Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

भारतले थप १ वर्ष चिनी निर्यात नगर्ने

भारतले थप १ वर्ष चिनी निर्यात नगर्ने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ कार्तिक – भारत सरकारले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप १ वर्ष लम्ब्याएको छ । भारतले आन्तरिक बजारमा चिनीको उपलब्धता सहज बनाउन र मूल्य नियन्त्रण गर्न यसको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध १ वर्ष थप्ने निर्णय गरेको हो । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप गरेसँगै नेपालमा आवश्यक पर्ने चिनीको आयात कहाँबाट गर्ने भन्ने प्रश्न उठेको छ । यसअघि भारतले आन्तरिक बजारमा उपभोग्य वस्तुको मूल्य नियन्त्रणमा राख्न भन्दै गएको जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोके लगाएको थियो । भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले एक विज्ञप्ति जारी गर्दै उक्त निर्यात प्रतिबन्ध ३१ अक्टोबर २०२३ सम्म कायम राख्ने बताएको छ । भारतको यस्तो कदमपछि नेपाली बजारमा चिनीको मूल्य अकासिनेदेखि कालोबजारीले बढावा पाउन सक्ने उपभोक्ताको चिन्ता छ ।...
पाँच वर्षमा चीनले नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता

पाँच वर्षमा चीनले नेपाललाई उपलब्ध गरायो करिव ५० अर्ब सहायता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २३ कार्तिक – चीनले पाँच वर्षको अवधिमा नेपाललाई करिव ५० अर्ब रुपैयाँ सहायता प्रदान गरेको छ । चीनले उक्त सहायता आर्थिक वर्ष सन् २०१६/१७ देखि २०२०/२१ सम्मको पाँच वर्षको अवधिमा नेपाललाई उपलब्ध गरेको हो । अनुदान, व्याज बिनाको ऋण र सहुलियतपूर्ण ऋण शिर्षकमा चीनले उक्त सहायता प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट पार्टनर प्रोफाइल बुक’ मा उल्लेख भए अनुसार चीनले सो अवधिमा नेपाललाई कुल ३८ करोड ४ लाख ५० हजार अमेरिकी डलरको सहायता ९करिव ४९ अर्ब ८२ करोड ९ लाख ५४ हजार रुपैयाँ० उपलब्ध गरेको छ । पाँच आर्थिक वर्षमध्ये सबैभन्दा ठूलो सहायता सन् २०१८र१९ मा नेपालले प्राप्त गरेको थियो । सो वर्ष नेपालले १५ करोड ३ लाख ७० हजार अमेरिकी डलर सहायता चीनबाट प्राप्त गरेको थियो । अर्थ मन्त्रालयका अनुसार चीनले मुख्यगरी नेपालको उर्जा विकास, ...
भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन

भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन

आर्थिक, आस्था, प्रदेश ७, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २३ कार्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्रबिन्दु भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा छ जनाले ज्यान गुमाएका छन् भने क्षतिको विवरण आउन बाकी छ । बुधवार भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।साथै देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त गरेका छन् । 'सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु', प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।डोटीको पूर्वीचौकी गाउँपालि...
लाखौँमा टिकट किनेको गम्भीर आरोप लाग्दा पनि एमाले उम्मेदवार मौन

लाखौँमा टिकट किनेको गम्भीर आरोप लाग्दा पनि एमाले उम्मेदवार मौन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाडौ, २० कार्तिक - १६ कात्तिकमा नागरिक नेटवर्कले गरेको भिडियो अन्तर्वार्तामा काठमाडौं ७ का स्वतन्त्र उम्मेदवार रामवीर मानन्धरले त्यही क्षेत्रका एमाले उम्मेदवार श्याम घिमिरेले नेतृत्वलाई लाखौँ पैसा बुझाएर टिकट लिएको हाकाहाकी दाबी गरे । एकैछिन मानन्धर र घिमिरेबीच पैसामा टिकट किनेको आरोप–प्रत्यारोप नै चल्यो । तर, मानन्धरले प्रमाणका रूपमा पैसा बुझाएको बैंक खाता नम्बर नै बताइदिने भनेपछि घिमिरे रक्षात्मक बने, मौन बने । ‘पैसा ९घिमिरेले० बुझाए कि बुझाएनन् त्यो सोध्नुस् । नभए म खाता नम्बर भन्दिउँ कति बुझायो भनेर रु यो कुरा भन्दियो भने के हुन्छ रु पूरै सर्वांग नबनौँ, पारदर्शी बनौँ भन्ने मात्र हो । खातामा जम्मा गर्ने मान्छेलाई सोध्नुस्,’ मानन्धरले अन्तर्वार्ताकारसँग घिमिरेतिर देखाउँदै भने, ‘होइन भने खाता नम्बर लेखेर ल्याएको छु, भन्दिनुपर्‍यो भने उहाँ ९घिमिरे०लाई अप्ठ्यारो नपरोस् ।’  घिम...
शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य

