Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

साढे १५ अर्बको चीन जोड्ने गल्छी–रसुवागढी सडक स्तरोन्नति अलपत्र

साढे १५ अर्बको चीन जोड्ने गल्छी–रसुवागढी सडक स्तरोन्नति अलपत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
दोस्रो खन्डको ठेकेदार सम्पर्कविहीन, चीनले पनि अझै सुरू गरेन कामनिर्मला घिमिरेकाठमाण्डौ, १५ मंसिर – नेपाल–चीन जोड्ने छोटो दूरीको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडकको स्तरोन्नतिको काम अलपत्र परेको छ। यो आयोजनाको कुल ८२ किलोमिटरलाई तीन खन्डमा विभाजन गरी निर्माण भइरहेको थियो। जसअन्तर्गत प्रथम खन्ड गल्छी त्रिशुली मैलुङ, दोस्रो खन्ड मैलुङदेखि स्याफ्रुबेँशी र तेस्रो खन्ड स्याफ्रुबेँशीदेखि रसुवागढीसम्म छुट्याइएको छ। पहिलो खन्ड सिओभिइसी टुन्डी जेभी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ। ४६ किलोमिटर लम्बाइको यो खन्डको ८० प्रतिशत काम सकिएको आयोजना प्रमुख ध्रुवकुमार श्रेष्ठले बताए। पहिलो खन्डको ४६ किमीमध्ये ३२ किमी कालोपत्रे भइसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए। 'यो खन्डको गल्छीदेखि गँगटेसम्म २३ किमी र बेत्रावतीदेखि मैलुङसम्म ९ किलोमिटर कालोपत्रे भइसकेको छ। ८० प्रतिशत...
चीनमा असुरक्षित भएपछि जापान पुगे अलिबाबाका संस्थापक ज्याक

चीनमा असुरक्षित भएपछि जापान पुगे अलिबाबाका संस्थापक ज्याक

अपराध, आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ मंसिर – अलिबाबाका संस्थापक ज्याक मा चीनमा उनी र उनको कम्पनीमाथि भएको कानूनी आक्रमणयता विगत ६ महिनादेखि जापानमा बस्दै आएको स्रोतहरूलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले जनाएको छ ।चिनियाँ धनाढ्य एवं विश्वकै प्रमुख अर्बपतिमध्येका एक ज्याक मा अहिले भने सामान्य तरिकाले जापानमा परिवारसँग बसिरहेका छन् ।फाइनान्सियल टाइम्सका अनुसार आफ्नो परिवारसँग टोकियो र जापानका अन्य भागहरूमा एवं संयुक्त राज्य अमेरिका र इजरायलको भ्रमण गरी उनले पछिल्ला ६ महिना बिताएका छन् । बेलायती अखबारका अनुसार ज्याक मा हाल टोकियोका प्राइभेट सदस्य रहेका क्लबमा आउने जाने गर्छन् भने जापानी आधुनिक कलाकृति संकलन गर्ने गरेका छन् । चीनमा लामो समय सार्वजनिक स्थानबाट हराएपछि ज्याक मा गत वर्ष स्पेनको माल्लोर्का टापुमा देखिएका थिए । पछिल्ला वर्षहरूमा चिनियाँ अधिकारीहरूले देशका ठूला खासगरी इन्टरनेट कम्पनी र तीनका संस...
चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति

चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ मंसिर – हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पु¥याएको छ । सन् २०१६ देखि सन् २०२१ सम्ममा चीनदेखि युरोप पुग्ने रेलको सङ्ख्या ५५ प्रतिशतले बढेको छ । यो अघिल्लो पाँच वर्षको तुलनामा नौ गुणा बढी हो । जियाङ्सुको लियानयुनगाङ्गमा आयोजित चीन–युरोप रेलवे एक्सप्रेस सहयोग मञ्चको सम्मेलनको क्रममा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ भन्सार कार्यालयले दिइएको जानकारीअनुसार यस वर्षको अक्टोबरको अन्तसम्ममा ८२ वटा चीन–युरोप मालवाहक रेल मार्गहरू सञ्चालनमा आएका र यो वर्षको १० महिनामा युरोपेली देशहरूमा ६२ हजारभन्दा बढी मालवहाक रेलले सामान आपूर्ति गरेका थिए । अहिले नानजिङ र लियानयुङ्गाङसहित जियाङ्सुका पाँच सहरहरूले ...
चामल निर्यातमा भारतद्वारा प्रतिबन्ध फुकुवा

