Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

चिनले सीमा नाकाबन्दी गरेको स्वीकार र छिट्टै नाका खोल्ने आश्वासनमा के होला रहस्य ?

चिनले सीमा नाकाबन्दी गरेको स्वीकार र छिट्टै नाका खोल्ने आश्वासनमा के होला रहस्य ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० भाद्र –नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुले दशैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ । उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँँगको भेटमा उक्त नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दशैंअघि रसुवागढी नाका र तातोपानी नाका खोल्न आग्रह गरेपछि छान्सुको उक्त प्रतिबद्धता आएको हो । सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।...
चिनियाँ एपद्वारा नेपालमा ठगी धन्धा गर्ने सञ्जालको खुलासा

चिनियाँ एपद्वारा नेपालमा ठगी धन्धा गर्ने सञ्जालको खुलासा

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३० भाद्र –वितेका केही दिनमा के देखिएको छ भने चिनियाँ नागरिकहरु विभिन्न एप बनाएर त्यसमार्फत ऋण दिएर नेपाली नागरिकलाई ठगिरहेका छन् ।उच्च ब्याजदरमा ऋण उपलब्ध गराएर ठगी गर्नको अलावा व्यक्तिगत तथ्यहरुको हननका साथै धोक दिएर ठग्ने कार्यहरु गरिरहेका छन् । यदि लिइको ऋण सम्झौताअनुरुप उच्च ब्याजदरमा चुक्ता नगरे चिनियाँहरुले नेपाली नागरिकलाई अनेक बहानामा ठग्ने कार्य गरिरहको बुझिएको छ । यस्तो चिनियाँ नागरिकहरुको जाली, नक्कली कल सेन्टर र कार्यालयहरु नेपालका विभिन्न स्थानमा सञ्चालन गरिरहेका छन् । काठमाडौं, पोखरा, चितवन, भैरहवा, नेपालगन्ज र सिरहालगायतका स्थानहरुमा नेपालको युवायुवतीलाई सहभागी बनाई यस्ता ठगी धन्दा सञ्चालन भइरहेको तथ्यांकले देखाउँछ ।नेपालीहरुलाई आकर्षित गर्न विभिन्न प्रकारका नक्कली ऐपहरुको जस्तै उधार नगेन, गो क्यास, गो लोन, रुपे प्लस, फैक्स क्यास, रुपे फैक्टरी, क्यास बाई, प...
सबै आयोजना सम्पन्न हुन्छन्, कसैले प्रेसरको औषधि खानु पर्दैन: मन्त्री राई

सबै आयोजना सम्पन्न हुन्छन्, कसैले प्रेसरको औषधि खानु पर्दैन: मन्त्री राई

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र - भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालगन्ज-गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिनाभित्रै काम सुरू हुने बताउनु भएको छ । आज बुधबार नन्दनी मिल नजिकै नेपालगन्ज-गुलरिया सडक स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले यो आयोजनामा बस्ती भएका ठाउँमा झिलिमिली पार्ने योजना पनि रहेको जानकारी दिनुभयो । यो सडकखण्डको भूगोलमा जोडिएका बाँके-बर्दियाका जनप्रतिनिधिहरूको दबाब र घच्घच्याइले यो आयोजना ल्याउन सफलता मिलेको मन्त्री राईको भनाई थियो । वहाँले यो कामको श्रेय पनि आफूले उनै जनप्रतिनिधिहरूलाई दिन चाहेको पनि बताउनुभयो । ‘यसको श्रेय मलाई दिनु पर्दैन। संजय गौतम जी, डम्बर जी, प्रशान्त जी, बढैयातालका प्रमुख सबैले चासो राखेर नै यो काम हुन सकेको हो’, मन्त्री राईले भन्नुभयो, आयोजनालाई द्रुत गति दिन दिनरात नभनि मिहेनत गर्ने भौतिक मन्त...
अदालतकाे आदेश अवज्ञा: मेयर बिष्टकाे माैखिक निर्देशनमा टहरा निर्माण, नागरिक समाजद्वारा अपत्ति

अदालतकाे आदेश अवज्ञा: मेयर बिष्टकाे माैखिक निर्देशनमा टहरा निर्माण, नागरिक समाजद्वारा अपत्ति