शैक्षिक सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिन्छः मेयर आचार्य

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कोहलपुर, १९ कार्तिक – बाँकेको कोहलपुर नगरपालिकालाई शैक्षिक हवकारुपमा अगाडि बढाउने गरी योजना अघि बढाइएको छ । कर्णाली र सुदूरपश्चिमको प्रवेशद्धारमा रहेको उदाउँदो सहर कोहलपुरलाई शैक्षिक हवकारुपमा विकास गर्ने योजनासहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएको हो ।सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुको संयुक्त बैठक एवम् क्षमता विकास सम्बन्धी शनिवार (आज) देखि नगरपालिकामा सुरु भएको दुई दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने स्पष्ट पार्नु भएको छ ।‘कोहलपुरलाई शिक्षामा नमुना बनाउन चाहान्छौं उहाँले भन्नुभयो’–‘शैक्षिक गुुणस्तर सुधारका निमित्त कसैको राजनीतिक दवाव अव स्विकार्य हुन सक्दैन् ।’ उहाँले शिक्षक संघसंगठ...
चीनमा आइफोन कम्पनीको पर्खाल चढेर किन भाग्दै छन् कर्मचारी ?

चीनमा आइफोन कम्पनीको पर्खाल चढेर किन भाग्दै छन् कर्मचारी ?

आर्थिक, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ कार्तिक – चीनको सबैभन्दा ठूलो आइफोन फ्यक्ट्रीबाट धेरै कामदार भागेका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। भाइरल भिडियोमा केही व्यक्ति कारखाना परिसरको काँडेबारबाट फलहानेर भागिरहेका देखिन्छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा भागेका कामदार पैदल नै आफ्नो घरतिर गइरहेको देख्न सकिन्छ। उनीहरु सार्वजनिक यातायातको प्रयोग पनि नगरी पैदलै घरतर्फ लागिरहेका छन् । २२ वर्षीय कर्मचारीले उनीहरुलाई राखेको ठाउँमा आतंकको वातावरण फैलिएको बताएका छन्। ‘हामीले पहिले प्लाष्टिकको पर्खाल नाघेर हामफाल्यौं र त्यसपछि प्लान्टबाट बाहिर निस्कन धातुको पर्खाल चढ्यौं,’ उनले भने। किन कारखाना छोडेर भाग्दै छन् ? चीन सरकारले अवलम्बन गरेको शून्य कोविड नीति अन्तर्गत फेरि कडा लकडाउन घोषणा गरेको छ। उक्त आइफोन फ्याक्ट्रीमा कति कर्मचारीमा कोरोना संक्रमण भएको छ भन्ने एकिन भएको छैन। गत हप्ता हेन...
चीनको सहयोग पाकिस्तानलाई जारी राख्ने वाचा

चीनको सहयोग पाकिस्तानलाई जारी राख्ने वाचा

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – चीनले पाकिस्तानको आर्थिक अवस्था सुधार गर्न सहयोग जारी राख्नेछ। पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ चीन पुगेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले राष्ट्रपति सी जिनपिङलाई उद्धृत गर्दै यो समाचार दिएको हो ।विनाशकारी बाढीपछि पाकिस्तान पहिले नै भुक्तानी संकटसँग जुधिरहेको छ। बाढीका कारण मुलुकको आर्थिक अवस्था नाजुक भएकाले ४० अर्ब डलरभन्दा बढीको क्षति भएको छ । पाकिस्तानले चीनसँग ऋण मुक्ति खोज्ने अपेक्षा गरिएको थियो। हाल दुई देशबीचको आपसी ऋण २३ अर्ब डलर पुगेको छ ।चीन पाकिस्तान आर्थिक करिडोर बेइजिङको ग्रेट हल अफ द पिपुलमा पाकिस्तानका प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति सी चिनफिङले दुई देशले आर्थिक करिडोर निर्माणमा द्रुत गतिमा अघि बढ्नुपर्ने बताउनुभयो। यससँगै ग्वादर बन्दरगाहको पूर्वाधार निर्माणलाई पनि तीव्रता दिनुपर्ने उनको भनाइ छ । पाकिस्तानमा विकास र परियोजनाहरू सी जि...
भारतले उपहार दिएका सवारी वीरगन्ज नाका हुँदै भित्रियो

