Monday, March 10सत्यम खबर
Shadow

आर्थिक

जग्गा प्रकरणका विषयमा प्रेस यूनियनको ध्यानाकर्षण

जग्गा प्रकरणका विषयमा प्रेस यूनियनको ध्यानाकर्षण

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगंज, श्रावण १ गते–बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ मा रहेको सरकारी जग्गा प्रकरणका विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारप्रति नेपाल प्रेस युनियन बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त प्रकरणमा पत्रकारहरुको संलग्नता रहेको समाचारलाई लिएर पत्रकार तथा पत्रकारिताप्रति समाजमा नकारात्मक टिकाटिप्पणी भइरहेको पाइएकोले सो सम्बन्धमा आवश्यक छानविन भइ तथ्य बाहिर ल्याउन उपयुक्त हुने भएकाले उपरोक्त विषयका सम्बन्धमा सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउने युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षमा बुधबार बसेको बैठकले निर्णय गरेको छ । साथै उक्त प्रकरणको छानविनमा सहयोग पु¥याउनका लागि न्यायिक निकायबाट अन्तिम टुंगो नलाग्दासम्म युनियनका साधारण सदस्य चेतकान्त भट्टराईलाई साधारण सदस्यबाट निलम्बन गर्न नेपाल प्रेस युनियन केन्द्रिय समिति समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । यस्तै ज...
बाँकेको डुडुवादेखि नेपालगंजमा सलह किरा प्रबेश

बाँकेको डुडुवादेखि नेपालगंजमा सलह किरा प्रबेश

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
डुडुवा, ३१ असार– बाँकेको नेपालगंजदेखि डुडुवा गाउँपालिकामा सलह किराले प्रबेश गरेको छ । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको नरैनापुर गाउँपालिकाको गंगापुर हुँदै बुधबार डुडुवामा प्रवेश गरेको हो भने विहिबार नेपालगन्ज नगरभित्र प्रबेश गरेको छ । डुडुवा गाउँपालिका वार्ड नं. १ को कुडवा गाउँमा करिब ५ लाख बढी सलह देखिएको स्थानीय कृषकलाई उदृत गर्दै गाउँपालिका कृषि शाखा प्रमुख शुसिल शर्माले बताउनुभयो । डुडुवामा सलह किरा देखिएपछि किसानहरु चिन्तित बनेका छन । भर्खरै किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाउने भन्ने डरले चिन्तित बनेका किसानले त्यसको नियन्त्रणका लागि सम्वन्धित निकायसंग गुहार मागेका छन । डुडुवामा सलह किरा देखिएपछि गाउँपालिकाले जिल्लास्थित प्रहरी प्रशासन, कृषि ज्ञान केन्द्र, लगायत निकायमा जानकारी गराइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले...
जानकी गाउँपालिकाको बजेट पारित

जानकी गाउँपालिकाको बजेट पारित

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
जानकी, असार ३० – जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को बजेट पारित भएको छ । गत असार १० गते उपाध्यक्ष भूमिसरा धितालले बजेट अधिवेशन तथा आठौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज मङ्गलबार बसेको सभाले पारित गरेको हो । गाउँपालिका अध्यक्ष अस्वस्थ भएका कारण उपाध्यक्ष धितालको सभाध्यक्षमा बसेको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले निर्णायर्थ पेश गर्नुभएको बजेट सर्वसहमतिले पास भएको थियो । गाउँसभामा बजेटको वारेमा वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं.३ का अध्यक्ष बिन्देश्वरी बर्मा, वडा नं.४ का अध्यक्ष बिश्रामकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष रमेश बर्मा, वडा नं. ६ का अध्यक्ष सुरेश यादव, कार्यपालिका सदस्य धर्मा थापा, राजकुमार धोबी र टीकाराम सुनारले भाग लिँदै सुझाव दिनुभएको थियो । गाउँसभामा सभासद्ले राखेको जिज्ञासा गाउँपालिका कार्यवाहक अध्यक्ष धिताल र प्रमुख प्रशासकीय अधिकृत खत्...
लकडाउनमा टेण्डर आव्हान गर्न नदिएकाले बजेट फ्रिज रोक्न नेपालगन्जको माग

लकडाउनमा टेण्डर आव्हान गर्न नदिएकाले बजेट फ्रिज रोक्न नेपालगन्जको माग

आर्थिक, प्रदेश ५, समाचार
नेपालगन्ज, असार ३० नेपालगन्ज उप–महानगरपालिकाले लकडाउनका कारण संघ र प्रदेशले स्वीकृति गरेको अधिकाँश योजना अलपत्र अवस्थामा रहेको भन्दै लकडाउन अवधीभरको समय थप गर्न माग गरेको छ । नेपालगन्जमा मङ्गलबार सम्पन्न भएकाले ७ औं नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आव्हान गर्न नसकिएकाले अधिकाँश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो । अर्थ मन्त्रालयले पिएमओमार्फत ठेक्का आव्हान गर्न दिएन, नगरसभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले भन्नुभयो,– लकडाउन खुकुलो भएपछि आर्थिकबर्षको अन्तिम महिना सुरुभयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् । अर्थ मन्त्रालयले समयमै काम गर्न नदिएर अहिले बजेट फ्रिज गर्ने हो भने देशभरका स्थानीय तहमा अधिकाँश योजना अधुरो रहने र संरचनाहरु अलपत्र भई खण्डहर हुने भएकाले लकडाउन अवधिभरको समय योजनालाई पूर्णता दिन थप गर्नुपर्ने नगरप्रमुख राणाले माग गर...
खजुरा गाउँपालिकाको सामाजिक परीक्षण

खजुरा गाउँपालिकाको सामाजिक परीक्षण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ३० असार बाँकेको खजुरा गाउँपालिकाको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण र छलफल गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालगन्जको सहजीकरणमा मंगलबार खजुरामा प्रतिवेदन प्रस्तुतीकरण र छलफल गरिएको हो । बासका निर्देशक हेमराज भट्टले सन्दर्भ सामाग्री अध्ययन र समीक्षा, अन्तरवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रत छलफल, बर्हिगमन अभिमत संकलन, नागरिक प्रतिवेदनपत्र, सूचनाहरुको संकलन तथा विशलेषणको विधि र प्रक्रिया प्रयोग गरी तयार भएका प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल भएर अन्तिम प्रतिवेदनका लागि सुझाव दिइएको छ । प्रतिवेदनले समग्रमा खजुराको कार्यसम्पादन शैली जनप्रतिनिधि र कर्मचारीको समन्वयमा राम्रो भएको देखाएको छ । जनसहभागिताको कमी, सूचना पाटी कतिपय ठाउँमा नराखेको, हरेक वडामा विषयगत प्राविधिक नहुनु, दरबन्दी अनुसार कर्मचारीमा कमी जस्ता केही कुराहरु बाहेक कानून निर्माणदेखि व...
९६ हजार घुससहित घरेलुका अधिकृत ओली पक्राउ

९६ हजार घुससहित घरेलुका अधिकृत ओली पक्राउ

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज घरेलु कार्यालय, नेपालगंज बाँकेका अधिकृत हुकुमबहादुर ओली घुससहित पक्राउ परेका छन् । अख्तियार कार्यालय, नेपालगन्जका प्रमुखका अनुसार लाईसेनस बनाईदिने बहानामा ओलीले ९६ हजार रुपैया घुस लिंदै थिए । सोही बेला अख्तियारको टोलीले ओलीलाई रंगेहात पक्राउ गरेको बताएका छन् ।
पहिलो दिननै चालिस हजार भन्दा बढी उपभोक्ता पुगे भाटभटेनी

पहिलो दिननै चालिस हजार भन्दा बढी उपभोक्ता पुगे भाटभटेनी

आर्थिक, प्रदेश ५
व्यापार पनि सोचेभन्दा बढी भएको व्यवस्थापनद्धारा जानकारीनेपालगन्ज, १७ फागुन । पश्चिम नेपालकै प्रमुख आर्थिक केन्द्र नेपालगन्जको कारकाँदोमा शुक्रवारबाट सञ्चालनमा आएको देशकै चर्चित भाटभटेनी सुपर मार्केटमा पहिलो दिननै चालिस हजार भन्दा बढी सर्वसाधारण पुगेको व्यवस्थापनले जनाएको छ । सञ्चालनको पहिलो दिन शुक्रवारनै अनुमान भन्दा पनि धेरै बढी चालिसदेखि पचास हजार सर्वसाधारण सो सुपर मार्केटमा पुगेको सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईले बताउनु भयो । उहाँले ती मध्ये एक चौथाई जति भारतीय उपभोक्ता रहेको जनाउँदै पहिलो दिननै भारतबाट समेत धेरै संख्यामा सर्वसाधारण आएकोले आफूहरु उत्साहित भएको बताउनु भयो । पहिलो दिननै अनुमान गरेभन्दा बढी व्यापार समेत भएको जनाउँदै व्यवस्थापक भट्टराईले यस क्षेत्रका सर्वसाधारणले देखाएको माया र विश्वासका कारण यसको भविष्य उज्ज्वल देखिएको बताउनु भयो । शनिवार पनि विहानैब...
उद्योग बाणिज्य संघको निर्वाचन मतदान सम्पन्न, २७९० मत खस्यो

