Sunday, April 26सत्यम खबर
Shadow

छात्र छात्रालाई शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण

नेपालगन्ज, १९ फागुन – बाँके युनेस्को क्लबको समन्वयमा सारथी फाउन्डेसनका संस्थापक ध्रुव देवकोटाले बाँकेको एक मदरसा र एक सामुदायीक विद्यालयमा स्वास्थ्य र शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।
देवकोटाले आफ्नो व्यक्तिगत पैसाले मदरसा बरकातिया र फत्तेपुर सर्रीको सामुदायीक विद्यालयमा साबुन, हैन्डवास, मास्क र सेनिटाइजर लगायत शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको हो ।


नेपालगन्जस्थित मदरसा बरकातियाका दुई जना अनाथ बालबालिका र राप्तीपारी फत्तेपुरको सर्रीस्थित सामुदायीक विद्यालयका ४ जना विपन्न र अनाथ बालबालिका गरेर ६ जनाको सबै पढाई खर्च पनि निजि पैसाले व्यहोर्ने पनि उहाँले सो अवसरमा घोषणा गर्नु भएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
उहाँका अनुसार मदरसाका कक्षा २ का अयान जसगढ र कक्षा ५ का सना सल्मानी तथा सामुदायीक विद्यालयका कक्षा ३ का सलिना थारु, सन्जु मल्लाह, कक्षा ५ का सुकमनी थारु र कक्षा ६ का सुनिता कवंरको सबै शैक्षिक खर्च देवकोटाले व्यहोर्नु हुनेछ ।


ती ६ जना बालबालिकालाई देवकोटाले विद्यालय पोशाक, पोशाक सिलाउने पैसा र कपि, पेन्सिल पनि दिनुभयो । मदरसा बरकातियामा एक पेटी सेनिटाइजर, एक पेटी साबुन, पाँचसय पिस मास्क र २५ लिटरको सेनिटाइजर जर्किन दिनुभयोे थियो भने तथा फत्तेपुरस्थित सर्रीको विद्यालयमा पनि सात सय पिस मास्क, एक पेटी साबुन, एक पेटी हैन्डवास, एक पेटी सेनिटाइजर र २५ लिटरको सेनिटाइजर जर्किन उपलब्ध गराउनु भयो ।


मदरसाका विद्यार्थीलाई देवकोटा लगायत मदरसाका संस्थापक मौलाना अब्दुल जब्बार मन्जरी र प्रधानाध्यापक मौलाना जियाउल मुस्तफा नुरानी तथा विद्यालयका विद्यार्थीलाई बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकी, सह निर्देशक साजिद अलि सिद्दिकी र प्रधानाध्यापक सुखबहादुर थारुले शैक्षिक र स्वास्थ्य सामाग्री वितरण गर्नुभयो ।
शैक्षिक र स्वास्थ्य तथा सरसफाइको सहयोगले मदरसालाई ठुलो मद्दत पुगेको मदरसाका संस्थापक मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *