Friday, November 22सत्यम खबर
Shadow

सुइया गाउँमा आगलागी, करोडौको सामान जलेर नष्ट

नरैनापुर, २४ फागुन – बाँकेको सबैभन्दा विकट मानिने नरैनापुर गाउँपालिका वडा नं. १ सुइयाँ गाउँमा आगलागी भएको छ । आगलागीबाट गाउँका २५ घर जलेर पूर्ण रुपमा नष्ट भएका बताईएको छ । सोमबार बिहान ९ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको जनाइएको छ ।
सुईका मनिजर पासीको कच्ची घरबाट शुरु भएको आगलागी २५ वटा घर पूर्ण रुपमा नष्ट भएका हुन् । घरमा बच्चाहरु मात्रै भएको समयमा अचानक आगलागी भएपछि स्थानीयले खबर गरेलगत्तै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भएको तथा हाल आगो नियन्त्रणमा आइसकेको स्थानीयद्वारा जनाईएको छ ।


आगालागीबाट नाफे पासी, सहज राम पासी, मृत लाल पासी, बौरा पासी, मनिजर पासी, रंगै पासी, राम समुझ पासी, मनै साई, सन्तोष पासी, सिराज पासी र मुन्के पासीको घर पूर्णरूपमा क्षति भएको बताईएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर १ का वडा सचिव लक्ष्मीकान्त मिश्राका अनुसार आगलागीबाट मानवीय क्षति नभएपनि करोडौ मूल्य बाराबरको सामान आगोमा जलेर नोक्सानी भएको बताउनुभयो ।


उनले आगलागीका कारण निकै ठूलो क्षति भएको जानकारी गराउँदै उनले आगलागीबाट घर जलेपछि स्थानीयबासी घरबार बिहिन भएको अवस्था रहेको जानकारी दिए । उनले तल्काल राहत वितरणको लागि गाउँपालिकालाई आग्रह गरिएको समेत बताउनुभयो ।
यता नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ । तत्काल प्रभावित क्षेत्रका नागरिकलाई राहत प्रदान गरिने गाउँपालिकाले जनाएको छ । आगलागीबाट अन्य कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *