Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

निगमको न्यारोबडी जहाज ग्राउन्डेड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ मंसिर –राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ । प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः३० बजे मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको छ । उक्त जहाजमा सवार एक सय ५२ यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । दिल्लीबाट फर्किएको जहाजमा यात्रु राखेर दिउँसो २ बजे नै दिल्ली पठाइएको प्रवक्ता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएको हो, इन्जिनमा समस्या हैन, प्राविधिक समस्यायुक्त जहाजको अहिले मर्मत भइरहेकाले छिट्टै उडानमा आउनेछ ।” निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ‘ए’ ३३० र दुई...
चीनको कडाइले ब्यापारमा बढिरहेको प्रभाब

चीनको कडाइले ब्यापारमा बढिरहेको प्रभाब

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ मंसिर - चीनमा नया नियमका घोषणा र हाल भइरहेका नियमको शसक्त कार्यनवयन ले देशका ठुला कम्पनी हरुलाइ निशाना बनाइ रहेको छ।अर्थतन्त्रमा एउटा वा अर्को दमन नगरी हालैका महिना हरुमा चिनमा कुनै पनि दिन बितेको छैन । बाह्य अर्थब्यबस्थामा चुनौती दिइरहेको चिनले देश भित्रकै ठुला ब्यापारीक कम्पनिहरुलाइ निशाना बनाए पछि विश्व अर्थतन्त्रको प्रभाव बारे नया बहसहरु सुरु भएका छन।चिनको पछिल्लो घटना क्रमले तेस्रो कार्यकालका लागि निर्वाचित रास्ट्रपति सि जिन पिङ्गको साझा समृद्धि भन्ने आधारभुत नीति अभियान अन्तर्गत ठुला ब्यापारीक घराना हरुलाइ निशाना बनाइएको छ।सि जिन पिङ्गको साझा समृद्धि प्रयोगमा आउनु भनेको चिनियाँ नीति केन्द्रमा पुगेको संकेत हो यसले चिनियाँ व्यापारी हरुलाइ पलायनको बाटो तिर र आर्थिक क्षतिको दिशा तिर धकेलिरहेको छ। देशको अति धनाड्य र अति गरिब बिच रहेको सम्पत्तिको खाडल पुर्ने वेइजिङ्गको ...
चिनियाँ आईफोन कारखानामा कामदार र प्रहरीबीच झडप

चिनियाँ आईफोन कारखानामा कामदार र प्रहरीबीच झडप

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ मंसिर – चीनको सबैभन्दा ठूलो आईफोन एसेम्बली कारखानामा बुधबार कामदारहरु प्रहरीसँगको झडपमा रहेको भिडियो सामाजिक सञ्जालमा छरिएका छन् । भिडियोमा मध्य चिनियाँ शहर झेंग्झाउको फक्सकन क्याम्पसमा सयौं कामदारहरू कानून प्रवर्तन अधिकारीहरूसँग जुधिरहेको देखिएको छ । सेतो ह्याजमेट सुटमा कयौं प्रदर्शनकारीहरूले आफ्नो तलब र सेनेटरी अवस्थाको बारेमा गुनासो गरिरहेकोसमेत भिडियो सुनिएको छ । चिनियाँ राज्य सञ्चालित मिडियाले फक्सकनको झेंग्झाउ प्लान्टको लागि खुला गरिएको विज्ञापनमा १ लाख भन्दा बढी व्यक्तिहरूले आवेदन दिएको जनाएपछि यस्तो भिडन्त भएको हो । एप्पलले असेम्बली सुविधामा महत्वपूर्ण आपूर्ति श्रृंखला अवरोधको सामना गरिरहेको छ र आईफोन १४ को शिपमेन्टहरू मुख्य बिदाको किनमेल सिजन सुरु हुने बित्तिकै बढ्ने अपेक्षा गरेकोछ। गत महिना यसै कारखानामा कोभिड-१९ का संक्रमित देखिएपछि कर्मचारीहरु लकडाउन र...
कनेक्टिभिटी परियोजनाहरूले साझेदार देशहरूको सार्वभौमिकता र अखण्डताको सम्मान गर्न आवश्यक

कनेक्टिभिटी परियोजनाहरूले साझेदार देशहरूको सार्वभौमिकता र अखण्डताको सम्मान गर्न आवश्यक

आर्थिक, आस्था, राजनीति, विदेश, समाचार
काठमाण्डौ, ५ मंसिर – भारतका विदेश मन्त्रीले नोभेम्बर १, २०२२ मा शाङ्घाई सहयोग संगठन (एससीओ) सरकार प्रमुखहरूको भर्चुअल शिखर सम्मेलनमा कनेक्टिभिटी परियोजनाहरूको सन्दर्भमा धेरै सान्दर्भिक कुरा गरेका छन् । यस क्षेत्रका देशहरू संलग्न कनेक्टिभिटी परियोजनाहरूका सम्बन्धमा ध्यान दिएर त्यस्ता पहलहरूको विश्वसनीयता बढाउन सकेर साझेदार देशहरुको सार्वभौमिकता र अखण्डताको सम्मान गर्न जरुरी रहेको भारतीय पक्षको तर्क थियो । भारतीय विदेश मन्त्रीले देशहरूलाई राम्रो कनेक्टिभिटी चाहिन्छ तर सबै कनेक्टिभिटी परियोजनाहरूले देशहरूको सार्वभौमसत्ता र अखण्डतालाई ध्यानमा राखेर योजना बनाउनुपर्छ र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्छ भन्ने तर्क राखेका हुन् । सबै कनेक्टिभिटी परियोजनाहरूमध्ये सबैभन्दा महत्वाकांक्षी चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ हो। BRI, व्यापार र लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ मेगा कनेक्टिभिट...
आठौं धारा नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख नगद

आठौं धारा नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख नगद

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ मंसिर – आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहिवार नगद पुरस्कार घोषणा गरेको हो ।म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिभिन्न विधाको नगद पुरस्कार घोषणा गरे । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५किमी)तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिनेछ ।त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५...
मतदाता प्रभावित पार्न राईले झुटो प्रचार गरेको पुष्टि

मतदाता प्रभावित पार्न राईले झुटो प्रचार गरेको पुष्टि

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३० कार्तिक–बाँके क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्वमन्त्री इस्तियाक राईले मतदातालाई दिगभ्रमित पार्न झुटको प्रचार गरेको पुष्टि भएको छ ।विकासको नाममा जनताको भोट प्रभावित पार्न राईले सार्वजनिक गरेको चुनावी प्रचारपत्र र भाषणमा मा आफूले गर्दै नगरेको र बन्दै नबनेको सडक तथा योजना समेत आफूले बनाएको भन्दै झुटो प्रचार गरेको पाईएको छ ।नेकपा एमाले बाँकेका उपसचिव एवम् नेपालगन्ज उपमहानगरपालिका १८ नं. वडाका वडाध्यक्ष दिपक बर्माले आज पत्रकार सम्मेलन गरी राईले आफुले गरेका र गर्न लागेको भनि प्रचारवाजी गरिएका अधिकांश सडक तथा विकास योजनामा उनको कुनै भूमिकानै नभएको प्रष्ट पार्नुभयो ।“चुनावमा मतदातालाई भ्रममा पार्न पूर्वमन्त्री राईले हुँदै नभएका र आफ्नो कुनै योगदाननै नभएका योजनालाई आफूले बनाएको भन्दै झुटो प्रचार गर्नुभएको छ”, नेता बर्माले भन्न्ुभयो, “नेपालगन्ज उपमहानगरपालिका र केपी ओल...
गौरव स्मृति फाउण्डेशनद्वारा निःशुल्क आँखा, कान शिविर भोलि लगाईने

गौरव स्मृति फाउण्डेशनद्वारा निःशुल्क आँखा, कान शिविर भोलि लगाईने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ कार्तिक – गतवर्ष झै यसवर्ष पनि आँखा र कानको निःशुल्क औषधि तथा उपचारको लागि गौरव स्मृति तथा वियोर सेल्फ फाउण्डेशनले शिविर सञ्चालन गर्ने भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थिति धार्मिक पर्यटकीय स्थल हडियाबाबा आश्रममा हाल मेला जारी रहेको अवस्थामा सयौं श्रद्धालु भक्तजनहरुको सेवाका लागि उक्त निःशुल्क आँखाको मोतियाबिन्दु अपरेशन, औषधिसहित शिविर सञ्चालन गर्न लागेको संस्थाका संरक्षक प्रदीप शाहले बताउनुभयो । संरक्षक शाहका अनुसार गौरव स्मृति तथा बियोर सेल्फ फाउन्डेसनले २०७९ कार्तिक २८ गते सोमबार फुल्टेक्रा नेपालगन्ज वडा नं. ६ स्थित श्री १००८ हडिया बाबा मेलामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म आँखा र कानको निःशुल्क औषधिसहित उपचारको साथै आँखाको मोतियाबिन्दको निःशुल्क अपरेसन शिविर सञ्चालन गर्ने भएको हु“दा सबैले समयमा मौकाको फाइदा लिई धेरैभन्दा धेरै जना सहभागि भई दिनुहुन अनुरोध...
रुस चीनको नयाँ ग्यास स्टेशन, सी जिंगपिंग रुसबाट सस्तोमा खरिद गर्न चाहन्छन्

