Sunday, April 26सत्यम खबर
Shadow

चीनको कडाइले ब्यापारमा बढिरहेको प्रभाब

काठमाण्डौ, १३ मंसिर – चीनमा नया नियमका घोषणा र हाल भइरहेका नियमको शसक्त कार्यनवयन ले देशका ठुला कम्पनी हरुलाइ निशाना बनाइ रहेको छ।अर्थतन्त्रमा एउटा वा अर्को दमन नगरी हालैका महिना हरुमा चिनमा कुनै पनि दिन बितेको छैन ।

बाह्य अर्थब्यबस्थामा चुनौती दिइरहेको चिनले देश भित्रकै ठुला ब्यापारीक कम्पनिहरुलाइ निशाना बनाए पछि विश्व अर्थतन्त्रको प्रभाव बारे नया बहसहरु सुरु भएका छन।चिनको पछिल्लो घटना क्रमले तेस्रो कार्यकालका लागि निर्वाचित रास्ट्रपति सि जिन पिङ्गको साझा समृद्धि भन्ने आधारभुत नीति अभियान अन्तर्गत ठुला ब्यापारीक घराना हरुलाइ निशाना बनाइएको छ।सि जिन पिङ्गको साझा समृद्धि प्रयोगमा आउनु भनेको चिनियाँ नीति केन्द्रमा पुगेको संकेत हो यसले चिनियाँ व्यापारी हरुलाइ पलायनको बाटो तिर र आर्थिक क्षतिको दिशा तिर धकेलिरहेको छ।

देशको अति धनाड्य र अति गरिब बिच रहेको सम्पत्तिको खाडल पुर्ने वेइजिङ्गको प्रयासका रुपमा नीति अगाडि बढाइएको बताइए पनि यसले लगानी गरिरहेका लाखौं ब्यापारीहरुलाइ तानाशाही कानुनको दायरा भित्र ल्याउने प्रयासको रुपमा हेरिएक छ।सि जिन पिङ्गको यस किसिमको बाद्यकारी नियम हरुले र उक्त मुद्दाले बिस्वको दोस्रो ठूलो अर्थतन्त्र भन्न रुचाउने चिनको अर्थतन्त्र लाई ठूलो जोखिम निम्त्याउने प्रयासको रुपमा हेरेको छन ।

यी पछिल्ला चिनियाँ अर्थतन्त्रका नियमहरुले चिनका ठुला कम्पनिका अरबपती ब्यापारी हरुलाइ कस्दै उपभोक्ता र कामदार हरुलाइ ब्यबसाय हरुको संचालन र आयको बितरणमा थप अधिकार दिने गतिविधिका रुपमा हेरिए पनि यथार्थमा चिनिया अर्बपती ब्यापारीहरु प्रतिको तानाशाही दमन नै हो भन्ने विश्लेषण चीनिया ब्यापारिहरुको रहेको छ।वेइजिङ्गले हालैका महिना हरुमा चीनिया ब्यापारिक स्वार्थ हरुलाइ लक्षित गर्दै व्यापक रुपमा विभिन्न किसिमका आफ्ना भनाइहरु राख्दै आइरहेको छ ।

बिमा प्रतिनिधि ,निजि ट्युसन फर्म,घरजग्गा ब्यबसायी र शेयर बिक्री गर्ने कम्पनिहरु माथी कडा रुपमा व्यापक निगरानी गरिरहेको छ।मुख्य रुपमा चिनियाँ प्रबिधी उद्योगहरुले उल्लेख्य रुपमा चिनियाँ नियन्त्रणको सामना गरिरहेका छन।त्यस्मा इकमर्स फर्महरु, विद्युतीय आर्थिक सेवा दिने कम्पनी हरु ,सामाजिक संजाल,गेमिङ्ग कम्पनी ,क्लाउड कम्प्युटिङ्ग सेवा प्रदायक ,यात्रा सम्बन्धि एपहरु चीनिया निशाना मा परेका छन।सि जिन पिङ्गको तेस्रो कार्यकालका यी कदमहरुले चिनको अर्थतन्त्र र समाज दुबैलाइ गम्भीर प्रभाब पारिरहेका छन भने यस्को असर बिस्वभर महसुस गरिदैछ ।

चिन लामो समय यता बिस्वको उद्योग केन्द्र र विश्व आर्थिक वृद्धिको बिकास मा बाधकको रुपमा आफुलाइ स्थापित गर्न खोजिरहेको छ।हालैका दिनहरुमा वेइजिङ्ग द्वारा अर्थतन्त्र माथी घातक आक्रमणका दुस्प्रयासहरु बढिरहेका छन।चिनियाँ ब्यबसाय सम्बन्धि अनिस्चिताले बिदेशी कम्पनी हरुलाइ सम्भाबित लगानी गर्न पनि जोखिम मोल्नु परिरहेको छ।रास्ट्रपति सि ले चिनको अर्थतन्त्रमा साझा समृद्धिको नितिले दीर्घकालीन असर त छदैछ अर्क तर्फ नितिगत रुपमा व्यापारी हरुमाथी निगरानी बढाएको छ।

साझा समृद्धिका नितिका कारण अफ्ट्यारोको सामना गरिरहेका अलिबाबा ग्रुप को एउटा आर्थिक भ्रान्त निकाय एन्ट ग्रुप र अर्को विशाल चाइना कम्पनी एभर ग्रान्डे आफ्नो भबिस्यलाइ लिएर चिन्तामा रहेका छन।बिस्वमा आफुलाइ दोस्रो ठूलो अर्थतन्त्र को हिस्सा बताउने चिनको अर्थतन्त्रको यी नया नियम र अहिले भइरहेका नियमहरुमा कडाइ पुर्बक गरिरहेको कार्यन्वयनले कति अमुख ढङ्गले प्रभाब पार्छ त्यो भने भबिस्यले निर्धारण गर्ने विश्लेषक हरुको धारणा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *