट भएका बताईएको छ । सोमबार बिहान ९ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको जनाइएको छ ।सुईका मनिजर पासीको कच्ची घरबाट शुरु भएको आगलागी २५ वटा घर पूर्ण रुपमा नष्ट भएका हुन् । घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको तथा हाल आगो नियन्त्रणमा आइसकेको स्थानीयद्वारा जनाईएको छ । आगालागीबाट नाफे पासी, सहज राम पासी, मृत लाल पासी, बौरा पासी, मनिजर पासी, रंगै पासी, राम समुझ पासी, मनै साई, सन्तोष पासी, सिराज पासी र मुन्के पासीको घर पूर्णरूपमा क्षति भएको बताईएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर १ का वडा सचिव लक्ष्मीकान...
कावासोतीमा सहकारी बैंकको कर्जा तथा जोखिम व्यवस्थापन तालिम

कावासोतीमा सहकारी बैंकको कर्जा तथा जोखिम व्यवस्थापन तालिम

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
कावासोती, २२ फागुन – राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाको आयोजनामा सञ्चालित २ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम बिहीवार सम्पन्न भएको छ ।सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो । सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए ।समापन कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको नियमित कामलाईृ प्रभावकारी बनाउनुका साथै सहकारी क्षेत्रको साख वृद्धि गर्नका लागि कर्जा तथा जोखिम व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी क्षेत्रले गर्ने काम प्रभावकारी र प्रतिफलमुखी बनाउन सकेमा सिंगो सहकारी अभियानको भूमिका बढ्ने भएकाले सबै सहकारी...
कोहलपुर जेसीजद्धारा ककस कार्यक्रम

कोहलपुर जेसीजद्धारा ककस कार्यक्रम

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
कोहलपुर २० फागुन – कोहलपुर उद्योग वाणिज्य संघको शनिबार सम्पन्न हुने निर्वाचनका उम्मेद्वारहरुले संघलाई आर्थिक रुपमा समृद्ध बनाउने प्रतिवद्धता जनाएका छन् । लोकतान्त्रि समावेशी व्यवसायी समूहका अध्यक्ष लक्ष्मणराज पौडेल र साझा समावेशी व्यवसायी प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार विष्णु खनालले कोहलपुर उद्योग वाणिज्य संघलाई व्यवसायीक र आर्थिक रुपमा समृद्धि बनाउने प्रतिवद्धता जनाएका छन् । कोहलपुर जेसीज वर्ष २०२१ ले आयोजना गरेको कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वारसँग ककस कार्यक्रममा बोल्दै दुबै अध्यक्षले कोहलपुरका व्यवसायीहरुले झेल्दै आएका समस्याहरुलाई समाधान गर्नका लागि आफ्नो टिमले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।कोहलपुरलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि उद्योग व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने अध्यक्ष पदका उम्मेद्वार पौडेल र खनालले बताएका छन् । लोकतान्त्रिक समावेशी व...
छात्र छात्रालाई शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण

छात्र छात्रालाई शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १९ फागुन – बाँके युनेस्को क्लबको समन्वयमा सारथी फाउन्डेसनका संस्थापक ध्रुव देवकोटाले बाँकेको एक मदरसा र एक सामुदायीक विद्यालयमा स्वास्थ्य र शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।देवकोटाले आफ्नो व्यक्तिगत पैसाले मदरसा बरकातिया र फत्तेपुर सर्रीको सामुदायीक विद्यालयमा साबुन, हैन्डवास, मास्क र सेनिटाइजर लगायत शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको हो । नेपालगन्जस्थित मदरसा बरकातियाका दुई जना अनाथ बालबालिका र राप्तीपारी फत्तेपुरको सर्रीस्थित सामुदायीक विद्यालयका ४ जना विपन्न र अनाथ बालबालिका गरेर ६ जनाको सबै पढाई खर्च पनि निजि पैसाले व्यहोर्ने पनि उहाँले सो अवसरमा घोषणा गर्नु भएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।उहाँका अनुसार मदरसाका कक्षा २ का अयान जसगढ र कक्षा ५ का सना सल्मानी तथा सामुदायीक विद्यालयका कक्षा ३ का सलिना थारु, सन्जु मल्लाह, कक्षा ५ क...
परिपक्क नेतृत्व नै आजको आवश्यकता : खनाल

परिपक्क नेतृत्व नै आजको आवश्यकता : खनाल

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
कोहलपुर, १९ फागुन – यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णुप्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ ।खनाल नेतृत्वको समुहले संघको स्थपना कालदेखी हालसम्म अनवरत काम गरेको नेतृत्वलाई बिजयी गराउन अपिल गरेको छ । खनाल नेतृत्वको टोलीले कोहलपुर ११ दश बिगाह, कोहलपुर बजर क्षेत्रमा व्यवसायीसँग भेटघाट गरेको महासचिव पदका उम्मेदवार नबिन खड्काले जानकारी दिए । व्यवसायीहरुले कोहलपुरको व्यावसयसँग परिचित नेतृत्व बिण्णु खनाललाई बिजयी गराउने प्रतिबद्धता जनाएको महासचिव पदका उम्मेदवार खड्काले बताए । उनका अनुसार १० बिगाह क्षेत्रमा प्रहरीको बिभिन्न खाले दमन हुने गरेको तथा हस्पिटल क्षेत्र भएकाले २४ धन्टा व्यवसाया गर्ने बातावरण हुनुपर्ने माग गरे ।अध्यक्ष पदका उम्मेदवार बिष्णुप्रसाद खनालले कोहलपु...
शुक्लागण्डकी नगरपालिकामा सहकारीमा सुशासन गोष्ठी

शुक्लागण्डकी नगरपालिकामा सहकारीमा सुशासन गोष्ठी

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
तनहुँ, १९ फागुन – तनहुँको शुक्लागण्डकी नगरपालिका भित्रका सहकारीकर्मीहरुलाई सहकारी सुशासन सम्बन्धमा जानकारी दिने उद्देश्यका साथ एक दिने सहकारीमा सुशासन सम्बन्धी गाष्ठी मंगलवार सम्पन्न भएको छ ।सहकारी रजिष्टूार कार्यालय पोखरा, शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय सहकारी बैंक दमौली शाखाको संयुक्त आयोजनामा तनहुँको दुलेगौडामा आयोजित कार्यक्रमका सहकारीको योगदान बढाउनका लागि सुशासन निर्माणमा जोड दिएका हुन् । सहकारीलाई सुशासनयुक्त बनाउनका लागि सहकारी ऐन, नियमावली, विनियम र कार्यविधिका आधारमा सहकारीहरु सञ्चालन गर्ने, सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरी सहकारीको मूल्य मान्यता र आदर्शका आधारमा काम गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् ।कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्टूार कार्यालयका रजिष्टूार उदय बहादुर पराजुलीले सहकारीमार्फत जनताको आर्थिक, सामाजिक जीवनस्तर थप प्...
कोभिड प्रभावितलाई प्रिपेड कार्डमार्फत सहयोग

कोभिड प्रभावितलाई प्रिपेड कार्डमार्फत सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ फागुन – कोभिड १९ महामारीले गर्दा बर्दिया जिल्लाको दुईवटा नगरपालिकाका अतिप्रभावित र अतिविपन्न घर परिवारलाई बाँके युनेस्को क्लबले प्रिपेड कार्ड मार्फत सहयोग प्रदान गरेको छ ।बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सि कोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबद्वारा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकाकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमको दोस्रो चरणको कार्यक्रम अन्तर्गत सोमवार सो सहयोग वितरण गरिएको हो । कोभिड १९ का कारण अत्याधिक प्रभावित भई समस्यामा परेका अतिविपन्न परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि पहिलो किस्ता वापत प्रति परिवार १० हजार २ सय ५० रुपैयाँ बराबरको सहयोग गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । दोस्रो किस्तामा पनि सोही बराबरको रकमको कार्ड वितरण गरिनेछ । उह...
सहकारीको प्रभावकारिता बढाउन सदस्यको सन्तुष्टीलाई ध्यान दिनु पर्छ : जिसी

सहकारीको प्रभावकारिता बढाउन सदस्यको सन्तुष्टीलाई ध्यान दिनु पर्छ : जिसी

आर्थिक, प्रदेश ३, श्रम/रोजगार, समाचार
स्याङ्जा, १७ फागुन – राष्ट्रिय सहकारी बैकका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी व्यवसायलाई प्रभावकारी बनाउनका लागि सदस्यहरुको सन्तुष्टीलाई ध्यानमा राखेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ ।जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको आठांै वार्षिक साधारणसभाको सोमबार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितमा हुने योजना र कार्यक्रम बनाएर सदस्यहरुका लागि काम गर्ने सहकारीहरु कहिल्यै समस्यामा नपर्ने उहाँको भनाइ थियो ।सदस्यहरुलाई ग्राहकका रुपमा लिने प्रवृतिका कारण सहकारीको मर्म व्यवहारमा कार्यान्वयन नभएको भन्दै उहाँले सदस्यहरुको हितलाई केन्द्रमा राखेर काम गर्ने सहकारीहरु सफल भएको दावी गर्नुभयो । सहकारीमार्फत उद्यमशिलता विकासका लागि विभिन्न ऐनहरु वाधक रहेको चर्चा गर्दै उहाँले सहकारीमार्फत व्य...
ग्रामिण भेगका व्यवसायीहरुका समस्या समाधान गर्दछौं : लोकतन्त्रिक समूह

ग्रामिण भेगका व्यवसायीहरुका समस्या समाधान गर्दछौं : लोकतन्त्रिक समूह

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
कोहलपुर, १७ फागुन – कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस समर्थक लोकतान्त्रिक समावेशी व्यवसायी समूहले आफ्नो निर्वाचन अभियानलाई तिव्रता दिएको छ ।उक्त समूहले सोमबार कोहलपुर नगरपालिका वडा नं. १२ को चप्परगौडी, रोहिणीखोला, वडा नं. १३ को खड्कवार क्षेत्रको व्यवसायीहरुसँगको भेटघाटमा ग्रामीण भेगका व्यवसायीहरुको समस्याहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएको छ । लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट संघको अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले ग्रामिण क्षेत्रका व्यापार व्यवसायी गर्दा आईपर्ने समस्याहरुलाई समाधान गर्नका लागि विशेष नीति लिई आफ्नो कार्यकालमा काम गर्ने प्रतिबद्धता समेत व्यक्ति गरेका छन् । व्यवसायीहरुसँगको भेटघाटका अवसरमा कोहलपुर १२ स्थित रोहिणी खोलाका व्यवसायीहरुले जडान गरेको सडक व्यक्तिको व्यवस्थापनका लागि पहल गर्नु...