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ भाद्र - पुर्वमेयर डा. धवल शम्शेर राणाकाे पालादेखि नै विवादित बन्दै आईरहेकाे चिल्ड्रेन पार्क पुनः विवादमा तानिएकाे छ । विगत एक महिना अघि मात्र शिलान्यास गरि रेष्टुरेण्ट, पार्किङ्ग तथा बाल उधान बनाउने भनी मेयर प्रशान्त बिष्टद्वारा शिलान्यास गरिएकाे थियाे । तर नागरिक अगुवाहरूले उक्त जग्गा नगर विकास समितिले आफ्नै याेजना साथ उपमहानगरलाई बुझाएकाे तथा खाली राखी बागेश्वरी मन्दिर शाैन्दर्यकरण गर्ने गरि निर्माण कार्य गर्ने अदालतमा मुद्दा दर्ता गरेकाे तथा साेही बमाेजिम निर्माण गर्ने भनी अदालतले आदेश समेत दिएकाे थियाे । तर उक्त आदेशलाई पुर्वमेयर डा. राणाले नजरअन्दाज गरि आफू खुशी निर्माण कार्य गर्न लागेकाे अवस्थामा राेक्का भई साेही अनुसार नै वर्तमान मेयर प्रशान्त बिष्टले समेत गरिरहेकाे नागरिक समाजका अगुवाहरूकाे आराेप रहेकाे छ । केही दिन अघि नै त्यस सम्बन्धमा अदालतकाे आदेशलाई दरकि...
चिनियाँ नेता ली जान्सु नेपाल रहुन्जेलका लागि मात्र खुलाइयो तातोपानी नाका

चिनियाँ नेता ली जान्सु नेपाल रहुन्जेलका लागि मात्र खुलाइयो तातोपानी नाका

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ भाद्र –चीनको तेस्रो वरीयतामा रहेका नेता ली जान्सु सोमबार काठमाडौं ओर्लिनुभन्दा एक दिनअघि मात्र एक महिनादेखि बन्द गरेको उत्तरी सीमा नाका खुला गरेको छ। चीनले कोरोना महामारीलाई कारण देखाउँदै २२ साउनदेखि एकतर्फी रुपमा बन्द गरेको नाका खुलाएको हो। चीनले सीमा नाकामा कुनै औपचारिक जानकारी बिना नै प्रतिबन्ध लगाएपछि नेपालमा चीनको विरोधसमेत भएको थियो। नेपाली व्यापारीले सीमा नाकामा रोकिएका कन्टेनर ल्याउनका लागि सहजीकरण गरिदिन नेपाल सरकारलाई गुहार गरेका थिए। व्यापारीहरुको आग्रहमा नेपाल सरकारले सीमा नाका खोलिदिन काठमाडौं स्थिति चिनियाँ दूतावासलाई पत्र पठाएको थियो। उक्त पत्रको जवाफमा चिनियाँ दूतावासले १० देखि १५ तारिखसम्मका लागि सीमा नाका खुला गर्ने जानकारी गराएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। ’चिनियाँ सीमा क्षेत्रमा रोकिएर अलपत्र परेका नेपाली व्यापारीहरुका स...
नेपाल र चीनको संसदबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर

नेपाल र चीनको संसदबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ भाद्र –नेपालको संघीय संसद र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो। उक्त समझदारीपत्रमा नेपालका तर्फबाट संघीय संसदको नेतृत्व गरेका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चाङ्सुले हस्ताक्षर गरेका हुन्। समझदारी अनुसार दुवै पक्षले एकअर्काको विधायकी, सुपरिवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासबारे जानकारी आदानप्रदान गर्ने भएका छन्।दुई संसदबीचको समझदारी पत्रमा चीनले अघि बढाएको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बारे पनि उल्लेख गरिएको छ। ’दुई सरकारबीच सहमति भएबमोजिम बेल्ट एण्ड रोड इनिसियटिभमार्फत समेत दुई राष्ट्रहरूबीच अन्तर आवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजी...
चिनियाँ ठेकेदार विरुद्ध नारायणगढ सडकमा प्रदर्शन

चिनियाँ ठेकेदार विरुद्ध नारायणगढ सडकमा प्रदर्शन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ भाद्र –महेन्द्र राजमार्ग निर्माणमा चिनियाँ ठेकेदारले चरम लापरबाही गरेको भन्दै स्थानीयहरूले ठेकेदारविरुद्ध राजमार्गमा प्रर्दशन गरेका छन् । सोमबार गैंडाकोट स्थित हर्कपुर चोकमा राजमार्ग अवरुद्ध गरेर प्लेकार्ड सहित स्थानीयहरूले निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार विरुद्ध नाराबाजी गरेका हुन् । स्थानीयले एक घण्टासम्म राजमार्ग अवरुद्ध गरेका थिए । गैंडाकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष देवीदत्त कँडेलका अनुसार ३ वर्षमा काम सम्पन्न गर्नेगरी ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले सडक निर्माणको काम नगरेर राजमार्गमा धरापै धराप बनाएर छाडेका कारण बाध्य भएर सडक आन्दोलनमा उत्रनु परेको बताए ।वडा नम्बर १० का वडाअध्यक्ष देवीदत्त कँडेल र वडा नम्बर ११ का वडाअध्यक्ष गोविन्द सुवेदीले आन्दोलनको आह्वान गरेका थिए । साथै सरकारले पनि सडकको अनुगमन नगर्दा ठेकेदारले लापरबाही गरेको प्रदर्शनकारीह...
धान, चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन उद्योगीहरुको माग

