पूर्वराजदूत प्याकुर्याल भन्छन्ः ‘बीआरआईबाट पीडित हुने देशको सूचि मसँग छ’
नेपालले श्रीलंका संकटबाट पाठ सिक्न जरुरीकाठमाण्डौं, १४ साउन – श्रीलंकाका लागि पूर्व नेपाली राजदूत प्राध्यापक डाक्टर विश्वम्भर प्याकुर्यालले चीनको बीआरआई परियोजनाबाट पीडित हुने देशको संख्या बढ्दै गएको बताएका छन् ।
खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने ?’ विषयक कार्यक्रममा बोल्दै पूर्वराजदूत प्याकुर्यालले बीआरआई परियोजनाबाट पीडित हुने देशको संख्या बढ्दै गएको बताएका हुन् ।
उनले श्रीलंकामा अहिले आइपरेको संकटका पछाडि चिनियाँ ऋण पनि एउटा कारण रहेको बताए । चीनबाट महंगो ब्याजदरमा ऋण लिने देशमा आर्थिक संकट चुलिदै गएको भन्दै उनले यो समस्या धेरै देशमा देखिएको पनि बताए ।
चिनियाँ ऋणबाट आंशिक फाइदा भएका देश र आर्थिक संकटमा परेका देशको सूचि आफूसँग रहेको पनि उनले बताए । आवश्यकताका आधारमा आफूले त्यसलाई सार्वजनिक गर्ने पनि उनले बताए । प...