भारतले उपहार दिएका सवारी वीरगन्ज नाका हुँदै भित्रियो

आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, १७ कार्तिक – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी भारतले उपहारस्वरुप नेपाललाई दिएका २ सयवटा सवारी साधन वीरगन्ज नाका हुँदै भित्रिएको छ । भारतले सुरक्षा निकायलाई १ सय २० र निर्वाचन आयोगलाई ८० गरी २ सय सवारी साधन उपहार दिएको हो । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा एक साताअघिदेखि भारतले उपहार स्वरुप दिएको महेन्द्रा बोलेरो क्याम्पर र स्कारपियो पिकअप भ्यान भित्रिन थालेको आईसीपी सञ्चालक इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले जानकारी दिए । ‘यो नाकाबाट कूल २ सय सवारी भित्रिने भनिएकोमा १ सय १८ बोलेरो क्याम्पर र ७९ स्कारपियो पिकअप भ्यान गरी १ सय ९७ वटा सवारी भित्रिएका छन् । बाँकी ३ सवारी बाटोमै दुर्घटनामा परेको जानकारी हामीलाई गराइएको छ,’ उनले भने, ‘बुधबारसम्ममा १ सय ९७ वटै सवारी जाँचपास भइसक्नेछन् । प्रत्येक सवारीको ५ सय ६...
भारतले ल्यायो डिजिटल मुद्रा ई-रुपी

भारतले ल्यायो डिजिटल मुद्रा ई-रुपी

आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबारदेखि परीक्षणका रुपमा डिजिटल रुपैयाँ ई-रुपी प्रयोगमा ल्याएको छ । यससँगै आरबीआई डिजिटल मुद्राको पाइलट योजना शुरु गर्ने विश्वका केही प्रमुख केन्द्रीय बैंकभित्र परेको छ । भारतमा डिजिटल मुद्रा ई-रुपी 'होलसेल (ई-डब्ल्य) र 'रिटेल' (ई-आर) गरी दुई किसिमका रहने छन् । होलसेल ई-रुपी अन्तरबैंकिंग कारोबारमा प्रयोग हुनेछ भने, रिटेल सर्वसाधरणका लागि हुनेछ । अहिले परीक्षणका रुपमा भारतका सरकारी धितोपत्र बोर्डहरु र केही बैंकमा ई-डब्ल्यूको कारोबार सुरु भएको हो । डिजिटल मुद्राले एकै समयमा कारोबार र सेटलमेन्टका लागि काम गर्ने उद्देश्य राखिएको छ । केही सातापछि ई-आर पनि सार्वजनिक हुने भारतको रिजर्भ बैंकले जनाएको छ । भौतिक मुद्राजस्तै भारतीय रिजर्भ बैंकले नै ई-रुपी जारी गर्नेछ । भारतले सन् २०२३ सम्ममा पूर्ण रुपमा डिजिटल मुद्रा लागू गर्ने लक्ष्य...
भारत सरकारद्वारा नेपाल भित्रिने धानमा शून्य प्रतिशत भन्सार कायम

भारत सरकारद्वारा नेपाल भित्रिने धानमा शून्य प्रतिशत भन्सार कायम

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १७ कार्तिक – भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो । उक्त सूचना जारी भएदेखि नै वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघले नेपाल तथा भारतका सम्बद्ध निकायहरूमा नेपालको लागि धान निर्यातमा लगाएको २० प्रतिशत भन्सार शुल्क शून्य बनाउन पहल गर्दै आएका थिए । भारतले धानको निर्यातमा लगाएको भन्सार शुल्कका कारण नेपाल-भारत बीचको सदियौंदेखिको रोटीबे...