Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

ठेक्का पाएपछि कामै नगरि सरकारलाई नोक्शानमा पार्दै चिनियाँ कम्पनीहरु

ठेक्का पाएपछि कामै नगरि सरकारलाई नोक्शानमा पार्दै चिनियाँ कम्पनीहरु

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ भाद्र –नेपालमा ठूला आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीहरुले हात पार्नु सामान्य जस्तै भएको छ । विशेषगरी सडक आयोजनाहरुमा चिनियाँ कम्पनीहरुले निर्माणको जिम्मेवारी पाइरहेका छन् । कतिपय प्रि क्वालिफिकेशनमा अन्य कम्पनीलाई रोक्न सफल भएर एक्लो प्रतिष्पर्धी बनेर ठेक्का पाउन सफल भइरहेका छन् । फाष्ट ट्रयाकका विभिन्न प्याकेज, बुटवल नारायणगढ सडकखण्ड होस् या मेलम्ची खानेपानी आयोजना सम्बन्धी विभिन्न निर्माणमा नै किन नहुन् चिनियाँ कम्पनीले ठेक्का हात पार्न सकेका छन् । तर, उनीहरुले समयमा निर्माण नसक्ने देखि नेपाल सरकारलाई नोक्शानीमा पार्ने गतिविधिलाई बढावा दिएका छन् । फाष्ट ट्रयाकमा चिनियाँ कम्पनीको काममाथि प्रश्न उठेर एकपटक निलम्बन गरिसकिएको छ । बुटवल नारायणगढ सडक खण्डमा पनि काम निकै सुस्त छ । यही गतिमा काम बढेमा अझै पाँच वर्षमा निर्माण पूरा नहुने छाँट छ । पछिल्लो समय काठमाड...
आर्थिक रूपमा सबल राष्ट्र बेलायतलाई पछि पार्दै भारत

आर्थिक रूपमा सबल राष्ट्र बेलायतलाई पछि पार्दै भारत

आर्थिक, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २३ भाद्र – छिमेकी देश भारत ठूलो अर्थतन्त्र भएको पाँचौँ देशका रूपमा उदाएको छ । विश्वकै ठूलो आर्थिक रूपमा सबल राष्ट्र बेलायतलाई पछि पार्दै भारत सो स्थानमा पुग्न सफल भएको हो । नेपालको छिमेकी मुलुक भएको नाताले यसको सबैभन्दा प्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रलाई पर्ने अर्थशास्त्रीहरू बताउँछन् । भारतको केन्द्रीय सांख्यिकी संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलदेखि जुनसम्ममा १३.५ प्रतिशत आर्थिक वृद्धि भारतले गरेको छ । अघिल्लो आर्थिक वर्षमा भारतको अर्थतन्त्र २४ प्रतिशतले संकुचित भएको थियो । चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको नेपालले भारतको यो आर्थिक फड्कोबाट लाभ लिन सक्ने संकेत देखिएको छ । हाल भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आठ सय ५४ अर्ब डलर पुगेको छ ।जबकि बेलायतको आठ सय १६ अर्ब डलर मात्रै छ । विश्व अर्थतन्त्रमा भारतको हिस्सा ३.५ प्रतिशत छ ...
कोरोनाको नाममा नाकाबन्दी गरि दु:ख दिने छिमेकी

कोरोनाको नाममा नाकाबन्दी गरि दु:ख दिने छिमेकी

CoVid19, आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ भाद्र –विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै चीनलाई नेपाल सरकारले पत्र पठाएको छ। उद्योग मन्त्रालयले परराष्ट्रमार्फत विगत तीन सातादेखि पूर्णरुपमा ठप्प पारेको नाका खुलाउनका लागि आग्रह गर्दै चिनियाँ दूतावासलाई पत्र पठाएको हो। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रूप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। कोरोना महामारी सामान्य बन्दै गए पनि नेपालसँगको सीमा नाका नखोलेपछि नेपाल सरकारले पटक(पटक नाका सहज गरिदिन आग्रह गर्दै आएको थियो। चीनले नाका ठप्प पारेपछि नेपाली व्यापारीले तीज, दसैँ र जाडोयामलाई केन्द्रित गरी ल्याएका अर्बौँ रकम बराबरका सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्। नेपालीले चीनबाट विशेष गरी लुगा कपडा, भाँडाकुँडा, इलेक्ट्रिकल सामान र हाइड्रोका सामान ल्याउने...
चिनका युवाहरुको भविष्य अन्धकारमा