रुस चीनको नयाँ ग्यास स्टेशन, सी जिंगपिंग रुसबाट सस्तोमा खरिद गर्न चाहन्छन्

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ कार्तिक – चीनले आफ्नो रणनीतिक भण्डार निर्माण गर्न सस्तो तेल भण्डार गर्दै आएको छ। यसले रूसलाई एक आदर्श स्रोतको रूपमा फेला पारेको छ जहाँबाट सजिलैसँग भारी छुटमा तेल किन्न सकिन्छ। सन् २०२२ मा चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको रुसबाट चीनले तेलमा थप छुट माग गर्ने कुनै अवसर छोडेको छैन। अहिलेको परिप्रेक्ष्यमा रुस र चीनबीचको कूटनीतिक सम्बन्ध दिनप्रतिदिन बलियो बन्दै गएको छ र रुस पूर्ण रूपमा चीनमा निर्भर बन्दै गएको अवस्था छ । फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि, चीनले रूससँग यसको कच्चा तेलको लागि कम खरीददारहरू भएको अवस्थाको बेजोड फाइदा उठायो । केही विदेशी सरकारहरू र कम्पनीहरूले प्रतिबन्धहरू लगाएर आफ्नो ऊर्जा निर्यात बन्द गर्ने निर्णय गरेपछि रुस चीनसंग भर परेको हो । यद्यपि आर्थिक स्वार्थका लागि रुसले युक्रेनमा गरेको अप्रत्याशित आक्रमणको सार्वजनिक रूपमा निन...
प्रधानमन्त्री देउवाकै कारण उर्जा क्षेत्रमा नेपाल फड्को मादै

प्रधानमन्त्री देउवाकै कारण उर्जा क्षेत्रमा नेपाल फड्को मादै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ कार्तिक – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा नेपाल विद्युत प्राधिकरणले उर्जाको क्षेत्रमा ठूलो उपलब्ध हासिल गर्न सफल भएको छ ।नेपालको लागि विजुली विक्री गर्ने प्रमुख बजारको रुपमा भारत रहेको हो जसको कारण नेपालमा देउवा सरकारको सानो अवधीमा उर्जा क्षेत्रमा निकै फड्को मारेका छन् । यसका लागि प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ऊर्जा सम्झौता गरेका थिए । सम्झौता अनुसार नेपालले भारतलाई हाल दैनिक करोडौँको बिजुली विक्री गरिरहेका छन् ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भारत संग विजुली विक्री गर्नमा सहमति रहेको थियो । कार्यकारी निर्देशक घिसिङले भारतसँग नेपाल सरकारले पहिलो पटक देउवाकै पालामा विद्युत् निर्यात गरेको बताउँछन् । उनी भन्छन्, नेपालको जलविद्युतलाई भारतमा निर्यात गर्न सक्यौ । य...
नेपालगन्जमा अन्तर्राष्ट्रिय लेखापालन दिवस मनाइयो

नेपालगन्जमा अन्तर्राष्ट्रिय लेखापालन दिवस मनाइयो

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ कार्तिक – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था शाखा कार्यालय नेपालगन्जले अन्तर्राष्ट्रिय लेखापालन दिवस (इन्टरनेशनल एकाउन्ट्रि डे) मनाएको छ । नोभेम्बर १० अर्थात अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संस्थाले नेपालगन्जमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।संस्थाका कर्मचारी, पूर्व पार्षद, चार्टर्ड एकाउन्टेन्ट, रजिष्ट्रर्ड लेखा परीक्षक तथा लेखा प्राविधिक सदस्यहरु र नेपालगन्ज उद्योग बाणिज्य सघंको पदाधिकारी तथा लेखा विषय अध्ययनरत विभिन्न कलेजका विद्यार्थीहरु तथा सरोकारवालाहरुसहित करिब १५० जनाको सहभागिता रहेको थियो ।प्रभातफेरी कार्यक्रम संस्थाको शाखा कार्यालय श्रृष्टि हल रोडबाट सुरु भई त्रिभुवन चोक, चारवाहिनी चोक, गणेशमान चोक, वि.पी. चोक हु“दै पुनःशाखा कार्यालयमा पुगि कोण सभामा परिणत भएको थियो ।कोण सभा कार्यक्रम नेपालगन्ज शाखा कार्यालय प्रमुख देवराज अधिकारीले सञ्चालन गरेक...