Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

भारतमा विदेशी लगानी बढ्दै गएको मोदीको भनाइ

भारतमा विदेशी लगानी बढ्दै गएको मोदीको भनाइ

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अर्थतन्त्रमा भारत उदाउँदो नक्षत्रको रूपमा भएको टिप्पणी गरेका छन् । इन्भेष्ट कर्नाटक समिट २०२२ मा बुधवार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् । ‘सम्पूर्ण विश्वले विभिन्न समस्याबाट गुज्रिरहेको बेला भारतलाई एउटा उज्यालो ठाउँको रूपमा हेर्छ। हाम्रो अर्थतन्त्रका आधारभूतहरूलाई बलियो बनाउने हाम्रो पहलका कारण यो सम्भव भएको हो ‘ मोदीले भने। मोदीले भारतले विदेशी लगानी बढाउन कानुन संशोधन गरेको समेत स्मरण गराए । उनले भने, ‘भारतमा लगानी बढाउन हामीले देशका कानुनलाई अप्ठ्यारो बनाउनुको सट्टा सरल बनाएका छौँ, जसको परिणामस्वरूप विश्वका विभिन्न देशका व्यवसायीहरूको हाम्रो देशमा पुँजी लगानी गर्ने उत्साह बढेको छ । देशका लगानीकर्ताका अगाडि अवसर र फाइदाको रातो कार्पेट बिछ्याएको छ । मोदीले भने, ...
सहयाेगमा भारत पहिलाे छिमेकी, चीनमा काेभिड-१९ कै त्रास

सहयाेगमा भारत पहिलाे छिमेकी, चीनमा काेभिड-१९ कै त्रास

आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – संविधानसभा निर्वाचनमा धेरै, त्यसपछि थोरै आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि छिमेकी मुलुक भारतले २ सय गाडी सहयोग गरेको छ। निर्वाचन आयोगका अनुसार त्यसबाहेक यो निर्वाचनका लागि अन्य वैदेशिक सहायता आएको छैन। छिमेकी मुलुक चीन कोभिड–१९ का कारण अझै पनि ‘रिकभर’ भइसकेको छैन। अमेरिकालगायत पश्चिममा मुलुकहरूले पनि निर्वाचनमा सहायता गर्न खासै चासो देखाएका छैनन्। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन पनि सरकारको आफ्नै खर्चमा सम्पन्न भएको थियो। विकासोन्मुख मुलुकमा स्तरोन्नतिको तयारीमा रहेकाले नेपालमा आउने सहायताहरू धेरै नै कटौती हुँदै गइरहेको अर्थविद् प्रा.डा. रमेश पौडेल बताउँछन्। प्रजातन्त्र पुनस्र्थापनापछि संविधानसभाका दुवै निर्वाचन बाहेक अन्य निर्वाचनमा वैदेशिक सहायताको हिस्सा कम भएको पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन्। प्रजातन्त्रसँगै निर्वाचनलाई स्थापित गर्...
लामो समयदेखि चिनियाँ ऋण सम्झौताको पर्खाइमा पाकिस्तान र श्रीलङ्का

लामो समयदेखि चिनियाँ ऋण सम्झौताको पर्खाइमा पाकिस्तान र श्रीलङ्का

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – चीनले पाकिस्तानको भ्रमणमा रहेका सेना प्रमुखलाई प्राविधिक सहयोगको प्रस्ताव गरेको छ। देशले बाढीको सामना गरिरहेको छ तर आफ्नो सदाबहार सहयोगीले खोजेको कुनै पनि पर्याप्त आर्थिक सहायताको घोषणा गरेको छैन। आर्थिक तनावको सामना गरिरहेका पाकिस्तान र श्रीलङ्का दुवैले सहयोगका लागि बेइजिङसँग लामो समयदेखि वार्ता गर्दै आएका छन्, तर दुवै मुद्दामा वार्तामा केही प्रगति नभएपछि दुवै देश अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)तिर फर्केका छन्। तिनीहरूको नयाँ आईएमएफ प्रतिबद्धताहरूले अब चीनलाई उनीहरूको ऋण भुक्तानीमा असर पार्ने सम्भावना छ। जसले दुई देशहरूलाई विगत पाँच वर्षमा २६ बिलियन डलर भन्दा बढी ऋण दिएको छ। पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा र चीनका रक्षा मन्त्री जनरल वेई फेङ्गेबीच सियानमा भएको वार्तापछि चिनियाँ पक्षले बाढी राहत कार्यका लागि प्राविधिक सहयोग उपलब्ध गराउन इच्छुक ...
“महापुरूष” द्वारा निलसागरलाई सहयाेग

“महापुरूष” द्वारा निलसागरलाई सहयाेग

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १६ कार्तिक - चलचित्र ‘महापुरुष’ ले निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कार्तिक ११ गतेबाट देशैभरी प्रदर्शन भएको चलचित्र महापुरुष चलचित्रका तर्फबाट निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईली सहितको टिमले बाँके नेपालगन्जमा रहेको निलसागर सेवा आश्रममा पुगेर बुवाआमाहरुको आशिर्वाद लिदै सहयोग प्रदान गरेका थिए । जिम्मेवार नागरिकको सामाजीक दायित्व हो भन्दै हाम्रो चलचित्र टिमले आश्रममा आश्रय लिएका बुवाआमा तथा बालबालिकालाई सहयोग गरेको उनले बताए भने उक्त महापुरुष चलचित्र फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट सँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।...
भारतले पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्यायो डिजिटल मुद्रा