उद्योग बाणिज्य संघको निर्वाचन मतदान सम्पन्न, २७९० मत खस्यो

आर्थिक, प्रदेश ५, समाचार
बाँके माघ ११ गते । नेपालगञ्ज उद्योग बाणीज्य संघको आसन्न निर्वाचन शनिबार भेरी प्राबिधिक नेपाल शिक्षालय नेपालगञ्जमा बिहान ९ बजे देखी सुरु भएको थियो मतदानमा टोटल २७९० मत खसेको छ । उद्योग बाणीज्य संघमा १९ जनाको लागी मतदान सम्पन्न भएको छ । आज भएको निर्वाचनमा नेपालगञ्जमा ३०५० मतदाता रहेका थिएँ । बेलुका ५ बजे सम्म सन्चालन भएको मतदानमा टोटल २७९० मत खसेको छ । भने मतदान शान्त र सवार्दपुर्ण तरिकाबाट अगाडि बढेको निर्वाचन निर्वाचन अधिकृत टिका जंग शाही ले जानकारी गराए । निर्वाचनमा सहज र सरल तरीकाले गराउन १२ वटा बुथ सन्चालन गरिएको थियो भने बाक्लो मात्रमा सुरक्षा कर्मी परिचालन गरिएको थियो । चुनाव मतगणना भोलि बिहान बाट सुरु गर्ने जनाएको छ ।...
समावेशी प्यानलले व्यवसायीक हितका लागि भन्दै प्रतिवद्धता पत्र २०७६ जारी

समावेशी प्यानलले व्यवसायीक हितका लागि भन्दै प्रतिवद्धता पत्र २०७६ जारी

आर्थिक, प्रदेश ५, समाचार
नेपालगञ्ज । नेपालगञ्ज उध्योग बाणीज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि समावेशी प्यानलले दुई बुँदामा रहेर आफ्नो प्रतिवद्धता पत्र २०७६ आज एक कार्यक्रमका बिच जारी गरेको छ । अध्यक्षमा निवर्तमान उपाध्यक्ष समेत रहेका अनुभबी युवा व्यवसायी अब्दुल वाहिद मन्सुरी (चुन्ना) को नेतृत्वमा सामाजिक उत्तरदायित्वमा ४ बुँदे आफ्नो प्रतिवद्धता मा समेटेको छ तेसै गरि व्यवसायिक तर्फ १० बुँदे प्रतिवद्धता जाहेर गरेको छ । सामाजिक उत्तरदायित्व तर्फ १४ बुँदे प्रतिबद्धतामा समेटेको छ । समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, निर्वाचन परिचालन समितका संयोजक आईपी पोखरेल, नेपालगन्ज उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, बरिष्ठ उद्योगी चम्पालाल बोथरा लगायतले प्रतिबद्धता-पत्र सार्वजनिक गरेका हुन । सामाजिक उत्तरदायित्वतर्फ बहुउद्देश्यीय सभागृह र...
नेपालगञ्जमा दशैं सस्तो बजार

नेपालगञ्जमा दशैं सस्तो बजार

आर्थिक, प्रदेश ५
बाँके,१५ असोज । नेपाली उपभोक्तालाई नेपाली बजार प्रति आकर्षित गर्न तथा भारतीय बजार रुपैडिहा भन्दा सस्तो दररेटमा वस्तु पाईन्छ भन्ने चेतना गराउने उद्देश्यका साथ बाँकेका व्यवसायीहरुले जागरण अभियान अन्तरगत दशैं सस्तो बजार सञ्चालन गर्ने भएका छन् । नेपाली बजारमा वस्तुको मुल्य सस्तो हुँदाहुँदै भारतीय बजार जाने उपभोक्ताहरुका लागि यहाँका व्यवसायीहरुले जागरण अभियान अन्तरगत दशैं सस्तो बजार संचालन गर्ने भएका छन् । असोज २४ गतेदेखि ३० गतेसम्म बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जमिनमा दशैं सस्तो बजार संचालन हुने आयोजक नेपालगञ्ज वितरण संघका कोषाध्यक्ष उपकार टण्डनले जानकारी दिए । टण्डनका अनुसार दशैं सस्तो बजारमा उपभोक्ताले यहाँ उत्पादन हुने वस्तुहरु १० देखि २० प्रतिशतसम्म छुटमा खरिद गर्न सकिने व्यवस्था मिलाईएको छ । दशैं सस्तो बजारमा कम्प्यूटर बिलिङको व्यवस्था गरिने भएको छ । दशैं सस्तो बजार संचालनका लाग...