धान, चामलमा कर लगाउने भारतीय निर्णय फिर्ता लिन उद्योगीहरुको माग

आर्थिक, प्रदेश २, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
वीरगञ्ज, २८ भाद्र –भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णयको वीरगन्जका उद्योगी व्यवसायीले विरोध गरेका छन् । भारतीय खाद्य मन्त्रालयको सिफारिसमा त्यहाको अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभागले शुक्रबार देखि लागु हुने गरि धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो । यस्तै भारतले कनिकाको निर्यातमा भने प्रतिबन्ध नै लगाएको छ ।यसअघि भारतबाट हुने चामल र धानको निर्यातमा भन्सार कर लाग्दैनथ्यो । पश्चिम बंगाल, उत्तर प्रदेश सहित केही राज्यमा वर्षाको कमीका कारण यो बर्ष भारतमा धानको उत्पादनमा निक्कै कमी आएको भारतले धान र चामलको निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गर्नुका साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको हो । विश्वमा धान उत्पादनमा भारत ,चीन पछिको दोस्रो ठूलो मुलुक हो । भारतले चामल र धानको निर्यातमा एकै पटक २० प्रतिशत कर लगाएपछि यसले नेपालमा खाद्यान्नको...
चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित

चीनमा देखिएको तापलहरले लिथियम ब्याट्रीको विश्वव्यापी आपूर्तिचक्र नै प्रभावित

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ भाद्र –चीनका विभिन्न क्षेत्रमा देखिएको तापलहरका कारण सौर्य उर्जाका लागि आवश्यक लिथियम ब्याट्री र सोलर प्यानलेको विश्वव्यापी आपूर्तिचक्रमा ठूलो दबाब परिरहेको पाइएको छ । हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनको सिचुआन प्रान्तमा देखिएको तापलहरका कारण सरकारले कारखाना बन्द गर्न निर्देशन दिएसँगै त्यहाँ रहेका कारखानाको काम ठप्प भएको छ । बिजुली जोगाउन भन्दै चीन सरकारले तापलहरका बेला औद्योगिक उत्पादन बन्द गराएको हो । यस्ता कारखानाहरुले आफूहरुले सरकारी निर्देशन पालना गरिरहेको साउथ चाइना मर्निङ पोस्टलाई जानकारी दिएका छन् । यसका कारण ती कारखानाहरुले लिथियम र पोलिसिलिकनको उत्पादन प्रभावित भएको जनाएका छन् । चीन विश्वकै सबैभन्दा ठूलो लिथियम ब्याट्री उत्पादक मुलुक हो ।...
चीनको सैन्य आपूर्ति गुणस्तरसँग असन्तुष्ट बंगलादेश: रिपोर्ट

चीनको सैन्य आपूर्ति गुणस्तरसँग असन्तुष्ट बंगलादेश: रिपोर्ट

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बंगलादेश (एएनआई) २८ भाद्र – लामो समयदेखि चीन छिमेकी देशहरूको प्रमुख रक्षा निर्यातकको रूपमा उभिन खोज्दै आएको छ। यसले हतियार आपूर्तिको उपकरणलाई एशियामा “इन्स्ट्रुमेन्टम रेग्नी” को रूपमा प्रयोग गर्दछ, अर्थात्, यसले सैन्य निर्भरता भएका केही देशहरूलाई बाँध्ने प्रयास गर्दछ। तर, पश्चिमा मापदण्डभन्दा कम उत्पादन भएका उपकरणको अत्यन्त न्यून गुणस्तरले यो परियोजनालाई कमजोर पार्ने एक मिडिया रिपोर्टले जनाएको छ । हालै, बंगलादेश सेनाले चाइना नर्थ इन्डस्ट्रिज कर्पोरेशन (नोरिन्को) को ट्याङ्की गोलाबारुदको आपूर्तिमा असन्तुष्टि व्यक्त गर्दै परीक्षण नगरिएको भन्दै अस्वीकार गरेको थियो। चीनबाट प्राप्त हुने सैन्य सामग्रीको गुणस्तरप्रति देश असन्तुष्ट रहेको देखिन्छ । बंगलादेशको आर्थिक अवस्थाको कारण, ढाका चिनियाँहरूतिर फर्कन बाध्य भयो, जसले पश्चिमीहरू भन्दा धेरै लाभदायक मूल्यहरूको अभ्यास गर्यो। यस कारणका लागि...