भारतले पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्यायो डिजिटल मुद्रा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ कार्तिक – भारतले पाइलट प्रोजेक्टको रूपमा आज (नोभेम्बर १) बाट डिजिटल मुद्रा प्रयोगमा ल्याउने भएको छ। पाइलट प्रोजेक्टको रूपमा प्रयोगमा ल्याउन नौ वटा बैंक छानिएका छन्। एसबिआई बैंक, बैंक अफ बरोडा, एचडिएफसी बैंक, यस बैंक, कोटाक महिन्द्रा बैंक र आइसिआइसिआई बैंकले यसको कारोबार गर्न पाउने छन्। विशेषतः दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा यसको प्रयोग गरिने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। होलसेल सेग्मेन्ट अन्तर्गत यसको प्रयोग गरिने तयारी भइरहेको हो। नेपालमा पनि यसको सम्भावना सम्बन्धमा केही समयअघि राष्ट्र बैंकले अध्ययन गरेको थियो। तर, राष्ट्र बैंकले केही समयअघि सार्वजनिक गरेको अवधारणापत्रमा भने यहाँ डिजीटल मुद्रा सुरू गर्न त्यसको आर्थिक लागत र उपयोगिताबारे सम्भाव्यता अध्ययन गर्नुपर्ने उल्लेख गरेको थियो। राष्ट्र बैंकमा रहेको जनशक्ति, उनीहरूको दक्षता र...
चिनको अघोषीत नाकाबन्दीले तातोपानी नाकाका व्यवसायी समस्यामा

चिनको अघोषीत नाकाबन्दीले तातोपानी नाकाका व्यवसायी समस्यामा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ कार्तिक – केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ । चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आएका शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउँछन् । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ । नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् । नाका चल्यो भने ...
निर्वाचनका लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान

निर्वाचनका लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १५ कार्तिक – निर्वाचनमा लागि भारतद्वारा नेपाललाई उपहारस्वरुप सवारीसाधन प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज एक समारोहबीच अर्थमन्त्री जनार्दन शर्मालाई भारत २०० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेका हुन् । नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारीसाधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सुसञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली ...
नेपालले उडान गर्न नसक्ने ५ चिनियाँ विमान बेच्ने

नेपालले उडान गर्न नसक्ने ५ चिनियाँ विमान बेच्ने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ कार्तिक – (एएनआई) : ठूलो घाटा बेहोरेपछि नेपाल वायुसेवा निगमले आफ्ना पाँचवटा चिनियाँ जहाज भाडामा दिन नचाहेको भन्दै बिक्री गर्ने निर्णय गरेको छ । विमानले आकाशमा भन्दा जमिनमा धेरै समय बिताएको र ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहकलाई आर्थिक बोझ बन्न थालेको नेपाली प्रकाशन hamrakura.com ले रिपोर्ट गरेको छ। पहाडी मार्गमा उडान भर्ने आशा गरेको चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि अर्थ मन्त्रालयको निर्देशनपछि नेपाल वायुसेवा निगमले अब आफु घाटा नबेहोर्ने निर्णय गरेको हो । सन् २०१२ मा निगमले चीनबाट चारवटा Y12E (Y12E) र दुईवटा MA60 (MA60) विमान खरिद सम्झौता गरेको थियो। तीमध्ये एउटा विमान दुर्घटनापछि अहिले सञ्चालन नहुने अवस्थामा छ भने बाँकी पाँचवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङस्थलमा अलपत्र अवस्थामा छन् ।...
राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा ५ लाख डलर योगदान गर्ने भारतको घोषणा

राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा ५ लाख डलर योगदान गर्ने भारतको घोषणा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ कार्तिक – भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग गर्न भारतले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो । ‘आतङ्कवादी उद्देश्यका लागि नयाँ र उदीयमान प्रविधिको प्रयोगको प्रतिरोध’ विषयमा आजदेखि सुरु राष्ट्रसङ्घीय सुरक्षा परिषद्को विशेष बैठकको पूर्ण सत्रमा विदेशमन्त्री एस जयशङ्करले यो वर्ष भारतले राष्ट्रसङ्घीय कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने बताए । उक्त सहायता रकम भारतको स्वैच्छिक योगदान भएको पनि उनले स्पष्ट पारे । आतङ्कवादको जोखिम रोक्न तथा प्रतिकार गर्न सदस्य राष्ट्रहरूलाई आर्थिक सहयोग अपरिहार्य भएको बताउँदै उनले मानवताका लागि सबैभन्दा ठूलो खतराका रुपमा रहेको आतङ्कवादविरुद्ध लड्न एकीकृत प्रयास आवश्यक भएकामा जोड दिए । उनले...
नेपालगन्जमा पत्रकार गुप्ता माथि ज्यानमारा आक्रमण

नेपालगन्जमा पत्रकार गुप्ता माथि ज्यानमारा आक्रमण

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक – समाचार सम्बन्धि रिर्पोटिङ्ग क्रममा नेपालगन्जमा पत्रकार माथि ज्यानमारा आक्रमण भएको छ । समाचार संकलनका क्रममा एक्सप्रेस सिटी मिडिया हाउस प्र. लि. द्वारा सञ्चालित एक्स्प्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति उक्त मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।गत कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ नन्दई गाँउ नजिकै तस्किरी भईरहेको आधिकारीक जानकारी हुदाँ सम्पादक गुप्ता सम्बन्धित क्षेत्रमा पुगेको बेला अकस्मात पछाडिबाट सामुहिक आक्रमण भएको मिडियाका निर्देशक रामदिन तेलीले जानकारी दिए ।त्यस बेला उनी माथि करिब ६ जनाको समुहले ज्यान मर्ने गरि कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन । गुप्ता...