चिनका युवाहरुको भविष्य अन्धकारमा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ भाद्र – चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो, तर बालबालिका र युवाहरूलाई दिइने शिक्षा र उनीहरूले पाइरहेका रोजगारीबीच तालमेल नभएकाले यसको भविष्य अन्धकार देखिन्छ।फाइनान्सियल पोष्टको रिपोर्ट अनुसार चीनमा अध्ययन महँगो छ । आर्थिक रूपमा कमजोर पृष्ठभूमिका बालबालिका र युवाहरू उच्च शिक्षा पाठ्यक्रममा भर्ना हुन बाध्य भए पनि बढ्दो दबाबका कारण लामो समयसम्म त्यसलाई निरन्तरता दिन नसक्ने अवस्था धेरै पटक हुने गरेको छ । यसले उनीहरूको पढाइमा पनि असर गर्छ । धेरै पटक, हाई स्कूल पूरा गरेपछि, युवाहरू शैक्षिक शिक्षामा अगाडि बढ्ने कि व्यावसायिक पाठ्यक्रमहरूलाई प्राथमिकता दिने अन्योलमा हुन्छन्। चीनमा अध्ययन महँगो छ र तिनीहरूलाई पूरा गर्न समय पनि लामो छ। कलेजको डिग्री लिएर उत्तीर्ण भएका युवाहरू तल्लो तहको जागिरका लागि उपयुक्त हुँदैनन्, तर व्यावसायिक पाठ्यक्रमहरू पछ्याउने युवाहरूका लागि अवसरहरू ...
नाकाबन्दीले ५०० कन्टेनर अलपत्र

नाकाबन्दीले ५०० कन्टेनर अलपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ भाद्र –चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरू अलपत्र परेका छन्। दसैँ तिहारका लागि ल्याइएका सामानहरू उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरू सङ्कटमा पुगेका हुन्।अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने अवस्था आएमा एक पक्षले अर्को पक्षलाई कारणसहित जानकारी गराउनु पर्ने भए पनि चीनले भने नेपालसँग कुनै परामर्श नगरी एकतर्फी रूपमा सीमा नाका बन्द गरेको छ। चीनले सीमा नाका बन्द गरेको विषयमा सरकारले सामान आयात ठप्प भएपछि मात्रै जानकारी पाएको हो। साउन २४ गते चीन प्रस्थान गरेका परराष्ट्र मन्त्री डा। नारायण खड्काले २५ साउनमा चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटका क्रममा पनि नेपाल(चीन सीमा नाकालाई पूर्णरुपमा सञ्चालन गर्ने विषयका कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। परराष्ट्र मन्त्रालयले साउन २६ मा जारी गरेको विज्...
नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रन्छ

नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रन्छ

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र – नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एकै महिना करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पान हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार मिडियामा आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन । तर, विदेशबाट भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मात्र विभिन्न देशबाट नेपालमा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ भित्रिएको छ । सो मूल्यमा ९२ लाख १० हजार ८९९ केजी स्याउ साउन महिनामा नेपालले विभिन्न देशबाट आयात गरेको छ । नेपालमा स्याउ चीन र भारतबाट आउने गरेको छ । गत साउन महिनामा चीनबाट २६ करोड ३७ लाख ७८ हजार रुपै...
कोरोनाका नाममा नेपाली व्यापारीलाई दु:ख नदिन चीनलाई नेपालको पत्र