चामल निर्यातमा भारतद्वारा प्रतिबन्ध फुकुवा

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ मंसिर – काठमाडौँ- भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि भारत सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो । सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । वैदेशिक व्यापार नियमन एवम् प्रवर्द्धनमा संलग्न उक्त निकायले त्यसबेला स्वदेशी आपूर्ति बढाउन उसिना चामलबाहेक गैर–बासमती जातका चामलमा २० प्रतिशत निर्यात शुल्कसमेत लगाएको थियो । चामलको सम्भावित अभाव हुने डर हटेपछि प्रतिबन्ध हटाइएको सरकारी अधिकारीहरूले बताएका छन् ।...
एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ मंसिर – नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो। राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ। एक हजार दरका ४३ करोड थान नोटको डिजाइन, छपाइ र ढुवानीको काम भारतीय कम्पनीले नै गर्नेछ। यसका लागि उसले एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलर (बुधबारको विदेशी विनिमय दरअनुसार रु एक अर्ब ४५ करोड ८६ लाख २० हजार) बराबर कबोलेको थियो। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले गत सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बोलकबोल प्रतिस्पर्धाबाट कम्पनी छनोटका लागि ठेक्का प्रस्ताव आह्वान गरेको थियो। त्यसमा ब्र...
एमसीसी अन्तर्गत ४४ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय ठेक्का आह्वान

एमसीसी अन्तर्गत ४४ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय ठेक्का आह्वान

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ मंसिर – मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदानमार्फत बन्ने विद्युत् प्रसारण लाइनको लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान भएको छ । मिलेनियम च्यालेन्ज एकाउण्ट एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माणको लागि ४४ अर्ब रुपैयाँको ठेक्का आह्वान गरेको हो । ४ सय केभी क्षमताको प्रसारणलाइनको लागि तीन वटा खण्ड बनाएर ठेक्का आह्वान भएको छ । लप्सीफेदी–रातमाटे–हेटौंडा, लप्सीफेदी-दमौली र दमौली-न्यु बुटवल गरी तीन वटा खण्डको लागि एमसीए नेपालले ४ महिनाको समय राखेर ठेक्का निकालेको छ । इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्नेछन् । २९ अर्ब ६४ करोड रुपैयाँ प्रसारणलाइन र १४ अर्ब ८२ करोड रुपैयाँ सब-स्टेशनको लागि खर्च हुनेछ । आयोजनाको काम आउँदो भदौमा सुरु हुनेछ । काम सुरु भएको मितिले ५ वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने विषय संसदबाटै पारित भइसकेको छ । आयोजना समयमै सक्नको ला...
मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्न प्रसारण सञ्जाल बनाउँदै विद्युत् प्राधिकरण 

मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्न प्रसारण सञ्जाल बनाउँदै विद्युत् प्राधिकरण 

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ मंसिर – नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत बढाउन मधेश प्रदेशका जिल्लाहरूमा करीब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ। प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा लगायत जिल्लाका दक्षिणी भेगमा हुने मानव बस्ती र आद्योगिक क्षेत्र विस्तारलाई ध्यान दिएर उच्च क्षमताको प्रसारण लाइन करिडोर निर्माण गर्न लागेको जनाएको छ। भारतसँगको दक्षिणी सीमास्थित हुलाकी राजमार्गको समानान्तर ४०० केभीको चार सर्किट प्रसारण लाइन र सबस्टेशनहरू निर्माण गरिनेछन्। चार सर्किटमध्ये प्रारम्भिक चरणमा माथिल्लो दुई सर्किट ४०० केभी र तल्लो दुई सर्किट १३२ केभीमा सञ्चालन ल्याउने गरी प्रसारण लाइन करिडोरको निर्माण गरिनेछ। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ठाउँ ठाउँमा सबस्टेशनहरूको निर्माण गरिनेछ। अहिले...
चीनको सम्पत्ति व्यवसाय ठप्प, भारतमा लगानी गर्ने तयारीमा लगानीकर्ता !

चीनको सम्पत्ति व्यवसाय ठप्प, भारतमा लगानी गर्ने तयारीमा लगानीकर्ता !

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ मंसिर – कोरोना महामारीपछि जहाँ एकातिर विश्व आफ्नो पहिलाकै गतिमा फर्किसकेको छ भने अर्कोतिर चीनमा कोरोनाको कारण समस्याहरू दिनप्रतिदिन बढ्दै गइरहेको देखिएको छ। कोरोनापछि पनि चीनको समस्याहरू समाप्त हुने कुनै छाँटकाँट देखिएको छैन। एकपल्ट फेरि चीनमा कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको छ। जसको प्रत्यक्ष प्रभाव चीनको सम्पत्ति बजार ( प्रोपर्टी मार्केट) मा परेको छ। कोरोनाको कारण चीनको प्रोपर्टी मार्केटमा उल्लेखनीय गिरावट देखिएको छ। विश्वव्यापी लगानीकर्ताहरूले अब विस्तारै चीनबाट आफ्नो लगानी फिर्ता लिइरहेका छन्, र भारतको रियल इस्टेट सेक्टमा ठूलो लगानी गर्नका लागि इच्छुक देखिएका छन्। चीनका राष्ट्रपति सी जिनपिङ गत महिना लगातार तेस्रो पटक चीनको सत्तामा आसिन भए तापनि चीनको समस्याको अन्त्य हुने भने देखिँदैन। चीन अझै पनि धेरै समस्याहरूले घेरिएको छ। अहिले चीनका सामु धेरै चुनौतिहरू भए पनि यसको...
भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको शुल्क हटायो

भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको शुल्क हटायो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ मंसिर – भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क कायम गरेको थियो । बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको भारतीय समाचार एजेन्सी पीटीआईलाई उदृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ । बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको मूल्य बढ्न नदिन भारतले कर वृद्धि गरेको थियो । तर, झण्डै ६ महिना कायम यस्तो कर वृद्धिको सरकारी नीतिले निर्यातमा संकुचन आएको भन्दै भारतीय स्टिल उत्पादक कम्पनीहरुले तीव्र विरोध गरेका थिए । बढेको भन्सारका बाबजुत नेपालले पछिल्लो चार महिनामा ४२ अर्ब ५१ करोडको फलाम तथा स्टिलजन्य वस्तुहरु आयात भएका छन् । भारतको नीतिले स्टिलको कच्चा पदार्थ आयात गरेर फलाम तथा स्टिलजन्य वस्तु उत्पादन गर्ने कम्पनीलाई फाइदा पुग्नेछ ।...
चिनियाँ कम्पनीले ठेक्का पाउनु स्वभाविक नभएको जिकिर

चिनियाँ कम्पनीले ठेक्का पाउनु स्वभाविक नभएको जिकिर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १३ मंसिर – तराई मधेश द्रूतमार्ग (फास्ट ट्रयाक) को छैटौं प्याकेजको ठेक्का विवाद सम्बन्धी परेको रिटमा सर्वोच्च अदालतले ठेक्का तत्काल कार्यान्व्यन नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलबार दुवै पक्षलाई छलफलका लागि सर्वोच्चमा उपस्थित हुन आदेश दिएको छ ।नेपाली सेनाले शुरुमा प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नियम विपरीत छैटौं प्याकेज ठेक्का दिएको र उक्त ठेक्का खारेज गर्न अन्तरिम आदेश दिनुपर्ने मागसहित बिहीबार सर्बोच्चमा रिट परेको थियो ।ठेक्का प्रक्रियामा सामेल भएको भारतीय अफकोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडका तर्फबाट अधिवक्ता सुजन रिजालले रिट दायर गरेका थिए । रिटमा सार्वजनिक खरिद अनुगमन कार्यालय, सार्वजनिक खरिद पुनरावलोकन समिति, काठमाडौं–तराई मधेश फास्ट ट्रयाक परियोजना, चाइना फस्ट हाइवे कम्पनी, नेपाली सेना र रक्षा मन्त्रालयलाई विपक्...