कोरोनाका नाममा नेपाली व्यापारीलाई दु:ख नदिन चीनलाई नेपालको पत्र

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र –विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै चीनलाई नेपाल सरकारले पत्र पठाएको छ। उद्योग मन्त्रालयले परराष्ट्रमार्फत विगत तीन सातादेखि पूर्णरुपमा ठप्प पारेको नाका खुलाउनका लागि आग्रह गर्दै चिनियाँ दूतावासलाई पत्र पठाएको हो। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रुप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। कोरोना महामारी सामान्य बन्दै गए पनि नेपालसँगको सीमा नाका नखोलेपछि नेपाल सरकारले पटक-पटक नाका सहज गरिदिन आग्रह गर्दै आएको थियो। चीनले नाका ठप्प पारेपछि नेपाली व्यापारीले तीज, दसैं र जाडोयामलाई केन्द्रित गरी ल्याएका अर्बौं रकम बराबरका सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्। नेपालीले चीनबाट विशेषगरी लुगाकपडा, भाँडाकुँडा, इलेक्ट्रिकल सामान र हाइड्रोका सामान ल्याउने ग...
भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ भाद्र –गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शनिबार भारतीय आर्थिक सहयोगमा रुपन्देही जिल्लामा निर्मित विद्यालय परियोजना उद्घाटन गरेका छन्। रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि भारतीय सहयोगमा विद्यालय तथा प्रयोगशाला भवन निर्माण सम्पन्न भएको हो। भारतीय राजदूतावासका अनुसार नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत २ करोड ९ लाख रुपैयाँ भारत सरकारको अनुदान सहयोगमा विद्यालय र प्रयोगशाला भवन निर्माण भएको हो। जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा भवन निर्माण गरेको हो। ‘यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यसवर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो,’ भारतीय राजदूतावासद्वारा शनि...
बंगलादेश चीनको सैन्य आपूर्ति गुणस्तरसँग असन्तुष्ट: रिपोर्ट

बंगलादेश चीनको सैन्य आपूर्ति गुणस्तरसँग असन्तुष्ट: रिपोर्ट

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बंगलादेश, २२ भाद्र – लामो समयदेखि चीन छिमेकी देशहरूको प्रमुख रक्षा निर्यातकको रूपमा उभिन खोज्दै आएको छ। यसले हतियार आपूर्तिको उपकरणलाई एशियामा “इन्स्ट्रुमेन्टम रेग्नी” को रूपमा प्रयोग गर्दछ, अर्थात्, यसले सैन्य निर्भरता भएका केही देशहरूलाई बाँध्ने प्रयास गर्दछ। तर, पश्चिमा मापदण्डभन्दा कम उत्पादन भएका उपकरणको अत्यन्त न्यून गुणस्तरले यो परियोजनालाई कमजोर पार्ने एक मिडिया रिपोर्टले जनाएको छ । हालै, बंगलादेश सेनाले चाइना नर्थ इन्डस्ट्रिज कर्पोरेशन (नोरिन्को) को ट्याङ्की गोलाबारुदको आपूर्तिमा असन्तुष्टि व्यक्त गर्दै परीक्षण नगरिएको भन्दै अस्वीकार गरेको थियो। चीनबाट प्राप्त हुने सैन्य सामग्रीको गुणस्तरप्रति देश असन्तुष्ट रहेको देखिन्छ । बंगलादेशको आर्थिक अवस्थाको कारण, ढाका चिनियाँहरूतिर फर्कन बाध्य भयो, जसले पश्चिमीहरू भन्दा धेरै लाभदायक मूल्यहरूको अभ्यास गर्यो। यस कारणका लागि, सेनाल...
चिनियाँ नाकाबन्दीले ५०० कन्टेनर अलपत्र, राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग

चिनियाँ नाकाबन्दीले ५०० कन्टेनर अलपत्र, राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र –चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरू अलपत्र परेका छन्। दसैँ तिहारका लागि ल्याइएका सामानहरू उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरू सङ्कटमा पुगेका हुन्। अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने अवस्था आएमा एक पक्षले अर्को पक्षलाई कारणसहित जानकारी गराउनु पर्ने भए पनि चीनले भने नेपालसँग कुनै परामर्श नगरी एकतर्फी रूपमा सीमा नाका बन्द गरेको छ। चीनले सीमा नाका बन्द गरेको विषयमा सरकारले सामान आयात ठप्प भएपछि मात्रै जानकारी पाएको हो। साउन २४ गते चीन प्रस्थान गरेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले २५ साउनमा चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटका क्रममा पनि नेपाल-चीन सीमा नाकालाई पूर्णरुपमा सञ्चालन गर्ने विषयका कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। परराष्ट्र मन्त्रालयले साउन २६ मा जारी गरेको ...